नेपाली राजनीतिमा दुई ध्रुवीय विश्वको प्रभाव

khim lalखिमलाल देवकोटा

 

सोभियत सङ्घको विघटन भए पश्चात् यतिबेला विश्व दुई ध्रुवको औपचारिक विघटन भई बहुध्रुवीय विश्वमा परिणत हुँदै फेरि उही पुरानो चक्र दुई ध्रुवमा फर्कंदै गरेको छ । अहिले नेपाली राजनीतिमा पनि त्यसका केही संकेत देखिन थालेका छन् । नयाँ संविधान जारी भएको तेस्रो वर्ष मनाएसँगै आठ दश दर्जन पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए । ती मध्ये करिब तीन दर्जन जति पार्टी संसद्मै उपस्थित रहे । पछिल्लो राजनीतिक विकास क्रममा एकाएक निर्वाचनअघिको गठबन्धन बनाउन दलहरूले तत्परता देखाएका छन् । एकातिर वाम गठबन्धन र अर्कोतिर लोकतान्त्रिक गठबन्धन बनेका छन् । स्थानीय निर्वाचन सम्पन्न गरी प्रदेश र सङ्घको निर्वाचनको मुखमा दलहरूले प्रदर्शन गरेको गठबन्धन प्रतिस्पर्धा सबैको चासोको विषय बनेको छ । यो कसरी बन्यो र यसका प्रभावहरू के पर्लान् भन्ने बारेमा आँकलन गर्न थालिएको छ ।
कमजोर प्रस्तुति र गठबन्धन
नेपाली राजनीतिको ७० वर्षको अनुभव निकै उतार चढावमा छ । यो अवधिमा नेपाली राजनीतिले व्यवस्था परिवर्तनमा अधिकांश समय खर्चियो । राणाका विरुद्ध पञ्चायतका विरुद्ध हुँदै राजाका विरुद्धसम्मको सङ्घर्षसम्म आइपुग्दा एक चक्र पनि पार ग¥यो । यसले व्यवस्था परिवर्तन गर्ने ‘मिशन’ पनि फत्ते भयो । राजतन्त्रको समाप्तिपछि संसद् तीन दर्जन जति पार्टीको उपस्थितिमा लगभग एक दर्जन सरकार पैदा गर्ने अनौठो कारखाना बन्यो । जनता व्यवस्था बदल्नु के यही अवस्थाका लागि थियो र ? भन्ने प्रश्न गर्न थाले । भ्रष्टाचार, कुशासन, अनियमितता, लूट, खसोटको शासनले सान देखाउन थाल्यो । दलहरू सत्ता प्राप्तिका लागि र प्राप्त भइसकेपछि त्यसलाई टिकाउनका लागि साम, दाम, दण्ड भेद सबथोक अपनाउन थाले । जनताका सपना र आकांक्षा पूरा गर्ने कुरा केवल सपनाकै कुरा मात्रै हुन थाले । दलहरू फुट्दै जाने नफुटेका दलहरू पनि जुट्न नसक्ने, बाहिर एउटै दल देखिए पनि भित्रभित्रै थुप्रै गुट उपगुटहरू हुने । यसो हँुदै गर्दा राजनीतिक दलहरू गिटीको थुप्रो जस्ता देखिन थाले । हेर्दा विशाल तर गति हीनताका पर्याय । यस्तो अवस्थामा सत्तामाथिको हालिमुहाली असम्भव प्राय बन्दै जान थाल्यो, जनताको आस्था हराउँदै जानथाल्यो । आर्थिक सम्मृद्धिको कुरा त कता हो कता । एवं प्रकारले दलहरू आफैँ निराश बन्दै जाँदा जुट्नुको विकल्प छैन भन्ने निष्कर्षमा पुगे । यसकारण यो पृष्ठभूमि बलवान थियो ।
नयाँ गठबन्धनको औचित्य
व्यवस्था बदल्ने अभियानको मैजारो भएको छ, अवस्था बदल्ने अभियानको थालनी भएको छ । व्यवस्था बदल्ने कुरा ध्वंसमा आधारित थियो तर अवस्था बदल्ने सिर्जनामा आधारित हुन्छ । देश र जनताको अवस्था बदल्ने कुरा नै यति बेलाको असली क्रान्ति हुनेवाला छ । विकास र समृद्धि अबको राजनीतिको मूल मुद्दा हो । विकास र समृद्धिका लागि ध्वसंको जरुरत पर्दैन । ध्वंसको सहारा लिन पनि नपाइने भएका कारणले यसका लागि संगठित शक्ति र संख्याकै शक्तिको खाँचो पर्दथ्यो । यसका लागि दलहरूबीचको गठबन्धनबाहेक अर्को विकल्प नै थिएन । अन्तिम विकल्पका रूपमा दलहरूबीचको गठबन्धन भएको छ । यसले सार्थकता पायो भने परिणाम सकारात्मक निस्कने छ । यसका साथसाथै राजनीति बदलियो राजनीतिक एजेण्डा बदलियो । तर दलहरू जस्ताको तस्तै रहे । यो नेपाली राजनीतिको समस्या थियो । यो गठबन्धन संस्कृतिसम्म आइपुग्दा दलहरूले आफूलाई बदलेको आभास एकातिर मिल्छ भने अर्कोतिर दलहरूले बदलिनका लागि पनि उपयुक्त वातावरणको उपयोग गरेका छन् । दलहरू नबदलिई राजनीति हँुदैन भन्ने हेक्का हुनु पनि आफैमा यो परिणामको कारक तìव हो । यसैले बदलिएको राजनीतिले जनताको विकास र समृद्धिको चाहना परिपूर्ति गर्ने गरी काम गरे भने गठबन्धनको औचित्य साबित गर्न सफल भएको ठानिनेछ ।
पुँजीवादी र समाजवादी विश्वराजनीतिको प्रभाव
आजको भूमण्डलिकृत विश्वमा नेपाल छुट्टै बस्न सक्ने कुरा रहेन । दुई ध्रुवीय विश्व बहुध्रुवीय बन्दै फेरि दुई ध्रुवमा परिणत हँुदै गए पछि नेपालको आन्तरिक राजनीतमा पनि त्यसको प्रभाव परिछाड्यो । खास गरी तीनतिरबाट भारतले घेरिएको नेपालमा भारतीय प्रभाव राजनीतिमा बाक्लै प¥यो । भारतले राजनीतिमा मात्रै प्रभाव जमाएन हरेक मामलामा माइक्रो म्यानेजमेण्ट पनि गर्न थाल्यो भन्ने कुरा त बेला बेलामा हुने चर्चाका विषय छँदै थिए । जब व्यवस्था परिवर्तनको कुरा थियो त्यसै मूल्यमा राजनीतिमाथिको माइक्रो म्यानेजमेण्ट पनि करिब स्वीकार्य जस्तै थियो । तर व्यवस्था बदलिई सकेपछि पनि त्यही स्तरको हस्तक्षेप विस्तारै अस्वीकृत बन्दै जान थाल्यो । यही क्रमले गति प्राप्त गर्दै गर्दा बाह्य हस्तक्षेपलाई अस्वीकार गर्ने र आन्तरिक एकता सुदृढ पार्ने आयमको विकास भयो । यही आयामका रूपमा नेपाली राजनीतिमा गठबन्धन बन्न थालेका छन् जसलाई वाम र लोकतान्त्रिक गठबन्धन नाम दिइएका छन् ।
खासगरी भारतको हस्तक्षेपलाई अस्वीकार गर्ने हिसाबले वाम गठबन्धन बन्नु र सोको प्रतिवाद गर्न अर्को लोकतान्त्रिक गठबन्धन बन्नुका पछाडि स्वयं भारतको भूमिका निर्णायक हो भन्न सकिन्छ । यी कारणमध्ये पहिलो कारण भारत आफैले यस अघिको रुसी समाजवादी धुरीलाई परित्याग गर्दै अमेरिकी पुँजीवादी धुरीमा लाग्नुलाई लिन सकिन्छ भने दोश्रो कारणका रूपमा आफूले धुरी परिवर्तन गरे पनि आफ्ना छिमेकीहरू भने उही अवस्थामा रहिरहूँन् भन्ने अर्थात् आफूलाई बाहेक अरुलाई समर्थन नगरुन् भन्ने चाहना राख्नु बन्न पुग्यो, बलात् कोही कसैको समर्थक बन्न सक्दैन । बलात् गरिएको आग्रह स्वीकार गरियोस् भन्ने आग्रह पनि आफैँमा जायज होइन ।
हालै मात्र नयाँ धुरीको नेतृत्व गरेको चिनियाँ पक्षले विश्वभरी नै आफ्नो कूटनीतिक रफ्तार वढाएको छ । यो सँगै आफ्ना चासोहरू आफ्ना छिमेकीहरूमा पनि विस्तार गरेको छ । यो मेसोमा नेपालमाथिको प्रभाव उसको प्राथमिकतामा पर्ने कुरा अनौठो भएन । खासगरी नेपालमाथिको भारतीय माइक्रोमेनेजमेण्ट चीनले कहिल्यै रुचाएको छैन । आफू वास्ता नगर्ने तर भारतले सानातिना कुरामा पनि आफ्नो प्रभाव अस्तित्व र स्वार्थ देखाइछाड्ने गरेको प्रति ऊ कहिल्यै खुशी भएन । शायद भारतीय यही व्यवहारले चिनियाँहरूलाई पनि पाइला चाल्न बाध्य बनायो । जे होस् यतिबेला भारतीय माइक्रोम्यानेजमेण्टको परिणाम वाम गठबन्धन बन्न पुग्ने र आफ्नो अस्तित्व रक्षाका लागि प्रतिक्रिया नै स्वरूप लोकतान्त्रिक गठबन्धन बनाउने काम भएको छ । यी दुई गठबन्धन एक अर्काका प्रतिस्पर्धीसम्म बनूँन् तर वरिपरिका छिमेकीको स्वार्थ सिद्ध गर्ने साधन नबनूँन् भन्ने कुरामा भने सचेत हुनै पर्दछ ।
सत्ता प्राप्ति र पुनःप्राप्तिको रहर
७० वर्षका अघिल्ला अवधि दलहरूले सङ्घर्ष त्याग र बलिदानमा खर्च गरे पनि पछिल्ला दिनहरू भने सत्ताकै वरिपरि नै बिताए । सत्ताको स्वाद दलका नेता कार्यकर्ता र पहुँचवाला समर्थक सम्मैले पनि मज्जैले गरे तर सत्ताको सुखभोग स्थायी बन्न सम्भव थिएन । विस्तारै सत्ता पर भाग्न थाल्यो । जब जनताको आस्था र विश्वासमा धमिरो लाग्न थाल्यो तब सत्ताभोग दुरुह बन्दै गयो । व्यवस्था परिवर्तन गर्न गरिएको त्याग समर्पण र बलिदान आज सम्झिदा पनि कहाली लाग्दो छ । अब त्यसै गर्न सम्भव छैन । गर्ने आँट गरौँ भने पनि सो को आवश्यकता छैन । सत्ताको स्वाद बाहेक अबको राजनीतिको अर्को व्यापार छैन तर त्यही चिज टाढा भाग्दैछ । यस्तो अवस्थामा एउटै उपाय हो गठबन्धनको निर्माण । यसकारण सत्ता गठबन्धन निर्माणको सहयोगी बन्यो ।
दुई ध्रुवमा विभाजन गम्भीर खतरा
विश्व नै दुई ध्रुवमा विभाजन भएका बखत नेपाली राजनीति पनि दुई ध्रुवमा विभाजन हुनु कुनै नौलो कुरा होइन तर खतरा यो हो कि कतै राजनीतिक रूपमा दुई विपरीत ध्रुवमा विभाजन हुँदै गर्दा देश भित्र एकापसमा सद्भाव खल्बलिने अर्कोतिर यो मौकाको फाइदा छिमेकीले लिने र अस्थिरता सिर्जना गर्ने हुन कि भन्ने लागेको छ । यसका अतिरिक्त देशभित्र सद्भाव कायमै भैराखे पनि विभाजित राजनीतिमा छिमेकीले आंला घुसाएर आफ्नो स्वार्थ सिद्ध गर्ने औजार बनाउने पो हुन् कि भन्ने पनि डर छ । संँगसंँगै छिमेकीले एक अर्कालाई जुधाउने घटिया काममा पो लाग्ने हुन् कि भन्ने पनि डर छ । यिनै डर चिन्ता र चासोलाई समाधान गर्न सकियो भने दुई गठबन्धन निर्वाचन अगावै बन्नु सकारात्मक परिघटना हो । यसले साना एक दुई सिटे दलहरूले सरकार बनाउने र भत्काउने घटिया खेलको अन्त हुने अपेक्षा गर्न सकिन्छ । साथसाथै व्यवस्था परिवर्तनसँगै लडेकै दलहरूको बाहुल्य भएको नेपाली राजनीति देश र जनताको अवस्था परिवर्तनमा दुवै गठबन्धन लागि परिदिने हो भने नेपाली जनताको शान्ति र समृद्धिको चाहना पनि पूरा हुने थियो ।
यो परिघटनाले अस्थिर राजनीति अस्थिर सरकार र अस्थिरतामा बेथिति सञ्चालन गर्ने धन्दावालहरूको राज हुने संस्कारको अन्त गर्दै स्थायित्वतर्फ डो¥याउने छ । जसरी पनि बहुमत पु¥याउने र बहुमत पु¥याएपछि जे पनि गर्ने राजनीतिक संस्कारमा फेरबदल आउनेछ । निर्वाचन अघि बन्ने गठबन्धन मुद्दामा आधारित हुने र निर्वाचन पछिको गठबन्धन सत्तामा केन्द्रित हुने अवस्थालाई पनि ख्याल गर्ने हो भने मुद्दा केन्द्रित राजनीतिको आरम्भ भएकोमा खुशी मान्न पर्दछ । सँगसँगै आपसी मान्यताका आधारमा गठबन्धन र आपसी लोकतान्त्रिक र रचनात्मक प्रतिस्पर्धाको राजनीतिले राजनीतिमा हुर्किंदै गएको विकृतिको पनि अन्त गर्नेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र विकासका मामलामा साझा धारणा बनाउन सके आफनो बार्गेनिड पावर पनि आर्जन हुनेछ । विश्वका सामु नेपाली सानको पुनरोदय हुनेछ । विकसित परिघटनालाई सकारात्मक ढङ्गले हेरौँ र वाम र लोकतान्त्रिक गठबन्धन दुवैको सफलताको कामना गराँै ।

 प्रकाशित मिति: २०७४/६/२४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना