कम्युनिष्ट नेता स्व गुरुङको स्मृतिमा कार्यक्रम

पोखरा, असोज २७ गते । नेपाल कम्युनिष्ट आन्दोलनका योद्धा स्व चित्रबहादुर गुरुङको २७ औँ स्मृति दिवसको अवसरमा पोखरा १७ मुस्ताङचोकस्थित उहाँको अर्धकदको शालिकमा एक कार्यक्रमका बीच बिहीबार माल्यार्पण गरियो ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले स्व गुरुङको शालिकमा माल्यार्पण गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदान चिरकाल पर्यन्त बाँचीरहने बताउनुभयो ।

नेकपा ९एमाले० पोखरा लेखनाथ महानगरपालिका–१७ का अध्यक्ष सुभाष ढुंगानाको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, अभिवक्ता तिलक पराजुलीलगायतले स्व गुरुङले नेपाली कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानबारे चर्चा गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना