मधेसवादी दलहरूबीच चुनावी तालमेल

सुरेशकुमार यादव

 

काठमाडौँ, असोज २१ गते । स्थानीय चुनावपछि दलहरू बीचमा भइरहेको धु्रवीकरणसँगै मधेसवादी दलहरू पनि चुनावी तालमेलका लागि सहमत भएका छन् ।
लामो प्रयासपछि मधेसका प्रमुख दुई दल सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच चुनावी तालमेल गर्ने शुक्रबार सहमति भएको हो । फोरम नेपालले सुरुदेखि स्थानीय तहको चुनावमा भाग लिएपछि यी दुई दलको बीचमा दूरी बढेको थियो । तर, स्थानीय तहको चुनाव सकिनेबित्तिकै आसन्न प्रदेश तथा केन्द्रको चुनावका लागि यी दुई दलबीच तालमेल गरी चुनावमा जाने विषयमा छलफल सुरु भएको थियो । यसको सुरुआत राजपा नेपालले नै गरेको थियो । असोज ९ गते बसेको पार्टीको राजनीतिक समितिको बैठकले फोरम नेपालसँग चुनावी तालमेल गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी पार्टीका संयोजक महन्थ ठाकुरलाई दिएको थियो । upendra Yadav- mahantha Thakur-combo
संयोजक ठाकुरले पनि तालमेलका लागि पटकपटक प्रयास गर्नुभएको थियो तर उहाँ सफल भइरहनु भएन । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच भएको वाम गठबन्धनमा फोरम नेपाल पनि जाने चर्चा भएपछि राजपा नेपाल पुनः सक्रिय भएको थियो । यी दुई दलका नेताहरूबीच दुईपक्षीय, त्रिपक्षीय तथा सामूहिक गरी पटकपटक भएको वार्ताको परिणामअनुसार शुक्रबार सहमति भएको हो ।
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमतिपत्रमा नेताद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गर्नुभएको छ । वाम गठबन्धन वा लोकतान्त्रिक गठबन्धनमध्ये कुनमा जाने त्यसमा दुवै पार्टी साझा अवधारणाका साथ सहभागी हुने निर्णयसमेत गरिएको छ । यी दुवै दलबाट नेपाली काँग्रेसको अगुवाइको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा एक एकजना पठाइएको छ ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना