लोकतान्त्रिक गठबन्धन: सिट बाँडफाँटमा छलफल

राधा चालिसे

 

काठमाडौंँ, असोज २३ गते । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसको नेतृत्वमा गठन भएको बृहत् लोकतान्त्रिक गठबन्धन कार्यदलले गठबन्धनमा सहभागी हुन तयार भएका अन्य राजनीतिक दलका प्रतिनिधिसँग छुट्टा छुट्टै वार्ता थालेको छ ।
कार्यदलले आइतबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी फोरम (ससफो)का तर्फबाट कार्यदलमा सहभागी प्रतिनिधिसँग निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गरेको छ । यी दुवै राजनीतिक दलले आगामी निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमतिसमेत गरिसकेका छन् ।
आइतबारको बैठकमा बृहत् लोकतान्त्रिक गठबन्धनका लागि तयार गरिएको साझा अवधारणापत्रमाथि छलफल भएको र सिट बाँडफाँट के कसरी र कुन सिद्धान्तका आधारमा गर्ने भन्ने विषयमा छलफल भएको काँग्रेसका तर्फबाट कार्यदलमा सहभागी डा. मीनेन्द्र रिजालले जानकारी दिनुभयो । वार्ता सकारात्मक भएको भन्दै अन्य पार्टीसँग पनि वार्ता गरेपछि मात्र शीर्ष नेता बसेर कुन पार्टीलाई कति सिट भन्ने निक्र्योल गरिने उहाँले बताउनुभयो । loktantrik
राजपा नेपाल र ससफोले कुन प्रदेशको कुन कुन जिल्लामा आफ्नो स्थिति मजबुत छ, कहाँ कहाँ कमजोर स्थिति छ, कहाँ कति मतदाता आफ्नो पक्षमा छन् भन्ने विश्लेषणात्मक तथ्याङ्क आइतबारको बैठकमा प्रस्तुत गरेको राजपा नेपाल तर्फबाट कार्यदलमा सहभागी नेता सर्वेन्द्रनाथ शुक्लाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले अहिले नै यति सिट, उति सिट भनेका छैनौँ, हाम्रो स्थिति कहाँ कहाँ कति बलियो वा कमजोर छ भन्ने प्रारम्भिक तथ्याङ्क प्रस्तुत गरेका छौंँ । ” नेपाली काँग्रेसले पनि आफ्नो तर्फबाट त्यसलाई अध्ययन र विश्लेषण गरेपछि शीर्ष नेताहरूबीच कहाँ कसलाई कति सिट भन्ने निष्कर्षमा पुग्ने उहाँले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना