शेयर बजारमा पुँजी वृद्धिको प्रभाव

narendraman shresthaनरेन्द्रमान श्रेष्ठ

 

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्त कम्पनीहरूलाई २०७४ असारसम्ममा आआफ्नो चुक्ता पुँजी लगभग चार गुणाले बढाउन निर्देशन दिएपछि यसले धितोपत्र बजारमा प्रभाव पारेको देखिन्छ । नेपाल राष्ट्र बैङ्कले क वर्गको बैङ्कलाई आठ अर्ब, विकास बैङ्कलाई २५० करोड र फाइनान्स कम्पनीलाई ८० करोड पुँजी पु¥याउन पर्ने निर्देशन दिएको थियो २०७१ ÷०७२ को मौद्रिक नीतिमार्फत । अहिले नेपाल राष्ट्र बैङ्कले दिएको समयावधि सकिसकेको छ तर पनि धेरैजसो बैङ्क तथा वित्त कम्पनीले राष्ट्र बैङ्कले तोकिदिए बमोजिमको पँुजी पु¥याउन सकिरहेका छैनन् । यसका लागि कम्पनीहरू कसरत गरिरहेका छन् । बैङ्क तथा वित्त कम्पनीको पँुजी वृद्धिले शेयर बजारमा समेत प्रभाव पारे । शेयर बजारमा उतारचढाव भए । नेप्से उकालो लागेर एक हजार ८८१ अङ्कसम्म पुगे भने ओरालो लागेर १२९२ अङ्कसम्म झ¥यो । दुई वर्षमा कम समयमा आफ्नो चुक्ता पँुजी लगभग चार गुणाले बढाउनु भनेको चुनौती थियो बैङ्क तथा वित्त कम्पनीका लागि । यसका लागि बैङ्क तथा वित्त कम्पनीले गाभ्ने÷गाभिने नीति अवलम्बन गरे भने तीन÷चार सय प्रतिशतले हकप्रद शेयर जारी गरे । यसले पनि नेप्सेमा प्रभाव पा¥यो । हकप्रद शेयरलाई उचालेर शेयरको अस्वाभाविक रूपमा शेयरको मूल्य बढाए भने हकप्रद शेयर पाउने आशले कतिपयले महँगोमा शेयर किन्नेहरू अहिले नोक्सानी व्यहोर्न बाध्य छन् ।
बैङ्क तथा वित्त कम्पनीको पुँजी वृद्धि नीति नियमले धेरैजसो लगानीकर्ता दोहोरो मारमा परिरहेका छन् । हकप्रद शेयर पाउने आशले महँगोमा शेयर किने भने अर्काेतर्फ हकप्रद शेयर भर्नका लागि पुँजीको जोहो गर्न प¥यो । यसले साना तथा नवप्रवेशी लगानीकर्ता मारमा परे । पछिल्लो समयमा नेप्से घट्ने क्रममा थियो । सबैजसो बैङ्क तथा वित्त कम्पनीको शेयर घटेको अवस्थामा छ । टपटेनमा रहेका बैङ्कको शेयर मूल्यमा समेत भारी गिरावट आयो । त्यस्तै हकप्रद शेयरले गर्दा शेयर बजारमा शेयरको बाढी आएको छ भन्दा पनि फरक नपर्ला । बैङ्क तथा वित्त कम्पनीले पुँजी बढाउन पर्ने भएकोले बोनस शेयर र हकप्रद शेयर जारी गरेको कारणले शेयर बजारमा शेयरको आपूर्ति बढेकोले पनि शेयर बजारमा नेप्से घटेको बताइन्छ । बैङ्क तथा वित्त कम्पनीले पँुजी वृद्धिकै कारणले २०७३÷०७४ को वासलात प्रतिवेदन प्रकाशित गरिसकेका सबैजसो बैङ्क तथा वित्त कम्पनीको प्रतिशेयर आम्दानी घटेको देखिन्छ । कम्पनीहरूको प्रतिशेयर आम्दानी घटेको कारणले शेयर धनीले लाभांश कम पाउने सम्भावना छ । पँुजी वृद्धिको अनुपातमा आम्दानी बढाउन नसकेको कारणले कम्पनीको प्रतिशेयर आम्दानी घटेको होभन्दा फरक नपर्ला । यसबाट लगानीकर्ता नै नोक्सानीमा छन् । लगानीकर्ताले आफ्नो लगानीअनुसारको प्रतिफल पाउन नसक्ने अवस्थामा छन् । त्यसो त कतिपय कम्पनीले गत वर्षभन्दा आफ्नो आम्दानी बढाएको पनि छ तर पनि पुँजी बढेको अनुपातमा आम्दानी बढाउन सकेन अनि इपिएस घटे भने शेयर धनीहरूले पनि कम लाभांश पाउने भए । गत वर्ष २७ प्रतिशत बोनस दिएको एनआइसी एसिया बैङ्कले यस वर्ष २० प्रतिशत मात्र बोनस शेयर दियो । गत वर्ष ३२ प्रतिशत बोनस शेयर दिएका एनबी बैङ्कले यस वर्ष १२ प्रतिशत बोनस शेयर र ३.७९ नगद लाभांश दिने भएको छ । गत वर्ष ३३ प्रतिशत बोनस शेयर दिएका सनराइज बैङ्कले यसपालि १५ प्रतिशत मात्र बोनस शेयर दिने भएको छ । यो पुँजी वृद्धिको कारणले नै भएको हो ।
न्ोपाल राष्ट्र बैङ्कले कम समयमा चार गुणाले बैङ्क तथा वित्त कम्पनीलाई पुँजी बढाउन पर्ने अदूरदर्शी नीतिले गर्दा साना तथा नवप्रवेशी लगानीकर्ता धेरै जसो मारमा परे पुँजी बढाउनको लागि बैङ्क तथ वित्त कम्पनीले धमाधम हकप्रद शेयर जारी गरे भने अर्काेतर्फ कम्पनी मर्जरतर्फ लागे । मर्जर प्रक्रियामा रहेका कम्पनीको शेयर कारोबार धितो बजारमा नहुने भएकोले लगानीकर्ताको लगानीसमेत ब्लक भए, एकातिर लगानिकर्ताको लगानी ब्लक भए भने अर्काेतर्फ हकप्रद शेयर भर्नका लागि पँुजीको समेत जोहो गर्न प¥यो । हकप्रद शेयर नभरेर बुक क्लोज हुनभन्दा पहिले शेयर बिक्री गर्ने लगानीकर्ता थुप्रै हुन्छन् । मर्जर एक्विजिशसनले गर्दा यिनिहरूले आफ्नो शेयरहरू बिक्री गर्न पाएन भने शकप्रद शेयर भर्न बाध्य भए । त्यसो त मर्जर प्रक्रिया लम्बिँदा पनि लगानीकर्ता घाटामा हुने गरेका छन् ।
आर्थिक वर्ष २०७३÷०७४ सकिसकेको छ । यसका साथै बैङ्क तथा वित्त कम्पनीको पँुजी बढाउने समय पनि सकिसकेको छ । बैङ्क तथा वित्त कम्पनीले २०७३÷०७४ को वासलात प्रतिवेदनमा पँुजी पुगेको देखाउन पर्ने छ तर पनि कतिपय कम्पनीले पँुजी पु¥याउन सकिरहेका छैनन् । कतिपय कम्पनीले पुँजी पु¥याउनका लागि अहिले पनि धमाधम हकप्रद शेयर जारी गर्ने गरिरहेका छन् भने अर्काेतर्फ बैङ्क तथा वित्त कम्पनीले लाभांश घोषणा गर्ने सिजनमा पनि सबै जसो समूहका शेयरको मूल्यमा भारी गिरावट आइसकेको छ । यसको कारण भनेको प्रतिशेयर आम्दानी घटेकाले होभन्दा पनि फरक नहोला । बैङ्क तथा वित्त कम्पनीको पुँजी बढाउन भनेको राम्रो हो बढाउनु पनि पर्ने हुन्छ । यसको लागि क्रमिक रूपमा योजनाबद्ध रूपमा बैङ्क तथा वित्त कम्पनीको उनीहरूको आवश्यकताअनुसार आवश्यक भएको समयमा बैङ्क तथा वित्त कम्पनीले आफैँ बढाइ हाल्छ । यति पनि नेपाल राष्ट्र बैङ्कले बुझ्न नसकेको हो या वित्त कम्पनीलाई पेल्ने नीति लिएको हो ।

प्रकाशित मिति: २०७४/६/२०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना