पूर्वीय र पश्चिमी साहित्यका संगम देवकोटा


usha thakurप्रा.डा.उषा ठाकुर



आफ्नो युगको शिखर पुरुष महाकवि देवकोटा नेपाली साहित्याकाशका उज्ज्वल नक्षत्र हुन् ।  नेपालीको कल्याण, राष्ट्रको मंगल तथा मानव कल्याण नै उहाँको साहित्यिक जीवनको उद्देश्य थियो ।  उहाँ युग द्रष्टाका साथै युग स्रष्टा पनि हुनुहुन्थ्यो ।  त्यसैले उहाँको गहिरो र व्यापक दृष्टि मानवताको भूत र वर्तमानका साथै भविष्यलाई पनि समग्र रूपमा समेट्ने सफल प्रयास गरेको छ ।  उपलब्धिको दृष्टिले होस् कि समृद्धिको दृष्टिले वा साहित्य रचनाको परिमाणको दृष्टिले उहाँको साहित्यिक योगदान नेपाली साहित्यका लागि गौरवको विषय हो ।  आफ्नो बहुमुखी प्रतिभाको कारण देवकोटा नेपाली साहित्यका मूर्धन्य साहित्यकारको रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा पनि उहाँ विश्वका एक महान् प्रतिभाको रूपमा स्थापित हुनु भएको छ ।  
सरस्वतीका वरद्पुत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६) ले साहित्यका विविध विधा ः महाकाव्य, खण्डकाव्य, गीत, नाटक, कला उपन्यास, निबन्ध समालोचना, अनुवाद अािदमा सफलतापूर्वक कलम चलाएर नेपाली साहित्यलाई समृद्ध बनाउनु भयो ।  मूल रूपमा कवि भए पनि उहाँले साहित्यका प्रत्येक विधाको उन्नयनमा प्रशस्त योगदान प्रदान गर्ने उहाँले नेपाली अनुवाद साहित्यको क्षेत्रमा  अविस्मरणीय र अतुलनीय योगदान दिनुभएको छ ।  उहाँ नेपाली अनुवाद साहित्यको मेरुदण्ड हुनुहुन्छ ।  ५० वर्षको उमेरमा नै ८९ भन्दा बढी कृतिहरू लेख्ने उहाँका प्रखर र विद्धतापूर्ण, अलौकिक प्रतिभा हेरेर हिन्दीका प्रसिद्ध साहित्यकार राहुल सांकृत्यायनले भनेका हुन् ः “देवकोटा नेपालीका पन्त, प्रसाद, निराला तीनै हुन्, यसमा अतिशयोक्ति छैन ।  त्यस्तै उहाँका प्रखर प्रतिभा हेरेर उहाँलाई नेपालका कालिदास, शेक्सपियर, वर्डस्वर्थ, शेली हिट्स पनि मानिन्छ ।  
देवकोटाको साहित्यमा हामी विभिन्न दर्शन र दार्शनिकका प्रभाव पाउँदछौँ ।  वेद, पुराण, उपनिषद्बाट उहाँ प्रभावित हुनुहुन्थ्यो साथै बुद्ध, नीत्से, रुसो, माक्र्स, रबीन्द्र, गान्धीका दर्शनहरूलाई उहाँले अंगीकार गर्नु भएको थियो ।  पूर्वीय र पाश्चात्य साहित्य, दर्शन, ज्ञान विज्ञान, कला र संस्कृतिको गहन चिन्तन मनन र अध्ययनको कारण देवकोटाका जीवन दर्शन अत्यन्त व्यापक र गहिरो थियो तर हरेक विचार र दर्शनबाट प्रभावित भए पनि आफ्नो बुद्धि विवेक, सुझबुझको कसौटीमा कसेर आफ्नो अन्तरमनको प्रकाशमा हेरेर आफ्नो निजीपन र मौलिकताका साथ उहाँले विभिन्न दर्शनबाट उपयोगी तìवलाई मात्र ग्रहण गर्नुभयो ।  उहाँले सत्य, विवेक र इमानदारीलाई आत्मसात् गर्दै स्वतन्त्रता, समानता र मानवताका पक्ष मात्र ग्रहण गर्नुभयो ।  
आफ्नो प्रारम्भिक रचनाहरूका प्रकृतिवादी, आदर्शवादी देवकोटा परिस्थितिवश युगको मागअनुसार यथार्थवादी, सुधारवादी र प्रगतिवादी बन्नुभयो ।  उहाँका समग्र रचनाहरू अध्ययन गर्दा  एकातर्फ देवकोटाका रचनाहरूमा शोषितका पीडादायी स्थिति र समाजमा उनीहरूका दुर्दशाका सजीव चित्रण छ भने अर्कोतर्फ अन्यायका प्रतिकारका शंखनाद पनि ।  बदलिँदो समयको अनुसार समाजमा व्याप्त अन्याय, दमन र अत्याचारको विरुद्ध सङ्घर्षका लागि जोडदार आह्वान गर्दै देवकोटाले देशवासीहरूको स्वाभिमानलाई जाग्रत गर्दै जनतालाई उद्घोषित गर्दै उहाँको ससुप्त चेतनालाई यसरी झङ्कृत गर्नुभयो–
“जंगलको कानुन
जसले हाँक्यो, उसको पाक्यो, काँतरको
 हक थाक्यो
लडी कोई हुन्न विजेता । ”
यस्तै साँढे, झंझवीर, जित्नु छ साथी, जिलाउनु छ साथी” जस्ता अनेकानेक रचनाद्वारा उहाँले अन्यायको प्रतिकार गर्नु भएको छ ।  जनजीवनमा क्रान्ति, चेतना र सङ्घर्षलाई उत्कर्ष प्रदान गर्दै कवि देवकोटाले झंझा प्रतिवादी विष्णुजी, बाघले बच्चा किन खान्छ जस्ता अनेकानेक कविता दाल भात डुकु जस्ता रचनाद्वारा देशका अनेकानेक जीवन्त समस्याका यथार्थ चित्रण प्रस्तुत गर्नुका  साथै “पागल” जस्ता कविताद्वारा सामाजिक विकृतिमाथि प्रहार गर्नुभएको छ ।  साहित्यलाई ‘जीवनका प्रतिनिधि र साहित्यकारलाई जनताका प्रतिनिधि’ भन्ने आफ्नो यसै मान्यता अनुसार जनभावनाका कदर गर्दै जनजागरणको उद्देश्यले उहाँले ‘मुनामदन’ र ‘पहाडी पुकार’ जस्ता रचनाहरूका सिर्जना गरेर जनजनलाई उद्घोषित गर्ने काम पनि गर्नुभयो  ।  
सत्यम्, शिवम्, सुन्दरम्का उपासक कवि देवकोटाले संस्कृत साहित्यबाट प्रेरित भएर शाकुन्तल, महाकाव्य लेखेर आर्य गरिमा र सभ्यताका आदर्शलाई प्रस्तुत गर्नुभयो, रावण जटायु युद्ध’ जस्ता रचनाको माध्यमबाट सत्य र न्यायको विषयमाथि जोड दिनुभयो भने अंग्रेजी रोमान्टिक कविहरूबाट प्रभाव र प्रेरणा लिएर आफ्नो रचनाहरूबाट मौलिकताका साथ नेपाली साहित्यलाई समृद्धि प्रदान गर्नुभयो ।  ‘प्रमोथियस’, ‘मायाविनी सर्सी’ जस्ता रचनाहरू हाम्रो समक्ष प्रस्तुत गरेर उहाँले नेपाली साहित्यलाई नव सन्देश र नवीन दिशा प्रदान गर्नुभयो  ।  
भनिन्छ कि असल साहित्यकारलाई देशको सीमामा बाँध्न सकिँदैन, ऊ सम्पूर्ण विश्वको धरोहर हुन्छ ।  देवकोटा पनि मानव प्रेम र मानवसेवाका मूल मन्त्र लिएर नेपाली मात्र होइन सम्पूर्ण मानवताको कल्याणका लागि समर्पित रहनुभयो ।  संस्कृत साहित्य, अङ्ग्रेजी साहित्य जस्तै भारतीय इतिहास र दर्शनबाट पनि महात्मा प्रताप पृथ्वीराज चौहान जस्ता प्रेरणादायी विषयहरूलाई आफ्नो साहित्यिक रचनाको विषय बनाउनुभयो ।  साथै विश्व साहित्यका प्रमुख विषयवस्तुलाई नेपालीमा लेखेर नेपाली साहित्यको श्रीवृद्धि गर्नुका साथै विश्वका स्तरीय रचनाहरूलाई नेपालीमा अनुवाद गरेर नेपाली साहित्यलाई समृद्ध मात्र पार्नु भएन नेपाली रचनाहरूलाई अंग्रेजीमा अनुवाद गरेर नेपाली साहित्यलाई विश्व रंगमंचमा प्रतिष्ठित गर्नुभयो  ।  
हाम्रा लागि यो अत्यन्त गर्वको विषय हो कि देवकोटा १३ भाषाका ज्ञाता थिए ।  उहाँका शब्द मन्जर व्यापक थियो ।  उहाँले स्वयं अंग्रेजी भाषामा मौलिक लेखन कार्य गर्नु भएको थियो ।  अंग्रेजी साहित्यका प्रखर ज्ञाता देवकोटा अंग्रेजी भाषाका प्रसिद्ध १३ जना लेखकका १३ एउटा लेखका अनुवाद नेपालीमा गरेर प्रसिद्ध प्रबन्ध संग्रहमा प्रकाशित गर्नुभएको छ ।  त्यस्तै उहाँले ‘म्याकबेथ’को नेपालीमा अनुवाद गर्नुभयो ।  साथै आफ्नो समकालीन कविका लगभग ५० कविता उहाँले अंग्रेजीमा अनुवाद गर्नुभएको छ ।  वास्तवमा उहाँ नेपाली अनुवाद साहित्यको प्रणेता हुन् ।  वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको भनाइ यस सन्दर्भमा उल्लेखनीय छ, ‘महाकविले केही वर्ष अनुवाद परिषद्मा रहेर अनुवादको कार्य गर्नुभयो ।  तीक्ष्ण दिमाग र प्रखर बौद्धिक व्यक्ति भएका देवकोटा राम्रा अनुवादक थिए ।  देवकोटा अंग्रेजीमा खरर भन्थे र श्यामदास वैष्णव उहाँले भनेका कुरा लेखिदिएर सहयोग गर्थे ।  यसरी अनुवाद कार्यद्वारा नेपाली साहित्यलाई विश्वस्तरमा चिनाउन देवकोटाले महìवपूर्ण कार्य गर्नुभयो ।  
देवकोटा जीवन पर्यन्त युगकविको रूपमा देश र मानवताको सेवामा संलग्न रहनु भयो ।  ‘सुन्दर शान्त विशाल’ शीर्षक आफ्नो लेखमा देवकोटा भन्नुहुन्छ– “जति भए पनि आफ्नु मातृभूमि जस्तो ठूलो चिज दुनियाँमा केही हुँदैन । ”
यस्तै भारतीय महाराणा प्रतापका वीरता र देशभक्तिका वर्णन गरे कविले सात सालका जन क्रान्तिलाई सशक्तता प्रदान गर्नुभएको छ ।  र नेपाली क्रान्ति योद्धाहरूलाई उत्प्रेरित गर्नुभएको छ ।  ‘प्रमिथस’ को सृजना पनि देवकोटाले २००७ सालमा आएका प्रजातन्त्रको प्रतीकको रूपमा, नवजागरण प्रतीकको रूपमा गर्नुभएको छ ।  कविको अनुसार प्रजातन्त्रलाई बलियो र स्थायी बनाउनका लागि नेपाली क्रान्ति योद्धाहरू पनि सदैव मानवतावादी ‘प्रमिथस’ जस्तै दुःख झेल्नका लागि त्याग, तपस्या र उत्सर्ग बलिदानको लागि तत्पर रहनुपर्छ ।  डा. ईश्वर बरालले देवकोटाको बारेमा कति उपयुक्त र सार्थक भन्नु भएको छ “वास्तवमा देवकोटा प्रजातन्त्र प्रेमी तथा मानवतावादी कवि थिए र उनी खास गरेर प्रजातन्त्रका प्राप्ति र मानवताका उत्थानका लागि नै सँधैजसो विद्रोही रहे । ”
 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बहुचर्चित देवकोटा विश्वकै महान् प्रतिभा हुन् ।  उहाँ नेपाली साहित्यकारहरूमा प्रथम साहित्यकार हुन् जसले विश्वको विभिन्न भाषामा अनुदित भएर प्रख्यात हुनुभएको छ ।  महाकवि देवकोटाका अतुलनीय योगदानका कदर गर्दै उहाँका महान् साहित्यिक व्यक्तित्वलाई विश्व साहित्यमाझ सबल रूपमा उभ्याउनेतर्फ हामीले अझ प्रयास गर्नुपर्छ ।  

प्रकाशित मिति: २०७४/६/२८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना