रमाएर खाऔँ तर सावधानीपूर्वक

ramchandra adhikari_1रामचन्द्र अधिकारी

 

हिन्दु धर्मावलम्बीका घरदैलोमा एउटा ठूलो पर्व तिहार नजिकै आइपुगेको छ ।  तिहार नेपाल, भारतलगायत धेरै मुलुकमा मनाइन्छ ।  दशँै होस् वा तिहार अथवा अन्य कुनै सांस्कृतिक पर्व, यिनीहरूको महŒवलाई बढाउन खानेकुराका विविध परिकारले महŒवपूर्ण स्थान राख्छन् ।  पर्वअनुसारका विशेषता बोकेका खानेकुरा खाएर चाडपर्वलाई झन् रमाइलो पार्ने गरिन्छ तर खानपानका सन्दर्भमा विद्यमान हाम्रो आनीबानीमा आफ्नो स्वास्थ्यलाई दृष्टिगत गर्दै व्यापक सुधार गर्नुपर्ने आवश्यकता निकै टड्कारो भइसकेको छ ।  हाम्रो अज्ञानता वा ज्ञान भए पनि हेलचेक्र्याइँले गर्दा चाडपर्वको खानेकुराले स्वास्थ्यलाई हानि गरिदिन्छ ।  कहिलेकाहीँ खानेकुराको रसायनिक तŒव मिलेन भने त ज्यानै जान सक्छ ।  
तिहारमा प्रयोग हुने सेलरोटी, मिठाइलगायतका परिकार बनाउँदा तेलको गुणस्तरमा विशेष ध्यान पु¥याउनुपर्छ ।  सबैभन्दा सुलभ तथा स्वास्थ्यमैत्री तेल भनेको पूर्णतया ः शुद्ध तोरीको तेल नै हो ।  पिरो सुगन्ध हुने तोरीको तेलमा पकाएको खानेकुरा स्वादिला हुनुका साथै स्वास्थ्यका लागि लाभदायक पनि हुन्छन् ।  तोरीको तेलले पाचन प्रणालीमा रहेका विभिन्न किसिमका किटाणुलाई मार्न सहयोग गर्छन् र सर्दी लागेको भए फाइदा पु¥याउने विश्वास आयुर्वेद विज्ञानले समेत गरेको छ ।   सम्भव हुन्छ भने पिठो मुछ्दा थोरै मात्रामा क्याष्टर तेल मिसाउँदा पाचन प्रणालीका साथै बाथ र दमका बिरामीलाई फाइदा पुग्छ ।  
बजारमा पाइने मिठाइलगायतका खानेकुरा पकाउँदा तेलको गुणस्तरमा पटक्कै ध्यान पु¥याइँदैन ।  एकपटक प्रयोग गरिएको तेललाई कैयौँ दिनसम्म नफ्याँकिकनै पुनः प्रयोग गरिन्छ ।  यस्तो तेलमा बनेका खाद्यपदार्थको लामो प्रयोगले क्यान्सरजस्तो रोग निम्तिन सक्छ ।  एकपटक प्रयोग भइसकेको तेललाई फ्याँकेर नयाँ तेलको मात्र प्रयोग गर्नुपर्ने हुन्छ किनभने एकपटक उम्लेर सेलाएको तेल हानिकारक भइसकेको हुन्छ ।  
तेल पछिको अर्काे महŒवपूर्ण कुरा खानेकुरामा प्रयोग हुने रङ हो ।  खाद्य पर्दालाई आकर्षक बनाउने रङको प्रयोग गर्दा धेरै कुरामा ध्यान पु¥याउनुपर्छ ।  यसमा रङको किसिम र मात्रा सबैभन्दा महŒवपूर्ण हुन आउँछ तर प्याकेटबन्दी औद्योगिक खाद्यपदार्थबाहेकका पकाएर खाइने खाद्यान्नमा रङको प्रयोग हानिकारक हुन्छ ।  यसलाई नेपालको खाद्य नियमावली, २०२७ ले पनि बर्जित गरेको छ ।  अझ गम्भीर कुरा के छ भने हाम्रा बजारमा उपलब्ध हुने मिष्ठान्नमा खाद्यभन्दा अखाद्य रङको अत्यधिक मात्रामा प्रयोग हुन्छ ।  जस्तै– अबिर, केशरी, स–साना प्याकेटमा पाइने हरिया, राता रङ इत्यादि ।  यस्ता रङमा सीसा, तामा, पारो, जस्ता तŒव पाइन्छन् ।  तामाको आयोनले श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर पु¥याउनुका साथै मांसपेशीलाई क्षतविक्षत पार्न सक्छ ।  अझ त्यसमा पारोको पनि मात्रा भएमा त विषाक्तता दुई गुणा बढ्छ  ।  पारोयुक्त लवणले हाम्रो शरीरमा पाइने म्युकसलाई जमाउने भूमिका खेल्छन्, जसका कारण घाँटी खसखसाउने, श्वासप्रश्वासमा समस्या आउने र शरीरका आन्तरिक अङ्ग सुन्निने जस्ता समस्या उत्पन्न हुन्छन् ।  पारोले प्रमुखतः निष्कासन प्रणाली तथा मिर्गौलामा असर गर्नुका साथै तामाजन्य विषादीको सङ्ग्रहमा मद्दत गर्छ ।  सीसाले हाम्रो शरीरको कोषमा हुने वंशाणुजन्य पदार्थ (डीएनए, आरएनए) सँग अन्तरक्रिया गरी यसलाई विगारिदिन्छ ।  खाद्य नियमावलीले बन्देज लगाएका माथि उल्लेखित तथा अन्य पदार्थलाई कुनै पनि दृष्टिकोणबाट खाद्यान्नमा प्रयोग गर्नुहुँदैन ।  यिनीहरू शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने हुनाले लामो समयसम्म शरीरमा रही मन्दविषको काम गर्छन् ।
यसका अतिरिक्त कृत्रिम वास्नाको मिश्रणले मानव शरीरमा मुख्यतः एलर्जिक प्रभाव पार्छन् ।  तेलजन्य पदार्थमा प्रयोग गरिने परिरक्षी (प्रेजर्भेटिभ) ले क्यान्सरलाई बढावा दिन्छन् ।  यस्ता पदार्थ यदि नाइट्राइट तथा नाइट्रेटजन्य छन् भने हाम्रो पाचन प्रणालीमा पाइने एमाइन वर्गका रसायनसँग प्रतिक्रिया गरी नाइट्रोसामिन यौगिक तयार गर्छन्, जुन अत्यन्त क्यान्सरजस्ता असाध्य रोगका प्रमुख कारक तŒवमा पर्छ ।  
अत्यधिक चिनी तथा चिनीयुक्त घोलको ज्यादा प्रयोगले रगमा चिनी तथा बोसोको मात्रा बढ्न जाने, पेट बढ्ने, मधुमेह, दाँतका समस्याजस्ता रोगलाई बढाउने काम गर्छ ।  हिजोआज व्यापारीले महँगो चिनीको सट्टामा चिनीभन्दा २०० गुणा गुलियो र उति नै सस्तो पनि स्याक्रिन प्रयाग गर्ने पाइएको छ ।  स्याक्रिनजस्ता कृत्रिम रसायनको बढी प्रयोगले क्यान्सर तथा ब्रेन ट्युमरजस्ता रोगलाई सजिलै निम्ता दिन्छन् ।  यसैले पनि गर्भवती महिला तथा केटाकेटीले यस्ता पदार्थको प्रयोगबाट टाढै रहनुपर्छ ।
रोटी पकाउन प्रयोग हुने सोडा (खाने सोडा) को थोरै मात्रा त्यति हानिकारक नभए पनि त्यसको अत्यधिक प्रयोगले पाचन प्रणालीमा नकारात्मक असर पुग्छ ।  पिठोको अमिलोपन कम गर्न प्रयोग गरिने एमोनियम कार्बाेनेटयुक्त रसायनको प्रयोगलाई पनि रोक्न आवश्यक छ ।
आमनेपालीले तिहारमा मिष्ठान्न परिकार, माछामासु, मिठाइ, फलफूल, मरमसलालगायतका खाद्यवस्तु उपभोग गर्ने गर्छन् ।  जिब्रोलाई मात्र प्राथमिकता दिएर सबै कुरा एकैचोटी खानुभन्दा पनि समग्र रूपमा स्वास्थ्यतर्फ ध्यान दिएर खानु राम्रो हो ।  साथै, सकिन्छ भने बजारीयाभन्दा आफ्नै घरमा बनेका परिकारलाई भान्सामा बढी प्राथमिकता दिऔँ ।  एकैपटकमा धेरै गुलिया, अमिला, चिल्ला वस्तु नखानु नै बेस हुन्छ ।  

प्रकाशित मिति: २०७४/६/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना