अछाम राप्रपा प्रजातान्त्रिकद्धारा उम्मेद्वार सिफारिस

शिवराज ढुंगाना

 

अछाम, असोज २२ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिक अछामले उम्मेद्वारहरु सिफारिस गरेको छ । राप्रपा प्रजातान्त्रिक अछामको शनिबार मंगलसेनमा बसेको बैकठकले प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेद्वारहरुको नाम टुंगो लाएको हो ।   
प्रतिनिधि सभा अछाम क्षेत्र नं. १ मा भक्तबहादुर कुँवर र समानुपातिकतर्फ जनकबहादुर शाह छनौटमा परेका छन् । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रतक्ष्यतर्फ रामबहादुर चलाउने क्षेत्री र समानुपातिकमा लोकेन्द्रबहादुर शाहलाई छनौट गरेको उक्त पार्टीका जिल्ला सदस्य विवेक भण्डारीले जानकारी दिनुभयो ।
प्रदेश सभातर्फ साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका रहेको प्रदेशबाट प्रतक्ष्यमा झंकरबहादुर कुँवर र समानुपातिकबाट इश्वरराज सुवेदी परेका छन् । बान्नीगढी–जयगढ, मेल्लेख र रामारोशन गाउँपालिका रहेको प्रदेशमा प्रतक्ष्यतर्फ उदयबहादुर शाह र समानुपातिकमा राधिका शाहलाई छनौट गरिएको छ ।
पञ्चदेवल–विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका र कमलबजार नगरपालिकाका केही वडा समेटिएको प्रदेशमा प्रतक्ष्यबाट पदमबहादुर बुढा र समानुपातिकतर्फ मिना शाहीलाई छनौट गरिएको छ । मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाका केही वडा जोडिएको प्रदेश सभाको प्रतक्ष्यतर्फ भरतकुमार शाही र समानुपातिकतर्फ तेजबहादुर विष्ट, विवेक भण्डारी र केसे ढोली रहेका सदस्य भण्डारीको भनाइ छ ।
नेपाली कांग्रेस अछामले प्रतिनिधि र प्रदेशसभाको प्रतक्ष्य र समानुपातिकतर्फ १ सय २० जना उम्मेद्वारका आकांक्षीको नामावली आफ्नो पार्टीको केन्द्रमा पठाएको छ । नेकपा (एमाले) ले प्रतिनिधि र प्रदेशसभाका केही स्थानमा निर्विरोध सहित ३५ जनाको उक्त पार्टीको सात नं. प्रदेश कमिटीमा पठाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना