सबैको मन जित्दै जुम्ली स्याउ

बुटवल, असोज २१ गते । भारतीय स्याउको प्रभुत्व रहेको बुटवल बजारमा पछिल्लो समय जुम्लाको स्याउ पनि बिक्री हुन थालेको छ । बुटवल कृषि उपज थोक तथा बजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले जुम्लाको स्याउ बुटवलको बजारमा एक महिना अघिदेखि बिक्री भइरहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष बुटवलमा छ हजार टन स्वदेशी स्याउ आएकोमा यो वर्ष करिब एक सय टन बिक्री भइसकेको छ । यो वर्ष स्याउको उत्पादन बढेका कारण नेपाली स्याउ जुम्ला, कालिकोट, हुम्लालगायतका स्थानबाट आउने बुटवल कृषि उपज तथा थोक बजार केन्द्रले जनाएको छ । 

गत वर्ष नेपाली स्याउ ८४ लाख रुपियाँको कारोबार भएको पनि केन्द्रले जनाएको छ । यो वर्ष नेपाली स्याउ करिब १३ हजार टन बुटवल आउने र त्यसबापत डेढ करोड रुपियाँको कारोबार हुने अनुमान थोक बजार केन्द्रको छ । apple jumla_1
बुटवलमा दुई महिनासम्म स्वदेशी स्याउ सानो सानो परिमाणमा आउने गरेको छ भने स्याउ एउटै समयमा आए पनि स्वदेशी स्याउले बुटवलको बजार १५ दिनसम्म धान्न नसक्ने लुम्बिनी फलफूल व्यवसायी सङ्घका अध्यक्ष केशव कुँवरले बताउनुभयो ।
गत वर्ष कुल एक अर्ब ३० करोड ८४ लाख रुपियाँ बराबरको स्याउको कारोबार भएको बुटवलमा यो वर्ष स्याउको कारोबार गतवर्ष भन्दा २० प्रतिशतले बढ्ने अनुमान रहेको छ ।
गत वर्ष ७० करोड रुपियाँको भारतीय स्याउको कारोबार भएको थियो भने चीनको ६० करोड रुपियाँको कारोबार भएको कुँवरले
जानकारी दिनुभयो ।
यो वर्ष स्याउको मूल्यमा पनि १० देखि १५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान गरिएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल बजारमा करिब पाँच प्रतिशत नेपाली, १५ प्रतिशत चिनियाँ र बाँकी ८० प्रतिशत भारतीय स्याउको बिक्री भइरहेको छ ।
स्याउको ग्रेडिङमा सुधार हुन नसक्दा नेपाली स्याउको बिक्री छिटो र कम मात्रामा भैरहेको तथा प्याकेजिङका सामग्रीको अभावमा आएका स्याउ कुहिने समस्या रहेको कुँवरले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना