हिम पहिरोको उच्च जोखिममा हल्जी गाउँ

halji gaunसिमकोट, असोज २९ गते ।  हुुम्ला जिल्लाकै हिम पहिरोको उच्च जोखिममा रहेको नाम्ला गाउँपालिकाको वडा नम्बर ६ हल्जी गाउँका बासिन्दा डर र चिन्ताका बीच बस्न बाध्य भएका छन् ।  गाउँको उत्तरतिर हिमाल र हिम ताल मात्र भएको र अर्कोतिर किनारमा हिम नदी बग्ने भएका कारण सधँै हल्जी गाउँका बासिन्दा हिम पहिरोको जोखिममा बस्दै आएका हुुन् ।  
३५ सय मिटरभन्दा बढीको उचाईमा रहेको हल्जी गाउँमा हिउँद र बर्खायाममा पहिरोको डरले रातभरि निद्रा नलाग्ने नाम्खा गाउँ पालिका वडा नम्बर ६ की थाम्जोत तामाङले बताउनुुुभयो ।  दुुई वर्ष अगाडि हिम पहिरो जाँदा चार घर, पाँचवटा पानी घट्ट र १५ रोपनी उवा बाली लगाएको  खेतीयोग्य जमिन हिम पहिरोले बगाउँदाको सम्झना बारम्बार आइरहने भएकाले सधैँ पहिरोले पिरोली रहने उहाँले बताउनुुभयो ।  हिम पहिरोको डर त्रासका बीच आफूहरू बाँचिरहेको तामाङले बताउनुुभयो ।  अलिकति बर्खामा पानी पर्दा र हिउँदमा हिउँ पर्दा पहिरोको डर र चिन्ताले रातभरि जाग्राम रहनेगरेको सोही वडाका पाल्जोर तामाङले बताउनुुभयो ।  अलि ठूलो पानी पर्दा गाउँले मिलेर रातभरि पालो बस्ने पनि उहाँले बताउनुुभयो ।  हालसम्म धेरैपटक हिम पहिरोले ठूलो भौतिक क्षति गरेको भए पनि मानवीय क्षति भने नभएको तामाङले बताउनुुभयो ।  हिमताल फुुटेर हिम पहिरोका लागि जिल्लाकै उच्च जोखिममा रहेको गाउँ भए पनि हालसम्म एकपटक पहिरो नियन्त्रणका लागि केही सहयोग बाहेक अन्य केही सहयोग नपाएको बताउँदै भगवान्का भरमा आफूहरू बाँचेको तामाङले बताउनुुभयो ।  
हल्जी गाउँका ९० घरधुुरीका करिब पाँच सय जनसङ्ख्या ऐतिहासिक महìवको ११औँ शताब्दीको गुुम्बा भएका कारण सो गाउँ छाड्न नमानेको नाम्खा गाउँ पालिकाका अध्यक्ष विष्णुु लामाले बताउनुुभयो ।  गाउँले निकै तनावका बीच बसिरहेको बताउँदै अध्यक्ष लामाले बस्ती स्थानान्तरण कुुरा धेरैपटक उठेको भए पनि धार्मिक तथा ऐतिहासिक महìवको गुुम्बाको कारण गाउँलेले गाउँ छाड्न नमान्ने र बेलैमा पहिरो नियन्त्रणको प्रयास नगरे भोलि कुुनै पनि दिन ठूलो मानवीय क्षति हुुनसक्ने अध्यक्ष लामाले बताउनुुभयो ।  पहिरो नियन्त्रणका लागि ठूलै बृृहत् योजना आवश्यक पर्ने र त्यसलाई वडा तथा पालिका स्तरबाट तटबन्ध निर्माण गर्न नसकिने भएकाले केन्द्रमा पहल गरेको भए पनि हालसम्म सहायोगी निकाय नभेटाएको उहाँले बताउनुुभयो ।  अहिले पनि ७ वटा घरको जगसम्म पहिरो गएको र अब कुुनै पनि बेला ती घरमा क्षति हुुने निश्चित छ ।  उक्त गाउँ सदरमुुकाम सिमकोटबाट पैदल ४ दिन लाग्ने भएको र पाँच हजार मिटर अग्लो पास क्रम गरेर जानुुपर्ने भएका कारण जो सुुकै व्यक्ति त्यहाँ जान नसक्ने अवस्था रहेको छ ।  जिल्लामा लिमी गाउँलाई हिमाल पारिको गाउँ भनेर पनि चिनिने र पर्यटकीय स्थल पनि प्रशस्त रहेका छन् ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना