एमाले–माओवादी केन्द्र चुनावमा सँगै जाने

राजेश चाम्लिङ राई/लक्की चौधरी

 

काठमाडौँ, असोज १७ गते । ठूला दुई वामपन्थी पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता वा आसन्न निर्वाचनमा सूर्य चिह्नमै निर्वाचनमा जाने तयारी अगाडि बढेको छ ।
माओवादी केन्द्रले पार्टी एकताको प्रस्ताव पारित गरेपछि दुुई पार्टीबीच एकता हुुने सम्भावना बढेको हो तर नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले भने त्यसबारेमा स्पष्ट बताउन चाहनुभएन । नेकपा (एमाले)ले पनि यसबारेमा औपचारिक रूपमा केही जनाएको छैन तर वामपन्थी पार्टीहरूबीच तालमेल गरी निर्वाचनमा जाने निर्णय मात्र बाहिर ल्याएको छ ।
स्रोतको दाबीअनुुुुुुुसार दुुवै पार्टीका शीर्ष नेताहरूले एकताको खाका बनाइसकेका छन् । “अब केही दिनभित्रै यसको अन्तिम छिनोफानो हुनेछ,” सोमबारको बैठकमा माओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको धारणा उद्धृत गर्दै एक माओवादी नेताले दाबी गरे, “एकता हुुने करिब निश्चित देखिएको छ । ” uml-maobadi
“एमालेको स्थायी समिति बैठकले एकताको प्रस्ताव पारित गरेको रहेछ,” नाम उल्लेख गर्न नचाहने ती नेताले भने, “यता (माओवादी)को तर्फबाट यसबारे छलफल गरियो । ”
एक दिन अघि मात्र एमालेले आगामी चुनावमा माओवादी केन्द्रलगायतका वामपन्थी दलहरूसँंग चुनावी तालमेल गरेर जाने प्रस्ताव पारित गरेको थियो । स्रोतका अनुुुसार त्यही बैठकले पार्टी एकताको प्रस्ताव पनि पारित गरेको थियो । यद्यपि माओवादी केन्द्रले औपचारिक ढङ्गले पारित गरेपछि मात्र यसलाई सार्वजनिक गर्ने दुुवै पार्टीका शीर्ष नेताहरूबीच सहमति भएको बताइन्छ ।
पारित प्रस्तावअनुुुुसार चुनावअघि एमाले अध्यक्ष केपी ओलीको संयोजकत्वमा सात सदस्यीय संयोजन समिति बनाउने सहमति छ । यसमा एमालेका तर्फबाट चार र माओवादी केन्द्रका तर्फबाट तीन सदस्य रहनेछन् । यसमा बाबुराम भट्टराई पनि आउने दाबी गरिएको छ । एमालेबाट अध्यक्ष ओलीसहित झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतम रहने र माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहनुुहुनेछ ।
“मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशको चुनावमा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत हिस्सा लिएर जाने सहमति पनि भएको रहेछ,” माओवादी नेताले भने, “चुनाव चिह्न भने सूर्य लिइने नेताहरूबीच छलफल भएको रहेछ । ”
स्रोतका अनुुुुसार दुुवै पार्टीको शीर्ष तहबाट पारित प्रस्तावमा पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ मात्र राख्ने सहमति जुटेको छ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुुसालले यतिमात्रै भन्नुभयो, “एमालेसंँग पार्टी एकता र चुनावी तालमेलका बारेमा छलफल भएको हो, निर्णय भएको छैन । ”
प्रवक्ता भुुसालले थप्नुभयो, “यी दुवै विषयमा छलफल भयो । अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष, नारायणकाजी र बादल (रामबहादुर थापा)लाई दिइएको छ । ” दुवै पार्टीका दोस्रो तहका प्रभावशाली नेताहरूले यही लाइनबाट आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।
माओवादी केन्द्रको सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले करिब एक घण्टा पार्टी एकताको औचित्य र चुनावी तालमेलका बारेमा आफ्नो तर्क राख्नुुभएको प्रवक्ता भुसालले बताउनुभयो । दुुवै पार्टीले समाजवाद स्थापनालाई तत्कालको लक्ष्य राखेको र त्यसका लागि देशमा एउटै कम्युनिस्ट पार्टी आवश्यक रहेको तर्क राखिएको छ ।
राजधानीमा उपलब्ध पोलिटब्युरो सदस्यसम्मको सहभागी बैठकमा नारायणकाजी श्रेष्ठ, विश्वभक्त दुलाल (आहुति), हितमान शाक्यलगायतका अधिकांश नेताहरूले अध्यक्षको प्रस्तावमा समर्थन जनाउनुुभएको थियो । नेताहरू मणि थापा, गोपाल किराती र मातृका यादवले भने असहमति जनाउनुुभएको जनाइएको छ ।
यसअघि, नेकपा (एमाले)ले आगामी मङ्सिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वामशक्तिसँग गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गर्दै वाम दलसँग चुनावी गठबन्धन सँगसँगै पार्टी एकताका लागि पनि ढोका खुलै राख्ने निर्णय गरिएको जनाएको छ ।
नेकपा (एमाले) सचिव प्रदीप ज्ञवालीले बैठकको निर्णयबारे भन्नुभयो, “आसन्न निर्वाचनमा सबै वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिसँग सहकार्य गर्दै अगाडि बढ्ने बैठकको निर्णय हो र पार्टी एकताको विकल्प पनि खुला गरिएको छ । ” बैठकले प्रदेश २ को निर्वाचन र त्यसको परिणामबारे समेत गम्भीर समीक्षा गरेको थियो । स्थानीय तहको समग्र निर्वाचनमा एमाले पहिलो पार्टी भए पनि प्रदेश २ मा भने एमाले पाँच स्थानमा पुगेको छ ।
केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ भने बैठकले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय गरेको बताउनुभयो । पार्टीको स्थानीय एकाइ कमिटीले १७ गतेभित्र जिल्लामा उम्मेदवारको नाम सिफारिस गर्ने, १९ र २० गतेभित्र जिल्लाले प्रदेशमा सो नाम सिफारिस गर्ने र प्रदेशले २२ र २३ गतेभित्र स्थायी कमिटीमा सो नाम सर्वसम्मतले सिफारिस गर्न निर्देश गरिएको कार्यालय सचिव श्रेष्ठले बताउनुभयो ।
पार्टीको तल्लो निकायबाट सिफारिस भएर आउने उम्मेदवारको नामलाई अन्तिम रूप दिई असोज २९ गतेभित्र निर्वाचन आयोगमा बन्दसूची बुझाउने तयारी गरेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी प्रदेश र केन्द्रीय निर्वाचनमा एमाले पहिलो शक्ति हुने र वाम गठबन्धन गरेर नयाँ सरकार गठन गर्ने तयारी एमालेको रहेको केन्द्रीय नेताहरूको दाबी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना