एनआरएनएको आठौँ महाधिवेशन आजदेखि

NRNA-LOGOकाठमाडौँ, असोज २८ गते ।  गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)को आठौँ महाधिवेशन शनिबार राजधानीमा सुरु हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने महाधिवेशनमा एनआरएनको सदस्य राष्ट्रबाट सयौँ प्रतिनिधिको सहभागिता रहनेछ ।  ‘एनआरएनएको रुपान्तरण ः हाम्रा महिला, हाम्रा युवा र दोस्रो पुस्ता’ भन्ने नाराका साथ आयोजना हुने महाधिवेशनले आगामी नेतृत्वसमेत चयन गर्नेछ ।  एनआरएनएको अध्यक्षका लागि भवन भट्ट, जमुना गुरुङ र टीबी कार्कीले उम्मेदवारी दिनुभएको छ ।  
चार दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटनका दिन शनिबार नेपालका विभिन्न विकासमा एनआरएनको सहभागिता, वैदेशिक लगानीको आवश्यकता, एनआरएनएको भिजन २०२० लगायत विषय वस्तुमा प्रस्तुति रहनेछ ।  त्यस्तै भूकम्प पछिको पुनर्निर्माणका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ ।  महाधिवेशनको तेस्रो दिन अर्थात् सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।  चौथो दिन नयाँ नेतृत्वको शपथग्रहणपछि महाधिवेशन सम्पन्न हुने कार्यक्रम रहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना