समाज सेवा दिवस र ज्येष्ठ नागरिक


ramkrishna acharyaरामकृष्ण कर्माचार्य

 

नेपालमा व्यक्तिगत वा समूहगत रूपमा सेवा र कल्याणका कार्य परापूर्व कालदेखि नै हँुदै आएको थियो । हुनेले नहुनेलाई, सक्नेले असक्तलाई आवश्यक सहयोग गर्ने, दान दातव्य दिने, पाटी पौवा, पँधेरो, बाटो, घाटो, पुल, चौतारा बनाउने, गुठी राख्ने, धर्म भकारी राख्नेलगायतका कार्य गरी परोपकार गर्ने र परलोकसमेत सुधार्ने ध्येय राखिन्थ्यो ।
विश्वमा घटेका द्वन्द्व र विश्वयुद्धजस्ता दुखद मानवीय विनासका घटनापछि मानवीय सेवा तथा उद्धारका निमित्त अन्तर्राष्ट्रिय स्तरका सङ्घ संस्था स्थापना हुने क्रम बढ्दै गएको इतिहास छ । नेपालमा पनि महान् समाजसेवी तुलसी मेहर श्रेष्ठले वि.सं.१९८३ मा श्री चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी नामको संस्था स्थापना गरी संस्थागत विकासको थालनी गरे । यसपछि २००४ सालमा औषधालयको रूपमा परोपकार संस्थाको स्थापना भयो । तत्पश्चात् क्रमशः सङ्घ संस्था स्थापना हुने क्रम बढ्दै गयो । यसरी सङ्घ संस्थाको सङ्ख्या बढ्दै जाने क्रममा संस्थाको काममा दोहोरोपना देखिने, एक अर्काको बीचमा समन्वय हुन नसक्ने, समन्वयको अभाव खड्किँदो रूपमा देखाप¥यो । यस स्थितिमा सामाजिक कार्यकर्ताकाको बीचमा सम्पर्क तथा समन्वय गर्न समय समयमा भेला गोष्ठीमध्ये वि.सं.२०२८ मा रामपुर, चितवनमा पहिलोपटक र २०२९ सालमा झापा र नेपालगञ्जमा गोष्ठीको आयोजना भए पनि ठोस कार्यदिशा भने २०३० साल चैत्र २२ गते देखि २६ गतेसम्मको पाँच दिने राष्ट्रिय स्तरको सामाजिक कार्यकर्ता गोष्ठीमा समाजसेवीको वैज्ञानिक चिन्तन भएको देखिन्छ ।
यसै सन्दर्भमा ३८ औँ सामाजिक सेवा दिवस यही असोज ४, ५ र ६ गते बृहत् कार्यक्रमसहित मनाइँदैछ । समाज कल्याण परिषद्द्वारा गठित मूल समारोह समितिले प्रभातफेरी, स्वास्थ्य शिविर, रक्तदान, ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण, शान्ति दीप प्रज्वलन आदि कार्यक्रम गर्ने भएको छ । सामाजिक सेवा दिवसका अवसरमा विशेष गरी ज्येष्ठ नागरिकका सम्बन्धमा पनि विशेष ध्यान जानुपर्ने नितान्त आवश्यक छ । अहिले हाम्रो समाजमा देखिएका विभिन्न प्रवृत्तिका कारण ज्येष्ठ नागरिकलाई घरपरिवारभित्रै पनि बोझका रूपमा हेरिन थालेको छ । ज्येष्ठ नागरिकका लागि स्वास्थ्य, सुरक्षा आनन्दमय जीवनको आधारभूत पूर्वशर्त नै हो । ज्येष्ठ नागरिकलाई रोग लागिसकेपछि गरिने स्याहारभन्दा पहिले नै उनीहरूको स्वास्थ्यमा सुधार गर्नु आवश्यक हुन्छ र आय–बचत, उपार्जनका उपाय गराउन प्रतिभाको सम्मान र योगदानको कदर गर्दै आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ । परिवारमा स्याहारकर्ताका लागि प्रोत्साहन र आवासका योजनाहरूमा पनि विचार पु¥याउनु पर्दछ ।
जीवनको उतराद्र्धमा आफ्नो जीवन व्यतित गरिरहेका ज्येष्ठ नागरिकसँग मनो–सामाजिक, आर्थिक तथा स्वास्थ्यसँग सम्बन्धित समस्या धेरै हुन्छन् । नयाँं पुस्ताको जीवनशैलीमा भइरहेको तीव्र परिवर्तनका साथै विभिन्न समाजको सिको गर्ने बानीले गर्दा नै अहिले आमाबुबा वृद्धाश्रम धाउन बाध्य भएका छन् । परिवार सबैका लागि अनिवार्य आवश्यकता हो भन्ने कुरा पश्चिमी समाजले पनि बुझ्दै गइरहेको अनुसन्धानले पनि देखाएको छ । यसलाई शिक्षाका रूपमा लिएर हामी नेपालीले पनि आफना वृद्ध मातापिता वा वृद्ध आफन्तलाई “सकेसम्म घर–गाउँ, नभए मात्र वृद्धाश्रम” भन्ने भावनामा जोड दिनुपर्छ र उहाँहरूलाई सम्मान तथा सुहाउँदो जीवनशैलीको प्रबन्ध मिलाउनु दिनुपर्छ । यसका लागि सरकारले नीति नियम नै तर्जुमा गर्नुपर्ने आवश्यकता पनि देखिइसकेको छ । साथै वर्तमानमा यसतर्फ सरकारी र गैरसरकारी दुवै क्षेत्रबाट प्रयास भए पनि यसबाट ठोस उपलब्धि भने कम्ती नै देखापरेको कटु यथार्थ हो ।
नेपाल सरकार, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयअन्तर्गत रहेको समाज कल्याण परिषद्को समाजकल्याण ऐन, २०४९ को धारा १७ र समाज कल्याण परिषद् कोष स्थापना र सञ्चालन नियामावली, २०५५ को चौथो संशोधन २०७२ बमोजिम स्थापना भएको हो । नेपालको संविधान २०७२ भाग ३ धारा ४१ मा ज्येष्ठ नागरिकसम्बन्धी राज्यबाट विशेष संरक्षण तथा सामाजिक हक हुनेछ भन्ने उल्लेख छ । संविधानको मर्म र भावनाअनुरूप ज्येष्ठ नागरिकलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय ज्येष्ठ नागरिक कोष स्थापना भएको छ ।
आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरिसकेपछि जीवनको उत्तराद्र्धमा सम्मानपूर्वक बाँच्न पाउनु नै ज्येष्ठ नागरिकको एक मात्र चाहना हो । शारीरिक मानसिकरूपले कमजोर हुँदै जाने क्रममा परिवार, समाजबाट हेरिने नकारात्मक दृष्टिकोणका कारणले ज्येष्ठ नागरिक जोखिमपूर्ण दुःखद् जीवन व्यतित गर्न बाध्य भएका छन्, पारिवारिक मायाममताबाट टाढा रहेर बाँच्नु वास्तवमै पीडादायी क्षण हो । ज्येष्ठ नागरिक सम्बन्धमा अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा भए गरेका निर्णय, घोषणा, प्रतिबद्धता एवं कार्यमा उल्लेख भएका विषयसमेतलाई हाम्रो मुलुकको परिवेशमा अनुकूल र उपयुक्त हुने गरी राष्ट्रिय कार्ययोजनाको माध्यमद्वारा चरणबद्धरूपमा कार्यान्वयन गर्दैैै जानुपर्ने आवश्यकता रहेको छ । ज्येष्ठ नागरिक समाजका गहना हुन्, यसलाई प्रकृतिको नियमको रूपमा ग्रहण गर्दै उनीहरूको सीप, दक्षता समाजमा हस्तान्तरण गर्दै लैजानुपर्छ । सन्तान कम हुनु, सन्तान विभिन्न उद्योगधन्दा व्यापार, वैदेशिक रोजगारी र व्यवसायमा व्यस्त हुनु आदि कारणले ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने, स्याहार सम्भार गर्ने उचित वातावरण रहँंदैन । कतिपय परिवारमा ज्येष्ठ नागरिकलाई आर्थिक बोझको रूपमा लिएर जबरजस्ती घरबाट निकालिएका घटना यदाकदा सुनिन्छ । यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा पनि “ज्येष्ठ नागरिकको प्रतिभाको सम्मान र योगदानको कदर गरौं” रहेको छ । आजका बालक भोलिका युवक, त्यसपछि त प्रौढ हुनै पर्छ, त्यसमा न विज्ञानले छेक्न सक्छ न त प्रकृतिले रोक्न सक्छ, त्यसैले ज्येष्ठ नागरिकप्रति श्रद्धाभावले हेरौँ, सहयोगी हात लम्काऔँ, उनीहरूको हेरचाह स्याहार सम्भार गर्नु मानवीयता हो भन्ने कुरा कहिले नभुलौँ र यो शिक्षा आफ्ना सन्ततिलाई पनि दिऔँ ।
सन् १९९५ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको शुभकामना सन्देश लिएर जोर्डनको राजधानी अम्मानमा भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको १२ औँ महाअधिवेशनमा भाग लिन जाने क्रममा ज्येष्ठ नागरिकको संरक्षण र सम्बद्र्धनका लागि गरिएको सोचको परिणामको रूपमा ज्येष्ठ नागरिक कोषको स्थापना भएको स्मरण गर्नु औचित्यपूर्ण छ । अहिले वृद्ध आमाबुबालाई घरमा नराखी वृद्धाश्रममा राख्ने चलन फेसनजस्तो भइरहेको छ । यस्तो अवस्थामा आमाबुबा आफ्नो सन्ततिबाट अपहेलित भएको अनुभव गर्छन् । यसलाई निराकरण गर्नका लागि हामीले छोराछोरीलाई सम्झाई बुझाइ सम्मानजनक रूपमा बाँंच्न दिन र उनका हक अधिकार कुण्ठित नहोस् भन्ने हेतुले दिवा सेवा केन्द्र सञ्चालनमा ल्याउनुपर्छ । यस पहलको परिणाम स्वरूप ज्येष्ठ नागरिक कोषको सहयोगमा संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा डायबिटिज नेपालको आयोजनामा एसियन डायबिटिज सम्मेलनसमेत गरिएको पनि यहाँ स्मरणीय छ ।

  प्रकाशित मिति: २०७४/६/६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना