हर्षोल्लाससाथ बडादसैँ मनाइँदै

काठमाडौँ, असोज १७ गते । नेपालीको महान् पर्व बडादसैँ हर्षोल्लाससाथ मनाइँदैछ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको १५ दिन बडादसैँका रूपमा मनाइन्छ । असोज ५ गते घटस्थापनासँगै बडादसँै सुरु भएको हो । बडादसैँका सबैभन्दा महìवपूर्ण दिन विजया दशमी हो । विजया दशमीका अवसरमा मान्यजनबाट टीका ग्रहण र आशीर्वचन दिने गरिन्छ । त्यसक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका अवसरमा १४ गते बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजया दशमीको टीका ग्रहण गर्नुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा मूल पुजारी अर्यालले राष्ट्रपति भण्डारीलाई शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै जमरा र नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति भण्डारीले मूल पुजारी अर्याललाई पनि टीका लगाइदिनुभयो ।
यसैगरी राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री शेरबहादुर देउवाले टीका, जमरा र नवदुर्गाको प्रसाद ग्रहण गर्नुभएको छ । त्यसैक्रममा प्रधानमन्त्री देउवाले शनिबार नै आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गर्नुभएको छ । dashain tika
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा गुरु सापकोटाको हातबाट उहाँले टीका ग्रहण गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बडादसैँका अवसरमा आफ्ना दाजु बन्धुराज पौडेलबाट टीका ग्रहण गर्नुभएको छ ।
राजधानीको कलङ्कीमा टीकाको शुभसाइतको समयमा वरिष्ठ नेता पौडेलले टीका ग्रहण गर्नुभएको हो ।
त्यसपछि वरिष्ठ नेता पौडेलले परिवारजन, इष्टभित्र र पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो निवास बोहोराटारमा दसैँको टीका
जमरा लगाइदिनुभयो ।
उता पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा बाजागाजाका साथ सामूहिक टीका प्रसाद लगााइएको छ ।
नवदुर्गा अवधिभर आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिन घटस्थापना गरी आश्विन शुक्ल सप्तमी फूलपातीका दिन भिœयाइएको फूलपातीसहित विजया दशमीका दिन टीका तथा जमरा एकअर्कालाई लगाउने प्रचलनअनुरूप सामूहिक टीका प्रसाद लगाइएको हो ।
कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलका अनुसार नवदुर्गाका अवसरमा घटस्थापना, फूलपाती, महाअष्टमी, कालरात्रि र महानवमी आदिको विशेष पूजाआजा हुने यस मन्दिरमा सामूहिक टीका प्रसाद लगाएर एकअर्कालाई शुभकामना तथा आशीर्वाद प्रदान गर्ने परम्परा यहाँको अति प्राचीन परम्परा हो ।
दर्शन गरेमा मनले चिताएको पुग्ने धार्मिक जनविश्वासका आधारमा पूजा गर्दै आइएको मल्लकालीन कोटभैरव मन्दिरको सांस्कृतिक, पुराताìिवक एवं ऐतिहासिक रूपमा पनि विशेष महìव रहेको उहाँले जानकारी दिनुभयो ।
बडादसैँका अवसरमा दुहवी नगरपालिका–९ का १०६ वर्षीय फागुलाल चौधरीले थारू समुदायको जातीय परम्पराअनुसार आफूभन्दा सानालाई टीका जमरा लगाइदिएर दीर्घायुको आशीर्वाद दिँदै खुशियाली मनाउनुभएको छ ।
त्यस्तै इटहरी उपमहानगरपालिका–१६ लबिपुरका ९९ वर्षीय भानुभक्त लम्सालले पनि घरमा आएका आफ्ना सन्तानसँगै आफूभन्दा कान्छो उमेरका आफन्तलाई बडादसैँको टीका जमरा लगाएर दीर्घायुको आशीर्वाद दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना