इन्द्रसरोवरमा डुङ्गा सञ्चालन

राममणि दाहाल

 

हेटौँडा, असोज १९ गते । मकवानपुरको पर्यटकीयस्थल मार्खुस्थित इन्द्रसरोवरमा व्यावसायिक रूपमा डुङ्गा सञ्चालनमा ल्याइएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ ले दुई थान पाइडल बोट खरिद गरी सञ्चालनमा ल्याएको हो ।
काठको डुङ्गा इन्द्रसरोवरमा डुङ्गा सञ्चालन गर्दै आएको व्यवसायी सङ्घमार्फत सञ्चालन गरिने भएको छ । डुङ्गा भाडा तय गर्न व्यवसायी सङ्घलाई जिम्मा दिएको इन्द्रसरोवर गाउँपालिका–१ नम्बर वडा अध्यक्ष जमानसिं वाइवाले जानकारी दिनुभयो । सरोवरमा हाल काठका डुङ्गाहरू सञ्चालन हुँदै आएको छ ।
२०७३÷०७४ साविकको मार्खु गाविसले विनियोजन गरेको रकमबाट डुङ्गा खरिद गरिएको हो । गाविसको चार लाखसहित छ लाखको लागतमा डुङ्गा खरिद गरिएको र नपुग रकम सङ्घले ब्यहोर्ने जनाइएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष वाइवाले डुङ्गा सञ्चालनबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पाइडल डुङ्गा चार जनाको क्षमताको रहेको छ । तत्कालीन जिल्ला विकास समितिले सरोवरमा मोटरबोट सञ्चालन तामझामका साथ गरे पनि अहिले बन्द रहेको छ । indra sarobar
एक लाखभन्दा बढीको लागतमा दुईवटा मोटरबोट खरिद गरिए पनि सरोवरमा मोटरबोट चलाउँदा पर्ने प्रभाव अध्ययन नगरी सुरु गरेको परिणाम बन्द भएको स्थानीयले बताएका छन् । तत्कालीन जिविसले पर्यटन प्रबद्र्धनमा सहयोग पु्ग्ने भन्दै मोटरबोट खरिद गरी सञ्चालनमा ल्याएको हो ।
प्राधिकरणले इन्जिनबाट चल्ने भन्दै चलाउन रोक लगाएको छ । इन्जिनबाट चल्ने भएकोले कम्पन उत्पन्न भई सरोवर दायाँबाट ढुङ्गामाटो झर्ने र पुरिने जिकिर गर्दै प्राधिकरणले मोटरबोट सञ्चालनमा रोक लगाएको अध्यक्ष वाइवाले बताउनुभयो । जिविसले लाखौँ खर्चेर खरिद गरेको मोटरबोट कस्तो अवस्थामा छ थाहा नै छैन र उपयोगविहीन बनेर बसेको छ तर मर्मत गरे मोटरबोट चल्नसक्ने अध्यक्ष वाइवाले जनाकारी दिनुभयो ।
डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष सङ्घ कृष्णहादुर भोम्जनको अध्यक्षतामा मङ्गलबार भएको कार्यक्रममा इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामाले पाइडल बोट शुभारम्भ गर्नुभएको हो ।
सरोवरमा हाल ४० भन्दा बढी काठका डुङ्गा सञ्चालनमा रहेका छन् । काठमा डुङ्गाहरू त्यस क्षेत्रमा आउनेहरूले सरोवरमा शयर गर्न र स्थानीयले आवतजावतमा प्रयोग गर्दै आएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना