अपार सम्भावनाको क्षेत्र कर्णाली (सम्पादकीय)

कर्णाली भन्नेबित्तिकै सबैका मानसपटलमा आउने दृश्य भनेको अशिक्षा, भोक, रोग र अभाव हो ।  यातायातको असुविधा, विद्यालय–अस्पतालको कमी, उद्योगधन्दा व्यापारको कमी, रोजगारी र आयआर्जनका अवसरको अभाव र समग्र जीवनयापन कष्टकर रहने बुुझाइ सबैजसोको हुने गरेको छ ।  अति विकट र विकासमा पछाडि परेको भनिएको कर्णाली अञ्चलका पाँच जिल्ला हुम्ला, कालीकोट, डोल्पा, मुुगु र जुम्लाको तथ्याङ्कले पनि यही कुरालाई पुष्टि गर्छ ।  हालसम्म सडक यातायातले नजोडिएका दुुई जिल्ला हुम्ला र डोल्पा यहीँ पर्छन् ।  मुलुकको औसत प्रतिव्यक्ति आय ५२ हजार रुपियाँ हुँदा यी पाँच जिल्लाको औसत प्रतिव्यक्ति आय ३८ हजार रुपियाँ मात्रै हुनु, मुलुकको साक्षरता प्रतिशत करिब ६६ प्रतिशत रहँदा कर्णालीको ५३ प्रतिशत मात्रै हुनु, औसत आयु ६९ वर्ष रहँदा ६४ वर्ष रहनुले पनि यही कुरालाई पुष्टि गर्छ ।  मुलुकको कुल क्षेत्रफलमध्ये करिब १५ प्रतिशत क्षेत्रफल ओगट्ने कर्णालीको कुल गार्हस्थ उत्पादनमा एक प्रतिशत योगदान छ र मुलुकको मानव विकास सूचकाङ्क ०.५४१ रहँदा कर्णालीका पाँच जिल्ला सबभन्दा कम १० जिल्लाकै सूचीमा पर्नुले कर्णाली अञ्चलको अविकासको स्थितिलाई इङ्गित गर्छ ।
कर्णाली क्षेत्र वास्तवमै विकासमा पछाडि पर्नुपर्ने क्षेत्र भने होइन ।  यसको विगत र अहिलेको प्राकृतिक स्रोत, हावापानी र अवस्थितिले यो क्षेत्र अविकासको अवस्थामा रहनुपर्ने बाध्यता देखाउँदैन ।  करिब दुुई सय वर्ष अघिसम्म कर्णाली क्षेत्रको विकास र वैभव बेग्लै थियो ।  वि.सं. १४५५ मा सिँजा राज्यको स्थापनापछिको करिब चार सय वर्षको अवधिमा कर्णाली क्षेत्र (सिँजा राज्य)मा सिँजा सभ्यताको विकास भएको थियो ।  यो खस भाषा र खस सभ्यताको उद्गम थलो हो ।  मध्यकालमा निर्माण भएका ढुङ्गे देवल, मुुग्राहा, वीरखम्बा, कीर्तिखम्बाले सिँजा सभ्यताको झलक दिन्छन् ।  यी ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुराताŒिवक महŒवका सम्पदा र प्राकृतिक सौन्दर्यका आधारमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नसक्ने सम्भावना धेरै छ ।  पाण्डवगुफा, विराटदरबार, कनकासुन्दरी, बडीमालिका जस्ता धार्मिक स्थल, भाषाको उद्गम स्थल, प्राकृतिक, भाषिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यो क्षेत्रले पर्यटन क्षेत्रबाट निकै लाभ लिनसक्छ ।  यहाँको प्राकृतिक स्रोतको महŒव नबुुझ्दा र कुशासनले गर्दा कर्णाली क्षेत्र अहिले अनुुदानमा निर्भर रहनुपर्ने अवस्था आएको हो ।  कर्णालीमा मात्रै एक हजार चार सय प्रजातिका जडीबुटी पाइने अनुमान छ ।  अहिले पनि आम्दानीको एउटा मुख्य स्रोत बनेको जडीबुटीलाई व्यावसायिक खेती गरेर आयआर्जन बढाउन सकिन्छ ।  दक्षिण एसियाकै स्वादिष्ट स्याउ कर्णालीमै उत्पादन हुन्छ ।  कर्णाली नदी र यसका सहायक नदीको उपयोगबाट हजरौँ मेगावाट जलविद्युत् उत्पादन गर्नसकिन्छ ।  
नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले यस क्षेत्रको विकासमा ठूलो सहयोग पु¥याउन सक्छ ।  अरु पाँच जिल्ला समेटिएको प्रदेश नंं. ६ मा चार हजार ३४० मेगावाट जलविद्युत् उत्पादन हुनसक्ने अनुमान छ ।  यहाँको प्राकृतिक स्रोतको भण्डारले कर्णाली क्षेत्र मात्रै होइन, पूरै मुलुकको आर्थिक विकासमा टेवा दिनसक्ने क्षमता राख्छ ।  प्राकृतिक स्रोत, साधनको उपलब्धता, ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदामा धनी हुँदाहुँदै पनि कर्णाली क्षेत्रको विकासले गति लिन नसक्नु विडम्बना हो ।  मुलुक लामो राजनीतिक सङ्क्रमणबाट स्थिरताको दिशातिर उन्मुख रहेकाले अब कर्णाली क्षेत्रले पनि आर्थिक समृद्धिको बाटो लिने आशा गर्न सकिन्छ ।  लामो समयदेखि विभेदको सिकार र नीति निर्माताको ध्यान खिच्न नसकेको यो क्षेत्रले अब विकासको बाटो लिन सक्छ ।  मुलुकले अवलम्बन गरेको सङ्घीय शासन प्रणालीले निर्णय प्रक्रिया निक्षेपण मात्रै गरेको छैन, स्रोत र साधन पनि विकेन्द्रीकरण गरेकाले अब कर्णालीको आवश्यकता र क्षमताका आधारमा प्रादेशिक र स्थानीय स्तरबाटै योजना निर्माण गर्न सजिलो भएको छ ।  कर्णालीको विकासका लागि पर्यटन, जडीबुटी, खनिज र जलस्रोतको उपयोग गरेर विकासको बाटामा अगाडि बढाउन सकिन्छ ।  यस क्षेत्रको समग्र विकासका लागि यातायात महŒवपूर्ण छ ।  कर्णाली लोकमार्ग यस क्षेत्रको जीवन रेखा हो ।  यसको स्तर उन्नति भएमा विकास सहज हुनेछ ।  

प्रकाशित मिति: २०७४/६/२७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना