तिहारअघि नै बजारमा किबी

राममणि दाहाल

 

हेटौँडा, असोज २५ गते । उत्तरी मकवानपुरमा राम्रो उत्पादन हुने किबी फल तिहार अगावै बजारमा लैजाने तयारीमा स्थानीय कृषक जुटेका छन् । किबी फलको व्यावसायिक खेती सुरु गरेका मकवानपुरको थाहा नगरपालिकाको बज्रबाराहीका कृषकहरू पहिलो खेपमा किबी फल काठमाडौँको बजारमा आपूर्ति गर्ने तयारीमा जुटेका हुन् ।
किबी फलको बढ्दो मागसँगै खेती फस्टाउँदै गएपछि स्थानीय कृषक केही वर्षयता किबी फल खेतीतर्फ आकर्षित भएका छन् । किबी फलको व्यावसायिक खेती गर्दै आउनुभएका बज्रबाराहीका कृषक फणिन्द्र सुवेदी चाडपर्वको समयमा किबी फलको स्वाद काठमाडौँका उपभोक्तालाई चखाउनका लागि तिहारअघि नै लैजाने तयारी गरिरहेको बताउनुहुन्छ । काठमाडौँका किबी फलका पारखीहरूका लागि तीन हजार केजीसम्म लैजाने तयारीमा छाँै, किबी फ्रुट एसोसिएसन नेपालका सचिवसमेत रहनुभएका सुवेदीले भन्नुभयो, प्याकिङको काम भइरहेको छ । kibi
स्थानीय केही कृषकले रेड किबी यसअघि बजारमा पु¥याइसकेका छन् । नेपालमा आधा दर्जनभन्दा बढी जातको किबी फल लगाइँदै आएकोमा रेड किबी फल काट्दा रातो हुने र अन्य किबी फल हरियो हुने गर्दछ ।
रेड किबी फल यस वर्ष एक सय ५० केजी उत्पादन भएको कृषक सुवेदीले जानकारी दिनुभयो । रेड किबी फल स्थानीय बजारमा आठ सय ग्रामको प्याकेटको खुद्रा मूल्य ३५० रुपियाँमा बिक्री गरिएको थियो । उहाँका अनुसार किबी फल अझै परिपक्व नभई सकेकोले तिहारअघि केही बिक्री गरी बाँकी फल कात्तिकको अन्तिम साताबाट मङ्सिर महिनाभर बजारमा आपूर्ति गरिने भएको छ । मकवानपुरमा यस वर्ष लागू भएको ‘एक गाउ“, एक उत्पादन’ कार्यक्रमअन्तर्गत ‘एक गाउ“, एक उत्पादन’ कार्यक्रम कार्यान्वयन समिति मकवानपुरले उपलब्ध गराएको प्लास्टिकको पारदर्शी बट्टामा किबी फलको प्याकिङ गरिएको छ । समितिले किबी फलको बजारीकरणमा सहयोग गर्दै आएको छ । कार्यक्रमअन्तर्गत मकवानपुरको नामटार र थाहा नगरपालिकामा किबी फल खेतीमा संलग्न कृषकहरूको पाँचवटा समूह गठन भएका छन् ।
बहुगुणी किबी फलको विभिन्न जात हुने भए पनि हेवार्ड जातको उपयुक्त हुने बताउँदै कृषक सुवेदीले मकवानपुरमा मिश्रित जातिको किबी फलको खेती भइरहेको बताउनुभयो । उहाँका अनुसार हेवार्ड जातको किबी फल सबैभन्दा उत्कृष्ट मानिन्छ ।
मकवानपुरमा हेवार्ड, एलिसान, ब्रोनोलगायतका जातका खेती भई रहे पनि सबैभन्दा बढी ब्रोनो जातको किबी फलको खेती भइरहेको छ । बज्रबाराही क्षेत्रका एक सय कृषकले व्यावसायिक खेती सुरु गरेको यो फलको एक बोटले दुई सय केजीसम्म उत्पादन दिने भए पनि सरदर ५० केजीसम्म उत्पादन हुने गरेको छ । एक पटक लगाएपछि वर्षौंसम्म फल दिने किवीफल तीनचार वर्षपछि थाहा नगरपालिका क्षेत्रमा मात्र ५० टनभन्दा बढी परिणम वार्षिक उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष दसभन्दा बढी किबी फल यस जिल्लामा उत्पादन हुने कृषकहरूको अनुमान छ । किबी फलको बजारको समस्या नभएको बताउँदै एसोसिएसनका सचिव सुवेदीले बेर्ना र कोल्डस्टोरको समस्या रहेको जानकारी दिनुभयो । किबीका लागि फरक तापक्रम भएको कोल्डस्टोर आवश्यक पर्नेमा हेटौँडामा रहेको कोल्ड स्टोरमा राख्दा ठूलो लगानी र परिश्रमबाट उत्पादित किबी फल खान अयोग्य भएपछि फालेर हिँड्नु परेको थियो ।
आठ सय ग्राम तौल क्षमताको प्लास्टिक बट्टामा प्याकिङ गरिएको किबी फल ३५० रुपियाँसम्ममा उपभोक्ताले पाउने गरी बजारमा आपूर्ति गरिने भएको छ । मकवानपुरमा यस वर्ष असिनाका कारण उत्पादनमा कमी आए पनि तौलसँगै गुणस्तर राम्रो भएको कृषक सुवेदीले बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना