चाडपर्व, महँगी र अनुगमन

tilak kumalतिलकबहादुर कुमाल

 

विपदको परिस्थिति, स्थानीय निर्वाचन र चाडपर्वको माहोलको मौकामा चौका मार्ने मनसायमै फाइदा लिने गलत मनोवृत्ति भएका बिचौलिया र व्यापारीहरू सल्बलाउने गरेको विगतमा देख्यौँ, भोग्यौँ । यस्ता किसिमका गलत व्यापारिक प्रवृत्ति यो वर्ष पनि मौलाइरहेको छ । विशेषगरी उपभोग्य वस्तुको कृत्रिम अभाव, अतिशय आर्थिक मोह र खर्चिलो संस्कारको दबाब र प्रभाव, माफिया प्रवृत्ति आदि कारणले आमउपभोक्ता महँगीको मारबाट पिल्सिएका थियौँ र यसखालको बेथितिबाट हालसम्मै पीडित छौँ । मुलुकमा सुशासनको लहर नआउञ्जेल महँगी, मिसावट र कृत्रिम अभावबाट पीडित भइरहनेछौँ ।
यतिबेला राज्य, राज्यका निकायहरू निर्वाचन सम्पन्न गर्न, त्यसको रौनकमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको महापर्वमा तल्लीन छन् हुनैपर्छ । यसै अवसरमा खाद्यवस्तु, पानी र मासुजन्य पदार्थ आदि उपभोग्य सामानको गुणस्तरीयता, म्यादको सामयिक निश्चितता, मिसावटजस्ता कार्यको अनुगमन र कानुनी कारबाहीमा अनुगमन गर्ने निकाय चुक्न सक्ने परिस्थिति छ भन्ने आँकलन व्यापारीको मानसपटलमा छाप परेको हुन सक्छ । यसकारण पनि कारबाही वा दण्ड सजाय भइहाले पनि फितलो हुन्छ अर्थात् आलटाले पार्न सकिन्छ । मनसायले कृत्रिम अभाव सिर्जना गरी दिन दुगुना, रात चौगुना नाफा आर्जन गर्न पछि नपर्न सक्छन् गरिबी, अभाव र बेरोजगारीको चपेटा त छँदै छ ।
जब, चाडबाडको खुसियालीमा अखाद्य वस्तुले जीवनको मूल्यवान पहिलो सम्पत्ति स्वास्थ्यलाई असर पु¥याउनु दुःखद कुरा त हो नै । बिरामी हालतमा पु¥याउँदा समयमै कारणको निदान गरी उपचार नगरेको खण्डमा ज्यान नरहन सक्छ । यसर्थ, धन खर्च गरी किनेको खाद्यवस्तुले फेरि त्यही खाद्यवस्तुको असरविरुद्ध स्वास्थ्योपचारमा धन खर्चिनु उपयुक्त होइन भन्ने विचारमा दुईमत छैन । प्रसङ्गवश, बचत गरेको व्यक्ति र आयस्रोत भएकालाई त खाद्यवस्तु किन्न र स्वास्थ्य खराबीको उपचार गर्नका लागि कमै समस्या आइपर्ला ।
यसर्थ, जनस्वास्थ्यप्रति सचेत हुँदै सक्रियतापूर्वक अनुगमन गर्नु राज्यको दायित्व हो । जनताले पनि सुस्वास्थ्यमा सजगता भने अपनाउनैपर्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हुन्छ भन्ने भनाइ र व्यवहारबीच हाम्रो तादात्म्यता कमै पाइन्छ । यसमा भने पर्याप्त ध्यान दिनु वाञ्छनीय हुन्छ । जीवनयापन गर्न हामी विभिन्न कर्म, पेसा र व्यवसाय गर्छौं । पेसाकै सिलसिलामा घरबाट बाहिर जान्छौँ भने देशबाहिर पनि जाने युवा चाडपर्वको आगमनको प्रारम्भमै छुट्टी लिएर जहानपरिवारसँग चाडपर्व मनाउने मनोकाङ्क्षा लिएर फिर्छन् । यही सुनौलो मौका हो, वर्षौं भेट नभएका साथी, इष्टमित्र, आफन्तजन भेटघाट गर्ने अवसर नै । आपसमा सुख–दुःख साटासाट गर्ने, भलाकुसारी गर्ने र मित्रता कायम गर्ने आदिमा व्यस्त हुन्छौँ । चाडबाडको खुसी, हर्ष, मनोरञ्जन र भेटघाटले एकता, भाइचारा, मानवीयता र मित्रता कायम गरिरहेको हुन्छ । साथै सम्बन्धमा गाढापन ल्याउँदै राष्ट्रियताको सुदृढीकरणमा योगदान पु¥याउँछ भने अर्कोतर्फ संस्कृतिको जगेर्ना पनि ।
पर्व मनाउने नाममा आयस्रोत कम भएकाले पनि अरू छिमेकीको देखासिकीमा फजुल खर्च गर्ने र तडकभडक गर्ने प्रवृत्ति हाम्रो समाजमा छ । यस्तो प्रवृत्तिले आफू फसिने, खस्ने खाडल आफैँले खन्नुसरह हुन्छ । यस्ता प्रवृत्तिको बढावा भयो भने चाडबाड दशा बन्न पुग्नेमा शङ्का छैन । बाध्यताले खर्च गर्ने देखावटी प्रवृत्ति भएका जुन व्यक्ति पनि चाडबाडमा खर्च जुटाउन बाध्यता र लहलहैमा अपराधसमेत संलग्न नहोलान् भन्न सकिँदैन ।
बहुसांस्कृतिक मुलुक नेपालमा आ–आफ्नै संस्कारपूर्वक चाडबाड मनाउने र मनोरञ्जन गर्ने महान् अवसरमूलक दसँै–तिहार आदि पर्वले खुसीमा खुसी थपिदिने काम गरोस् भन्ने आकाङ्क्षा भने सबै नेपालीमा हुनुपर्छ । राष्ट्रलाई विपद् परेको घडीमा यस्ता अवाञ्छनीय प्रवृत्ति घटाउने विलम्ब गरिनुहुँदैन । अखाद्यवस्तुको मिसावटजस्तो बेसारमा इँटाको धूलो र मैदा मिसाएको, जुसमा अन्य वनस्पतिको रस, आँपको जुसको सट्टा फर्सीको रस मिसाएको, घिउमा बोसो र उसिनेको आलु र भात मिसाएको आदि मिसावटका प्रकृति फरक–फरक हुन सक्छन् । मिठाइ, दाल, पानी, जुस आदिमा कमसल पदार्थ मिसावट गरी नाफाखोरी प्रवृत्ति बढेको कुरा सुन्दै आएका छौँ ।
सबै चाडपर्वका आ–आफ्नै महŒव र विशेषता छन् । यद्यपि, तुलनात्मक रूपमा दसैँ पर्व विशेषतः हिन्दु धर्मावलम्बी देश–विदेशमा बस्नेले आ–आफ्नै किसिमले मनाउने गर्छन् । तसर्थ, महान् पर्व दसैँ र तिहारलगायत जुनसुकै पर्व र अन्य समयमा पनि सम्बन्धित निकायले निरन्तर अनुगमन गर्नैपर्छ । दुःखको कुरा यो छ, सामान खरिद गरेपछि रसिद लिन र दिन झन्झट मान्ने प्रवृत्ति छ । जब खाद्यान्न किन्नकै लागि हात पाखुरा चलायमान गराउने हामी नै सामान्य काम पसलबाट रसिद लिन र दिन समयकै अभाव भएजस्तै गरी लिँदैनौ र दिँदैनौ । भलै त्यो खाद्यान्न गुणस्तरीयता भए राम्रै हो । यदि त्यही खाद्यान्नले खाद्यान्न विषयुक्त बिरामी गराएमा कारबाही गर्ने प्रमाण के हुन सक्छ ? यसतर्फ हामी कमैको मात्र चासो हुन्छ । हाम्रो मुलुकमा चाडबाडको बेला अनुगमन गरेजस्तै गरी अन्य समयमा बेवास्ता गर्ने प्रचलनकै कारण यस्ता विकृति र विसङ्गतिले बढावा पाइरहेका छन् ।

 प्रकाशित मिति: २०७४/६/९ 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना