महिलामाथि निर्भर कर्णाली

rajan rawatराजन रावत

 

कर्णालीका महिलाले बिहान ५ बजे उठेर बेलुुका ११ बजेसम्म कामै काम गरेर जिन्दगी बिताउँछन् भन्दा पहिलो पटक सुुन्नेले नपत्याउला तर पछिल्लो समयसम्म सिंगो कर्णालीका महिलाले भोग्दै आएको साझा समस्या हो । देशको सहर बजारमा बस्ने जो कोही कर्णालीमा गयो भने साँच्चै कर्णालीका महिलालाई दुुःख रहेछ भन्न पछि पर्दैनन् र वास्तविकता बुुझ्दै जान्छन् ।
अझ यो कामको बोझ चैत वैशाख तथा भदौ असोज र कात्तिकमा त झनै बढी समय काममा खट्नुु पर्छ । घरको चुुलो चौकोदेखि खेतीपाती र मेलापात, सरसफाई सबै महिलाको भरमा चल्दै आएको छ । पुुरुष त केवल हैकमवादी जस्तो महिलाले पकाएको खाना टिपेर ढलेको कसौडी उठाउन आवश्यक ठान्दैनन्् । यो एक प्रकारको पितृृसत्तावादी सोचको उपज हो भन्दा अन्यथा नहोला ।
कर्णालीकी एउटी महिला जो बिहान सबेरै उठेर आफ्नो दैनिक नित्य कर्म गर्न नपाउँदै घरको सरसफाइ, बालबच्चाको सरसफाइ, गाई गोरुलाई खोले पकाउने, पानी ओसार्ने, दाउरा टिप्ने, घरका परिवारका सदस्यलाई चिया पकाएर दिने, खाना पकाउने, खाना खुुवाउने, बच्चालाई कपडा लगाएर विद्यालय पठाउने, घरको धन्धा गरेर गाई गोरु चराउन जाने, खर्क जानुु, खेतबारीमा जाने, मल बोक्ने, दाउरा टिप्ने, कपडा धुुने, ज्याला मजदुरीमा जाने, कर्मचारी भए कार्यालयमा जाने, बेलुुका ४ बजेभित्र घरमा आएर उही धन्दा गर्नु नियमित काम गर्दै आएका छन् । केही समय अगाडिसम्म हलो जोत्ने काम पुुरुषले गर्ने गरेको भए पनि पछिल्लो समय त्यसको व्यवस्थापन गर्ने, खेतमा बीउ छर्ने, स्याउला संकलन गर्ने घाँस काट्ने, घरको चुुलो चौकोको व्यवस्थापन गर्ने जिम्मा महिलाको मात्र भए जस्तो देखिँदै आएको छ । त्यति मात्र होइन बालबच्चा बिरामी पर्दा, खोप लगाउन अस्पताल लाने काम त कर्णालीमा महिलाको पेवा जस्तै भएको छ । हिउँदमा हिमपात हुुँदा होस् या वर्षामा भारी वर्षा होस् महिलाले आफूले गर्नुपर्ने काम नगरी धरै छैन । त्यस्तो अवस्थामा पुुरुषले सहयोग गर्नु आवश्यक ठानेको देखिँदैन । अर्को महिलाले तीन वर्ष मुुनिका नानीहरू आफू जुुन काममा जाँदा पनि बोकेर काम गर्ने ठाँउमा सँगै लानुु पर्ने बाध्यता जस्तै भएको छ । महिलाले गर्ने काममाथि जति उल्लेख गरिएको छ, ती सबै केही बाहेक अनुत्पादक कार्य भएको हुुँदा घरमा पुुरुषले थोरै कमाएर ल्याए पनि त्यो ठूलै मानिन्छ ।
प्रत्यक्ष कमाई भएको नदेखिने तर कामको बोझ भइरहने कर्णालीका महिलाका लागि स्वावलम्बी र आत्मनिर्भर बनाउने खालका थुुप्रै कार्यक्रम जिल्लामा सरकारी तथा गैरसरकारी स्तरबाट सञ्चालन हुुँदै आएको भए पनि महिलाले आफ्नो कार्यबोझबाट छुुटकारा पाएको देखिँदैन ।
यसरी कर्णालीका महिलाहरू कामै कामको बोझले थिचिएको हुुँदा धेरै महिला सदरमुुकाम सिमकोटसम्म पाइला टेक्ने अवसर पाएका छैनन् । जिल्ला बाहिर त आकाशको फल आँखा तरी मर भन्ने नेपाली उखान चरितार्थ भएको छ कर्णालीका महिलाका लागि । यहाँका केही जिल्लामा सञ्चालन भइरहेको एक मात्र हवाई यातायातको साधन हवाई जहाज पनि कतिपय महिलाहरूले चढ्न त के देख्न समेत पाएका छैनन् । त्यसैले पनि महिलाहरू भन्ने गर्छन् (कुुन जुुनीमा पाप गरिएछ र अहिले त्यसको फल भोग्दै छौँ । )
कामको बोझ मात्र हैन कर्णालीका महिलाले भोगेका समस्यामा विभेद पनि उत्तिकै सहनुु परेको छ । पहिलो विभेद छ छोरी भएर जन्मेकै कारण आमाले सुुत्केरी हुुँदा स्याहार सुुसारमा पाउने फरकपन हो । त्यसपछि अर्को छोरा र छोरीमा पनि हरेक कुुरामा विभेद गर्ने जुुन सामाजिक मान्यता छ, त्यो अहिले पनि ज्यूूँ का त्यूँ छ ।
तर, पनि बिहान र बेलुुका एक जना मानिसले दैनिक जति क्यालोरी मिलाएर भोजन गर्नुपर्ने आवश्यकता हुन्छ, त्यो बाट पनि कर्णालीका महिला विमुुख छन् । देशका अन्य भूभागका महिलामा पनि कामको बोझ जति भए पनि भोजनमा सन्तुुलित आहार खान भने पाइरहेको कुुरा सुुन्नमा आइरहेकै हो । कर्णालीका महिलाले सन्तुलित खाना त के कामको सिजनमा बिहान सबेरै पकाएर आफूसँगै काममा जाँदा लएको खाना पनि समयमा खान पाउँदैनन् । त्यसैले पनि सिंगो कर्णालीका मानिस सबै हृस्टपुुष्ट देखिँदैनन्, त्यसमाथि पनि महिलाहरू त झन् जवानीले कलकलाउँदो उमेरमा पनि अनुहारमा चाउरी परेको र उमेर ढल्केको जस्तो देखिन थालिहाल्छन् । यो सबै कामको बोझ र सन्तुुलित खानाको अभावभन्दा अरू के हुुन सक्छ र ?
धेरै कामको बोझ र सन्तुुलित आहारको अभाव स्वरूप कर्णालीका महिलालाई दम, बाथ, पाठेघर खस्ने उच्च रक्तश्राव हुने, टाउको दुुख्ने, ढाडको समस्या लगायतका रोगको शिकार हुुनुु परेको पछिल्लो तत्थ्याङ्कले देखाएको छ । कर्णालीको कुना कन्दरामा रहेका गाउँ वस्तीका महिलाले उपचारका नाममा स्वास्थ्य चौकीबाट सिटामोलभन्दा अन्य केही पाएको देखिँदैन । जिल्ला बाहिर जान आर्थिक रूपमा सबल नभएकै कारण अकालमा कतिपय महिलाले ज्यान गुमाउनुु परेको छ ।
जहिले पनि कार्यबोझको कारण केही पढे लेखेकामा बाहेक अधिकांश कर्णालीका महिला बाहिरी संसारबाट विच्छेद छन् भन्दा अन्यथा नहोला । जिल्लामा पढे लेखेर पनि शिक्षक तथा अन्य गैरसरकारी निकायमा नपढेको महिलाको तुुलनामा केही कमी होला तर पनि जति कार्यबोझ कम हुुनुुपर्ने हो, त्यो भएको देखिँदैन । यो कर्णालीका महिलाले हाल गर्दै आएको अत्यधिक कार्यबोझलाई कम गर्न वा उत्पादनमूलक कार्यमा लगाउन राज्यको नजर अर्थपूर्ण र कागजी कार्यान्वयनभन्दा वास्तविकतामा आधारित योजना तयार गरी लागू गर्नुु आवश्यक छ । अन्यथा कर्णालीका महिलाको जीवनस्तरमा सुधार आउन कठिन छ ।

 प्रकाशित मिति: २०७४/६/२१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना