राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा मन्दिरमा पूजाअर्चाना

गोरखापत्र समाचारदाता
भक्तपुर, असोज १९  गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरस्थित नवदुर्गा भवानीको मन्दिरमा पूजाअर्चाना गर्नुभएको छ । हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा मन्दिरमा राष्ट्रप्रमुखले पूजा अर्चना गरी प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ ।

राष्ट्रपतिले अपरान्ह ४ः१५ बजे नवदुर्गा मन्दिर प्रवेश गर्नुभएको थियो । राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । नवदुर्गा मन्दिरका मूल पुजारी जुलाल कर्माचार्यले राष्ट्रपति भण्डारीलाई नवदुर्गाको पुजा एवं टीका प्रसाद प्रदान गरी स्वागत गर्नुभयो ।


वनमालाहरुले आर्थिक अभाबका कारण मन्दिरको पूजाअर्चना रोकिने अवस्था बारे हरेक राष्ट्रप्रमुखहरुलाई अवगत गराएता पनि कसैले वास्ता नगरेको नवदुर्गा गणका सदस्यहरुले गुनासो गर्नुभयो । हरेक वर्ष झै यो वर्ष पनि मन्दिरको आर्थिक अवस्थाबारे मन्दिरका पुजारी जुलाल कर्माचार्यले राष्ट्रपति समक्ष गुनासो गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना