खुला ठाउँको अतिक्रमण कसरी रोक्ने ?

nuhuchchhe narayanन्हुंछेनारायण श्रेष्ठ

 

विश्वका विभिन्न देशले आपतकालीन (दैवी प्रकोपको लागि) खुला स्थानको व्यवस्था गरिएको हुन्छ । ती स्थानमा कुनै संरचना बनाउन, भवन, फुटपाथ राख्न नपाइने र दैवी प्रकोप परेको खण्डमा ती स्थानको सहजै प्रयोग गर्न सकिने हुन्छन् । ती स्थानको संरक्षण, सम्बद्र्धन गरी भावी पुस्तालाई समेत खुला ठाउँको महŒव, आवश्यकता र औचित्यको बारेमा ज्ञान दिइने गरिएको पाइन्छ । नेपालमा पनि नेपाल सरकारले केही स्थानलाई खुला ठाउँ भनेर घोषणा गरेको छ । मानिसलगायत पशुपक्षी, जलचरलाई समेत खुला स्थान चाहिन्छ । पृथ्वीमा रहेका जीवजन्तु र मनुष्यको आयुमा समेत खुला स्थानले फरक पार्छ । भनिन्छ नि खुला दिमाग भएमा मूर्ख पनि सुध्रन्छ किनभने मनुष्यको दिमाग सानो र सोच्ने प्रवृत्ति सानो भएमा मानिस स्वयंको जीवन स्तरको विकास हुन सक्दैन । राष्ट्र, राष्ट्रियताको समेत विकास हुन सक्दैन ।
परापूर्वकालदेखि नै खुला स्थानको प्रयोग गरिएको हामीले हामीले पाउँछौँ उदाहरणका लागि महाभारत युद्ध लिन सकिन्छ । कुनै पनि पर्व, जात्रा, युद्ध र अन्तरिक्ष अन्वेषण, विभिन्न खाले परीक्षणका लागि, रकेट, क्षेप्यास्त्र लगायतका परीक्षण, युद्धकला सिक्नका लागि पनि खुला स्थानको उपयोग गरेको पाइन्छ । त्यसैगरी, विपतको बेला खुला ठाउंँ अमृत समान नै हुन जान्छ । पछिल्लो समय खुला ठाउंँमा सामुदायिक एकीकृत बस्ती बसाल्ने, बसपार्क, पार्क निर्माण गरिने क्रम तीव्र रूपमा हुँदै गइरहेको छ ।
पृथ्वीनारायण शाहले बाइसी चौबीसे राज्य एकीकरण गरेपश्चात् देशका विभिन्न स्थानमा खुला ठाउँमा सभा, कार्यक्रम गरेको पाउँछौँ । विभिन्न स्थानमा कोट बनाई चारैतिरबाट पर्खालले घेरी सरकारी काम, काज, सभा आदि गर्नुका साथै शत्रुबाट बच्नका लागि सुरक्षित स्थानको व्यवस्था अपनाएको पाइन्छ । त्यसैैगरी मल्लकाल, किरांँतकालमा समेत खुला स्थान राखी सरकारी कार्यक्रम सम्पन्न गर्ने गरिन्थ्यो भने दण्ड, सजाय दिनका लागि समेत सार्वजनिक स्थल प्रयोग गरिएको किंवदन्ती हामीसामु नभएका होइनन् । विभिन्न धर्मग्रन्थमा समेत लडाइँ गर्दा सर्वसाधारण जनताको सुरक्षामा ध्यान राखी खुला स्थानमा गरिनुपर्ने नियम बनाई युद्ध गरेको प्रमाण हामीसामु छन् । जस्तै महाभारत युद्ध, रामायण युद्ध आदि ।
सरकारले सार्वजनिक जग्गा अधिग्रहण गर्न बन्देज लगाएको छ र सार्वजनिक जग्गा मास्न, खान नपाइने तर सार्वजनिक हितका लागि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । परापूर्वकालदेखि नै सार्वजनिक स्थानमा रहेको मठ, मन्दिर, पाटी पौवा, पोखरी र ढुङ्गेधारा, ढोकाको समेत संरक्षण गर्दै हालसम्म रहिआएकै छन्, उदाहरणका लागि खुलामञ्च, काठमाडौँ, भक्तपुर र ललितपुर दरबार स्क्वायरलाई विश्व सम्पदा सूचीमा समेत राखी अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाल र नेपालीको परिचय दिने कार्य भएको छ भने मौलिक सम्पदा जोगाउने कार्यमा सरकारले प्रयत्न गरिरहेको पाइन्छ । परापूर्वकालदेखि चल्दै आएको हाम्रा चाडपर्वसमेत खुला स्थानमा नै गरिने प्रमाण हामीसामु रहेका छन्, जस्तै इन्द्रजात्रा, काक नाँच, फूलपाती बढाईं गर्नका लागि खुलामञ्च आदि ।
देश विकासमा अग्रणी भूमिका खेल्ने अर्को पक्ष भनेको खेल हो । खेल खेल्न र खेलको विकासका लागि पूर्वाभ्यास गराउन समेत खुला स्थानका आवश्यकता पर्छ । विश्वका सबै देशले खेलको लागि रङ्गशालाको व्यवस्था गरेको हुन्छ र राष्ट्रिय, अन्तर्राष्ट्रियलगायत देशभित्र खेलिने खेलका लागि आन्तरिक खेल मैदानको व्यवस्था गरिएको पाइन्छ ।
खुला स्थानको संरक्षण, सम्बद्र्धन, सदुपयोग गर्दै अघि बढ्न सकेको खण्डमा हाम्रा भावी पुस्तालाई समेत इतिहासबारे जानकारी दिलाउन सकिने कुरामा दुईमत हुन सक्दैन । सरकारले मानिसका लागि मात्र नभई जीवजन्तु चोरी निकासी, लोपोन्मुख जातिका चराचुरुङ्गी र जलचर, जीव, वनस्पतिको संरक्षण र सम्बद्र्धन गर्नका लागि समेत विभिन्न क्षेत्रमा निकुञ्ज र संरक्षित क्षेत्र घोषणा गरी राम्रो शुरुवात गरेको छ । चोकी शिकारी रोक्नका लागि सरकारले चालेको यसप्रकारको कदमलाई सकारात्मकै मान्नुपर्छ । सरकारले शुल्क लिई केही आरक्षणमा शिकारी खेल्ने प्रबन्ध मिलाएको छ । विभिन्न समयमा अपर्झट आइपर्ने दैवी प्रकोपबाट बच्न खुला स्थानको आवश्यकता पर्छ । सरकारी ऐन, नियम र नीतिमा कडाइँ हुन नसक्दा हालको समयमा सार्वजनिक जग्गा, खुला स्थान, सार्वजनिक मठ, मन्दिर, पाटी पौवा मासिने क्रम बढ्ढै गइरहेको छ र हाम्रा प्राकृतिक स्रोत साधनको समेत अभाव हुँदै गइरहेको छ । कतिपय स्थानमा सरकार आफैँले सार्वजनिक पोखरी भत्काउने, पुर्ने कार्य गरी नयाँ संरचना बनाउने कार्य भएको छ । उदाहरणका लागि जस्तै ललितपुर महानगरपालिका कार्यालय रहेको हालका स्थानमा पहिले पोखरी पुरिएका थिए, त्यसैगरी हाल दशरथ रङ्गशाला भएको स्थानमा पोखरी रहेको थियो । सरकारी र व्यक्तिगत रूपमा सार्वजनिक जग्गा हडप्ने प्रवृत्तिले गर्दा सरकार आफैँले बनाएको नियमानुसारका खाली जग्गा, सार्वजनिक जग्गा हाल आएर ढड्डामा मात्र सीमित हुन पुगेका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरका धेरै स्थानमा सार्वजनिक जग्गा मिचेर ठुल्ठूला महल ठडिएको भनेर स्थानीयबासीले बेलाबेलामा विरोध गरिरहेकै छन् । देशभित्रका सार्वजनिक मठ मन्दिर, पाटी पौवा जीर्ण हुँदै गइरहेका छन्, तिनको मर्मत सम्भार हुनसकिरहेको छैन भने सार्वजनिक धारामा पानी आउन छोडिसकेको छ । काठमाडौँको सुन्धारा, पाटनको सुन्धारा लगायतका धारा धेरै वर्षअघिदेखि बन्द भएका छन् । सरकारी ठोस नीति कार्यान्वयमा कडाइँ नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । जसका शक्ति उसैको भक्ति भनेझैँ ठूलाबडाले सार्वजनिक जग्गा, मठ, मन्दिरका सार्वजनिक जग्गा मिच्ने क्रम बढ्ेता पनि सरकारले कानुनी कारबाही गर्न नसक्नु विडम्बनाको विषय हो । सरकारले सार्वजनिक स्थलको संरक्षणका साथसाथै सरसफाइ लगायतका कार्यक्रम सञ्चालनमा ल्याएको छ । सार्वजनिक भवन, संरचनाको नियमित मर्मत सम्भार र सरसफाइ हुन नसक्दा २०७२ वैशाख १२ गतेको भूकम्पले हाम्रा धार्मिक तथा सांस्कृतिक सम्पदा भत्किन पुगेको तथ्य हाम्रा अगाडि प्रष्टै छ । उदाहरणका लागि काष्ठमण्डप मन्दिर, धरहरा र नुवाकोटको साततले दरबार । भूकम्पले गर्दा हाम्रा थुप्रै सांस्कृतिक सम्पदा नष्ट भएका छन्, तीनको मर्मत कार्य पुनःनिर्माण हुने क्रम जारी नै छ । सम्पदा संरक्षणका लागि पुरातŒव विभागबाट समेत कार्य शुरु गरिसकेको छ । काठमाडौँ उपत्यकाभित्रका पुराना स्थान जस्तै वसन्तपुर, भक्तपुर, ललितपुर, बौद्ध र साँखु क्षेत्रका पुराना बस्ती पुनःनिर्माण गर्ने कार्यमा सरकारले ढिलाइ गरिनुहुन्न । पुराताŒिवक बौद्धनाथ मन्दिरको हाल जीर्णद्धार भइसकेको छ भने अन्य मन्दिर पुनःनिर्माणको पर्खाइमा छन् । ऐतिहासिक र पुराताŒिवक क्षेत्रमा रहेका बासिन्दा आफ्नो बस्ती र शहरको पुनःनिर्माणको पर्खाइमा रहेका छन् ।
भूकम्प, बाढी पहिरोलगायतका दैवी विपत्तिबाट बच्नका लागि सबैभन्दा उत्तम उपाय भन्नु नै खुला स्थान नै हो, तिनको अलावा खेलकुद, ठुल्ठूला परीक्षण गरी सफलता हात पार्न समेत खुला स्थानको आवश्यकता पर्छ । हामीले अहिलेको स्थान, बाटो, धारा, स्कुलको कुरा होइन, बीस वर्षपछिको भविष्यलाई हेरेर भवन निर्माण गरौँ । आगलागी, बाढीपहिरोलगायत जोखिम न्यूनीकरणका लागि पहल आफैँबाट शुरु गरौँ । त्यसैले खुला ठाउँको सुरक्षा, सरसफाइ, सम्बद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो । सरकारले राजधानीका विभिन्न स्थानलाई खुला स्थान घोषणा गरेको छ तर ती स्थानमा पहुंँचवालाको दादागिरीका कारण विभिन्न पेसा र पार्किङ राखिएका छन् । कुनै पनि बेला दैवी प्रकोप पर्दा शरण लिनुुपर्ने स्थानमा जथाभावी जग्गा हडप्ने प्रवृत्ति र अतिक्रमण हुनु कुनै हालतमा सही मान्न सकिँदैन । जग्गा हडप्नेविरुद्ध सरकारले कडाभन्दा कडा कानुनी कारबाही गर्नुपर्छ । भूकम्पीय दृष्टिकोणले अति संवेदनशील क्षेत्र नेपालमा कुनै पनि बेला भूकम्प आउन सक्ने हुनाले पूर्वतयारी गर्नु अति आवश्यक छ । सरकारले दक्ष प्राविधिकलाई समयसापेक्ष तालिमको व्यवस्था गरी उनीहरुको निर्देशनअनुसार भूकम्प प्रतिरोधी घर बनाउन सकेको खण्डमा सम्भावित दुर्घटना न्यून गर्न सकिन्छ । सरकारले राजधानीलगायतका विभिन्न स्थानमा तोकिएका सार्वजनिक स्थलको संरक्षण, सम्बद्र्धन गर्नुपर्छ । विश्व सम्पदा सूचीमा रहेका हाम्रा सम्पदाको संरक्षण र जर्गेना गरी भावी पुस्तासम्म जीवित राख्नका लागि हामी सबैले पहल गर्नुपर्छ । नेपाल सरकारले बर्सेनि विश्व बसोबास दिवस अक्टोवरको ९ तारिखमा मनाउने गरेको छ । जनसङ्ख्या वृद्धिसँगै उचित बसोबासको प्रारूप सरकारले तयार गरी बढ्ढो शहरीकरणलाई व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता हो ।

 प्रकाशित मिति: २०७४/६/२३

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना