बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी

राजविराज, असोज ६ गते । सप्तरीमा जारी पछिल्लो मतगणना परिणामानुसार बेल्ही चपेना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 

सो गाउँपालिकाका प्रमुख परमानन्द यादव तीन हजार ५४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का ओमप्रकाश मण्डलले दुई हजार ४२३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपाध्यक्षमा कांग्रेसकै उषादेवी मण्डल तीन हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रिकादेवी यादवले दुई हजार १४७ मत प्राप्त गर्नुभयो । यसैबीच सप्तरीका १७ स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना