अल्जाइमर (बिर्सने) रोग र चुनौती

manohar upretiमनोहर उप्रेती

अल्जाइमर रोग एक प्रकारको दिमागमा विभिन्न कारणले क्षति पुगेर क्रमश दिमागको  कोष (न्यूरोन) मर्दै गई स्मृति ह्रास हुुने गर्दछ र यो रोगले जहाँ जहाँ असर गर्दछ र त्यस त्यस  दिमागको भागले  क्रमशः काम गर्दैन जसको पणिाम बिरामीको व्यवहारबाट थाहा हुँदै जान्छ ।  उदाहरणका लागि बिरामीको दिमागको भाषा बारेमा काम गर्ने भागमा अल्जाइमर भएमा सही शब्द भन्न सक्दैन, दिसा पिसाब नियन्त्रण गर्ने भागमा असर गरेमा दिसा पिसाब फुिस्कन्छ तथा योजना बनाउने भागमा रोग लागेमा दिसा  पिसाब जहाँ पायो त्यही गर्दछन् यसरी नै रोगको आक्रमण बढ्दै गएपछि बिरामीमा त्यहीअनुसारको लक्षण देखिन्छ ।  
यो रोग परापूर्वकालदेखि नै हुने गरेको उदाहरण  “गोरु बूढो भए भीर खोज्छ, मान्छे बूढो भए निहुँ खोज्छ” भन्ने उखानबाट पनि के अनुमान गर्न सकिन्छ भने उमेर ६० बाट ढल्किदै गएपछि दिमागको क्रोध नियन्त्रण अथवा योजना बनाउने दिमागको भाग बिग्रिनाले शान्त मानिस पनि रिसाउने झर्किने, विर्षने तथा ससाना कुरामा पनि निहूँ खाज्ने गरेकोले यो उखान बनेको होला भन्न सकिन्छ ।
ई.सं १९०१  मा ५१ वर्षिया जर्मनीका फ्रयाङ्कफर्ट निवासी श्रीमती फ्राऊ अगस्टी डी. लाई स्मरणसम्बन्धी समस्या भयो जसको उपचार जर्मनीकै स्नायु तथा मनोचिकित्सक सम्बन्धी डा. एलोइस अल्जाइमरले गरेका थिए ।  पांँच वर्षपछि उनको निधन भयो र  टाउकोको आटोेस्पि (टाउको खोलेर हेर्ने कार्य) गरेपछि दिमागका तन्तुहरू मरेका र सुकेका पाइयो ।  त्यसपछि यो नौलो रोगको नाम तिनै जर्मनी डा. एलोइस अल्जार्ईमरले पहिलो पटक ई.सं १९०६ मा पत्ता लगाएकाले  यो  रोगको नाम उहाँकै नाममा राखियो ।  वास्तवमा यो रोगको बारेमा र यसले दिमागमा पार्ने असर बारेमा हामीलाई थाहा नभए पनि यस रोगको  बिर्सिने लक्षणबाट भने हामीहरू वर्षांै वर्षदेखि जानकार  थियौं भन्दा अत्युक्ति नहोला ।
साधारणतया घर समाजमा अझै पनि वृद्धावस्थामा बिर्सिने प्रक्रियालाई साधारण रूपमा लिने गरेको  पाइन्छ जुन विलकुलै साधारण नहुन पनि सक्छ यदि यो बिर्सिने   दिनदिनै बढ्दै छ भने यसमा परिवारजन चनाखो हुन पर्दछ ।  यस रोगको निदान  गर्ने स्वास्थकर्मी र  मनोचिकित्सक नै हुन् तर विडम्बना  नेपालमा करिब १५० जनाका हाराहारीमा यिनीहरूको सङ्ख्या छ, यसमध्ये झण्डै ३०, ४० जना डाक्टर त या नेपाल बाहिर वा निष्क्रिय रहेको अनुमान छ ।  
विश्व स्वस्थ सङ्गठनको तथ्याकअनुसार हाल विश्वमा  अल्जाइमर रोगीको सङ्ख्या झण्डै तीन करोडको हाराहारीमा र नेपालमा ७८ हजार जनामा यो रोग भएको अनुमान गरिएको छ ।  यस रोगीको सङ्ख्या विकसित मुलुका धेरै  भएको पाइएको छ ।
यो रोग मस्तिष्कमा हुने क्षतिबाट हुने भएकोले यो रोग साध।रणतया औषधि प्रयोगबाट पूणर््ारूपमा  ठीक गर्न सकिँदैन तर पनि यस रोगको विकास क्रमलाई न्यूनीरण गर्ने औषधि भने केही वर्ष यता नेपालमै बन्न थालेकोले यसको रोगीहरू र विशेष गरी स्याहारकर्तालाई तिनको स्याहार गर्न भने अलि सरल पक्कै हुने गरेको पाइएको छ ।
यो रोग हुने कारणमध्ये प्रमुख कारण  भनेको दिमागको कोशिकाको (न्यूरोन) कुनै न कुनै कारणले मर्नु या सुक्नु नै हो भन्ने ठम्याइ चिकित्सा विज्ञानको छ ।  यस बिरामीका लक्षण यसरी देखिन्छ ।  
यो रोगको सुरुवाती चरणको लक्षण नै
स्मरणसम्बन्धी समस्या हो ।  यो अवस्था विस्तारै विस्तारै भरखरै भए गरेका कुरा पनि सम्झन दिमागलाई अतिरिक्त बल लगाउनपर्ने देखिन्छ ।  यसैगरी बिरामीमा उदासिनता, अरुचि आदि बढ्दै जान्छ र दिमागको विभिन्न ठाउँमा क्रमशः क्षति भएको कारणले अन्य नयाँ नयाँ लक्षण देखापर्दै जान्छ ।  जस्तो  आफूले दैनिक रूपमा गर्दै आएको  काम गर्न कठिनाइ तथा सो काम गर्न बढी समय लाग्नु, नौला खाले कुरा सिक्न धेरै नै गाह्रै अथवा सिक्नै नसक्ने हुनु, कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्नु ।  एउटै कुरा बारम्बार दोह¥याइरहने  क्रमश ः रोगले चाप्दै गएपछि बिरामीलाई अरूले भनेको पनि बुझ्न गाह्रो पर्दै जान्छ, दिमागको शब्दसम्बन्धी भागमा रोग लागेपछि सही शब्द भन्न नसक्ने एउटा कुरा भन्न खोजेको अर्को कुरा भन्दछन्, हिसाब किताब गर्न सक्दैनन् अर्थात् सही गन्ती नै गर्न सक्दैनन्, च्याँठिलो स्वभावको हुने, झर्कने वा झर्काे मान्ने, भ्रम हुने अर्थात् नभएको कुरा छ वा हो भन्ने, लेखन तथा पढाइ गर्न सक्दैनन् ।  रोग छिपिँदै गएपछि क्रमश ः ऐनामा पनि  आफैँलाई चिन्दैनन्, आफन्त तथा परिवारजन प्नि  चिन्दैननन, सामान चिन्दैनन्, समस्या सुल्झाउन पनि सक्दैनन् ।  खाना चपाउन तथा निल्नै बिर्सछन् जसले गर्दा खाना पानी सर्किने गर्दछ ।  
हेर्दा सामान्य बिर्सिने क्रियाबाट सुरुभएको यो रोग यो दिनप्रतिदिन बढ्दै जाने र समयको साथसाथै यसले दिमागमा गर्ने क्षतिको क्रम पनि बढ्दै जान्छ तर यो क्रम व्यक्तिपिच्छे ढिलो चाँडो फरक पर्न सक्छ ।  सामान्यतया  ८–१५ वर्षमा रोगीको जीवन लिला समाप्त हुन्छ ।  यो रोगको सुरुवातको अवस्थादेखि अन्तसम्मको स्वास्थ्य अवस्था  व्यक्तिपिच्छे फरकफरक हुने गरेको
पाइन्छ  ।  यो रोग लागेकाको मानिसको शारीरिक अवस्था  हेर्दा मानिस हट्टाकट्टा अर्थात्  पूर्णरूपमा स्वस्थ देखिन्छ, जसले गर्दा  तिनको अस्वाभाविक क्रियाकलापले गर्दा सो कार्य जाने बुझेर नै गरेजस्तो अथवा अपत्यरिलो लाग्ने हुनाले परिवार र समाजमा बिरामीलाई हेर्ने दृष्टिकोण फरक हुने गरेको पाइन्छ ।   कहिलेकाँही यस्ता बिरामीलाई पागलपनकोे संज्ञा पनि दिइएको पाइन्छ र तिनलाई कोठामा थुनेर राख्ने तथा बाँधेर राखेको यदा कदा पाइएको छ ।  यस  रोगबारे थाहा नहुनेलाई यस रोगका बिरामीप्रतिको अवधारण नै फरक हुने  गर्छ ।  यस कारणले गर्दा यो रोग बारेमा सबै सङ्घसंस्था तथा नेपाल सरकारले प्रचार–प्रसार तथा सचेतना जगाउने कार्यतर्फ अग्रसर हुनपर्ने  आवश्यकता छ ।  
यो रोग लाग्नाको कारण अहिलेसम्म यो नै हो भनेर किटान गर्न भने सकिएको छैन ।  यसको कारण सरल भाषामा भन्नु पर्दा उमेर वृद्ध हुँदै जानु नै हो  ।  यो रोग साधारणतया ६० देखि ६५ वर्ष माथिको उमेरका मानिसलाई हुने  सम्भावना भएको अनुसन्धानबाट खुले तापनि यो यो रोग ३५ देखि ४० वर्षका लाई पनि भएको भेटिएको छ यसबाट यो सिद्ध हुन्छ कि यो जोसुकैलाई पनि हुन सक्छ ।  यो रोगबाट बच्ने उपाय हालसम्म पत्ता लागेको छैन तर यसबारे अनुसन्धानमा धेरै देश लागिपरेको छन् ।  मानिसले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याएर,  उचित व्यायाम, शुद्ध प्राकृतिक तथा पौष्टिक खाना, मादक पदार्थ तथा धूमपान सेवन नगर्ने, उच्च रक्तचाप नियन्त्रण, मुटुको राम्रो स्याहार तथा मधुमेहजस्तो रोगलाई नियन्त्रणमा राख्ने, सङ्गीत सुन्ने, तनावमा नरहने अर्थात् सदा प्रसन्न रहने गर्नुपर्छ  ।    दिमागलाई सधँै क्रियाशील राख्ने खालका काम अर्थात् सक्रिय जीवन निर्वाह, सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउने, समयसमयमा मनोरञ्जन गर्ने, मन मिलेका साथीभाइसँग मनका तथा पुराना सम्झनाका कुरा सम्झिने खालका कुरा गर्ने जस्ता कार्यमा  ध्यान दिएमा यसको सम्भावना भने अवश्य कम गराउन सकिन्छ ।
यस रोगको जतिसक्दो छिटो पत्ता लाग्यो उति नै छिटो औषधि सुरु गर्दा यस रोगको तीव्र विकासलाई कम गर्न सकिन्छ ।  यसको निदान नेपालमै पनि सम्भव भइसकेको छ ।  यो रोगको साधारणतया यसको लक्षण, अन्य कुनै रोग लागेको आधार, रगतको जाँच, मानसिक अवस्थाको परीक्षण, स्मरण शक्तिको परीक्षण तथा सि.टी स्क्यानजस्ता विधिबाट पत्ता लगाउन सकिन्छ ।  नेपाल सरकारले यस रोगको पहचिान भई उपचार खर्चवापत जम्मा चारवटा अस्पताल वीर अस्पताल, त्रि. वि. वि. शिक्षण अस्पताल, धरानको वी.पी.  अस्पताल र पाटन स्वास्थविज्ञान प्रतिष्ठानमा मात्र रु. एक लाख दिने घोषणा गरेको छ ।  यो घोषणाको चार वर्ष बितिसक्दा हालसम्म जम्मा नौ जनाले मात्र यो सुविधा पाएका छन् ।  यो सुविधा लिन अन्य जिल्लावासीले ती चार अस्पतालमै मात्र उपचारका लागि धाउनपर्ने अवस्था छ ।  

प्रकाशित मिति: २०७४/६/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना