निर्वाचनमा सञ्चारको भूमिका

dhirendra p shahधीरेन्द्रप्रसाद साह

 

 

जुनसुकै निर्वाचनको सत्यतथ्य सूचना पाउन आमनागरिक ललायित हुन्छ । अरू बेलाभन्दा निर्वाचनको समयमा नागरिकले सबभन्दा बढी आमसञ्चार माध्यमलाई अत्यधिक उपयोग गर्छ । निर्वाचनको परिणाम ताका अझै यसको उपयोग बढी गरिन्छ । सञ्चारका छापा, अनलाइन, विद्युतीयसहित सामाजिक सञ्जाललाई पनि समाचारको माध्यम बनाउने गरिएको छ । सामाजिक सञ्जालको भन्दा छापा, अनलाइन, विद्युतीय सञ्चारका माध्यमलाई बढी विश्वसीय र आधिकारिक मानिन्छ र मान्नु पनि पर्छ ।
सत्यतथ्य, निष्पक्ष, सन्तुलित समाचारका हिमायतीको ठूलो जमात छ । र यस जमातको विश्वास समाचारका बाहक सञ्चारकर्मीउपर अत्यधिक छ । सञ्चारकर्मीले लेखेको, बोलेको, प्रसारण गरेको सूचना सत्यतथ्य र आधिकारिक हुन् भने आम बुझाइ छ । अर्थात् सूचनाको सबालमा सञ्चारकर्मी र मिडियाउपर जनविश्वास बढेको छ । बढी अपेक्षा पनि राखेका छन् । सञ्चार माध्यमा समाचार आएपछि त्यसैलाई आधिकारिक र विश्वासिलो मानिने गरेको छ । समाचारको सत्यताउपर कतैबाट पुष्टि गर्न पनि चाहना राख्दैनन् । त्यसैले समाजमा समाचारको महŒव बढेको हो ।
सञ्चारकर्मीको प्राण समाचार नै हुन् । यसलाई शक्ति र सम्पत्ति पनि भनिन्छ । जोसँग बढी र सत्य सूचना छ अर्थात् जसको सूचनामा बढी पहुँच छ, त्यो नै सर्वशक्तिमान कहलाउँछ । मिडियाउपर बढेको यस्तो जन विश्वासले आमसञ्चार जगतको महìवलाई अझ पराकिलो दायरा बनाउन बाध्य पारेको छ । मिडिया नजिक भएको समाज आधुनिक युग अझै टाँसिएर बस्न चाहन्छ । सहज पहुँच बनाउन चाहन्छ ।
अझै ठूलठूला घटना परिघटनाका बेला मिडियामा सामीप्यता बढ्ने गर्छ । यसलाई स्वाभाविक मान्न सकिन्छ । अहिले प्रदेश नं. २ मा तेस्रो चरण तथा अन्तिम चरणअन्तर्गत स्थानीय तह निर्वाचनको माहौल बनिसकेको छ । आगामी असोज २ गते हुन लागेको यस निर्वाचनमा राजनीतिक दल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक, कूटनीतिज्ञ निकाय, मित्र राष्ट्र नजिकबाट नियालिरहेका छन् । निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि, क्रियाकलाप, तयारी, परिणामबारे लगभग ८० प्रतिशत सूचना मिडियाबाट सङ्कलन गरिरहेको हुन्छ । आम नागरिकलाई खबरको माध्यम मिडिया नै बनेको छ ।
अन्तिम चरणको यस निर्वाचनको हरेक पलको खबर जनसमक्ष पु¥याउन मिडियाकर्मीको कर्तव्य र जिम्मेबारी बढेर गएको छ । सामान्य अवस्थाभन्दा विशेष रूपमा निर्वाचनको प्रत्येक गतिविधिबारे जानकारी प्राप्त गर्न आतुर आम नागरिक मिडियाकै भरमा छन । मिडियाले जे भन्छ, जे छाप्छ, र जे देखाउँछ, त्यही नै आम नागरिकले सूचना पाउने आधार मानिएको छ । मिडियाले खबर नदिएपछि मात्र अन्य बाटो अबलम्बन गर्छ ।
आम नागरिकको मिडियाप्रति अटुट विश्वास र आधारलाई जोगाइ राख्न अग्नि परीक्षाको रूपमा मिडियाकर्मी सामुने अहिले तेस्रो चरण वा अन्तिम चरण स्थानीय तह निर्वाचनको पूर्व सन्ध्यामा उभिएको छ । नागरिकको हक अधिकारको संरक्षण, सम्बद्र्धनमा मिडियाले महìवपूर्ण भूमिका खेलेका छन् । २०५९ को शाही कालको विरोध र ०६२÷०६३ को जनआन्दोलनको अगुवाई गरेर सात दलीय आन्दोलन सफल पारेको इतिहास साक्षी छ । अब अर्को इतिहास बनाउने बेला आएको छ । सङ्घीय गणतन्त्रको संस्थागत विकास र विभिन्न अधिका आन्दोलनबाट प्राप्त उपलब्धिलाई लिपिबद्ध गराउन संविधान कार्यान्वयनको उतराद्र्धमा रहेको स्थानीय तह निर्वाचन सफलताको पात्रमध्येका एक मिडिया र मिडियाकर्मी हो ।
हरेक अवसर र चुनौतीलाई सहज र दृढ विश्वासका साथ आत्मसात गरेर कर्मक्षेत्रमा अहोरात्र खटेर नागरिकलाई सुसूचित गर्दै आएका सञ्चारकर्मी निर्वाचन ताका गम्भीर हुनु नितान्त आवश्यक छ । निर्वाचनजस्तो संवेदनशील घडीमा सानो लापरबाहीले निर्वाचनमा प्रतिकूल प्रभाव पर्न सक्छ । निर्वाचनको सम्पूर्ण गतिविधिलाई नजिकबाट नियालेर नागरिकलाई सूचित गर्नुपर्छ । निर्वाचनमा शतप्रतिशत मतदान गराउन उत्साहित वातावरण निर्माणमा सहयोगीको भूमिका निर्वाह गर्न सक्नुपर्छ । समाचारका शब्द, वाक्यले बनाइएको समाचार सन्तुिलत भयो भने नागरिकको विश्वासमा अझै प्रगाढता ल्याउनेछ ।
विज्ञान र प्रविधिको विस्तारित युगमा सञ्चार जगत्ले पनि निकै फड्को मारिसकेको छ । घटनाको केही मिनेटमै नागरिकसमक्ष पु¥याउन सकिरहेका छन् । एक दशक अगाडिको तुलनामा अहिले मिडिया सूचना प्रविधिको क्षेत्रमा धेरै नै अगाडि छ । जसले गर्दा नागरिकलाई सूचना पाउन धेरै बेरसम्म कुर्नु परेको अवस्थाबाट मुक्त छन् । यसै दौडमा ब्रेकिङ न्यूजको नाममा कतिपय अवस्थामा गलत सूचना प्रवाह हुन जान्छ । समाचारको गम्भीरता, विश्वसनीयता, सन्तुलन, आधिकारिक स्रोत, गहिराइ र प्रभावप्रति सजग भएमा यस्तो समस्याबाट बच्न सकिन्छ ।
लोकतन्त्रमा विभिन्न विचार र आस्था बाँडिएका सञ्चारकर्मी छन् । समाचारलाई ती विचार आस्थाको गन्धबाट मुक्त बनाउनुपर्छ । स्वयं आफ्नो सहभागिता, सक्रियता, लगनशीलताका साथ मिडियालाई उपयोगबाट टाढा राख्नुपर्छ । यसको मतलव सञ्चारकर्मी कुनै विचार र आस्थासँग आवद्धता हुनु हुँदैन भने होइन । आफ्नो पेशालाई आस्था र विचारमा ढाल्नु हुँदैन । यसले नागरिक विश्वासउपर कुठाराघात हुन्छ । पुस्तौदेखिको पत्रकारिता पेशाप्रति जनविश्वास घट्छ ।
पत्रकार स्वयंले के–के गर्न हुने नहुने आफ्नो अचारसंहिता निर्माण गरी आफैँलाई बाँधिएको छ । निर्वाचन आयोगलाई यस अचारसंहिताउपर विश्वास नभएकै कारण निर्वाचनमा सञ्चारमाध्यम उपर अर्को अचारसंहिताको घेराबन्दीमा राखिएको छ । जुस्तोसुकै आचारसंहिताले स्वतः नियन्त्रण हुने होइन । मन मस्तिष्कको सकारात्मक सोचमा आउने परिवर्तनले निर्भर गर्छ ।
अहिलेको निर्वाचन मुलुक, राजनीतिक दल, नागरिक, सञ्चारकर्मी सहित सबै पक्षका लागि बराबर आवश्यक छ । लोकतन्त्रमा चुनाव अपरिहार्य हो । स्थानीय तहमा जनप्रतिनिधि छनोट गर्ने सर्वाेत्कृष्ट उपाय चुनाव नै हो । दुई दशकदेखि निर्वाचित जनप्रतिनिधि अभावको अवस्थाका प्रशव पीडा भोगेको स्थानीय तहमा जनप्रिय, लोकप्रिय, जुझारु, कर्मठ, योग्य, विकासप्रेमी जनप्रतिनिधि चुनेर पठाउने महान् अवसर हो ।

 प्रकाशित मिति: २०७४/६/१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना