भ्रमण वर्ष र नेपाली पर्यटन

ninamनिनाम लोवात्ती कुलुङ
      

हो, नेपालमा पर्यटनको कुरो गर्दा हामीले सन् २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ, सपना देखेका छौँ ।  तर प्रश्न उठ्छ, के यो लक्ष्य हामीले पूरा गर्न सक्ने खालको हो ? यो सपनालाई विपनामा परिणत गर्न सक्छौँ ।  अर्थात् सन् २०२५ मा २५ लाख पर्यटक नेपालको भ्रमण गर्न आउलान् त ? यो लक्ष्य हामीले साँच्चै पूरा गर्न सक्ने सम्भावना कत्तिको छ ? यसबारेमा एकपटक मात्रै होइन, पटक–पटक छलफल र बहस गर्नुपर्ने हुन्छ ।  किनभने नेपालको पर्यटनको सन्दर्भमा भन्नु पर्दा हामीसँग विगत लिएको लक्ष्य र हामीले गर्न सकेको गरेको प्रगति विवरणका ठेली प्रदिवेदन हेर्ने हो भने प्रायः सबै नकारात्मक नै छन् भन्ने त हामीबीच चकमन्न घाम जत्तिकै छर्लङ्ग छ ।  हुन त हालै नेपाल सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा सन् २०१८ लाई पुन ः नेपाल भ्रमण वर्ष मनाउने जानकारी दिइएको छ ।  
किनकि नेपाल भ्रमण वर्षको कुरो गर्दा यसअघि सन् १९९८ मा पनि पाँच लाख विदेशी पर्यटकलाई नेपाल भ्रमणार्थ आकर्षित गर्ने लगायतका विभिन्न उद्देश्य र कार्यक्रमसहित ‘नेपाल भ्रमण वर्ष’ मनाइएको थियो ।  त्यस्तै सन् २०११ मा १० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष’ मनाइएको थियो भने सन् २०१२ ‘लुम्बिनी भ्रमण वर्ष, ‘पोखरा भ्रमण वर्षलगायत विभिन्न भ्रमण वर्षहरू, विभिन्न उद्देश्य र लक्ष्यसहित नेपाल सरकारले घोषणा ग¥यो मनायो ।  
यी माथिका विभिन्न भ्रमण वर्षमा सोही (आयोजना गरेकै साल) वर्षमा कुनै पनि लक्ष्य र उद्देश्य हासिल गर्न सम्भव भएको थिएन ।  बरु अर्को वर्ष अरू उद्देश्य र लक्ष्यमा सफल नभए पनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या पु¥याउने सन्दर्भमा भने तोकिएको सङ्ख्याको केही नजिक पुग्न सफल भएको थियो ।  जस्तो कि पहिलोपटक नेपालले मनाएको ‘नेपाल भ्रमण वर्ष ९८’ मा पाँच लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष लिइएकोमा चार लाख, ६३ हजार, ६ सय, ८४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले गरेको दैनिक खर्च भने लगभग ४१ अमेरिकी डलर मात्रै रह्यो ।  स्मरण रहोस् उद्देश्य भने दैनिक ४९ अमेरिकी डलर खर्च गराउने लिइएको थियो ।  लगत्तै सन् ९९ मा भने चार लाख, ९१ हजार, पाँच सय, चार जनाले नेपाल भ्रमण गरेका थिए ।  त्यस्तै सन् २०११ मा पनि १० लाख विदेश पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल पर्यटन वर्ष २०११’ मनाइयो ।  तर सन् २०११ मा लक्ष्यभन्दा निक्कै कम विदेशी पर्यटक नेपाल आए ।  अर्थात् सन् २०११ मा १० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा सात लाख, ३६ हजार, दुई सय १५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरे ।  नेपाल पर्यटन वर्ष मनाएको दोस्रो वर्ष अर्थात् सन् २०१२ मा बढेर आठ लाख, तीन हजार, ९२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरे ।  त्यसो त सन् २०१५ मा पनि ११ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने भूत हामीमाथि नचढेको कहाँ हो र ? धन्य सन् २०१५ मै प्राकृतिक विपत्ति भूकम्प आएको र भारतले अघोषित नाकाबन्दी गरेकोले दोष जति भूकम्प र भारतलाई दिएर पाँच लाख, ३८ हजार, नौसय, ७० जना विदेशी पर्यटक मात्रै नेपाल गर्न भ्रमणमा आएकोमा सन्तोष मान्यौँ उन्मुक्ति पायौँ ? थाहा छैन, सन्  २०१८ मा पुनः मनाउन लागिएको नेपाल भ्रमण वर्षमा पनि तोकिएको सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएनन् भने दोषको भारी कसको टाउकामा हाल्न पर्ने हो ? त्यस्तै सन् २०२५ सम्ममा २५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएकोमा त्यो बेला पनि केवल आधाआधी मात्रै अर्थात् १२÷१३ लाख विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेमा फेरि पनि त्यसको दोषको भागीदारी को हुने हो ?
लक्ष्य पूरा गर्न के गर्ने ?
हुन त सपना देख्नु, लक्ष्य÷उद्देश्य लिनु आफैँमा नराम्रो होइन तर नेपालको पर्यटन र पर्यटन उद्योगको क्षेत्रमा सपना देख्ने र उद्देश्य लक्ष्य लिने क्रममा हामीले खालि पर्यटकको टाउको गन्ने वा यो सालमा यत्ति सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने भन्ने मात्रै सपना देख्छौँ÷उद्देश्य लिन्छौँ ।  त्यही पनि कहिल्यै पूरा हुने होइन÷भएको छैन ।  
हो, पर्यटनको सन्दर्भमा भन्नुपर्दा हाम्रो देश नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न नसक्नुमा निश्चय नै विभिन्न कारण छन् नै ।  जस्तै नेपालका विभिन्न राजनीतिक पार्टी र तिनका भातृ सङ्गठन, धार्मिक सङ्घ–संस्था, जातीय सङ्घ–सङ्गठन, स्थानीयवासीहरू लगायतले गर्ने बेमौसमी र बेप्वाँकको बन्द–हडताल पनि एक विभिन्न कारणहरू मध्ये एक प्रमुख कारणको रूपमा रहेको छ ।  नेपालमा पर्यटक सङ्ख्या बढाउन वा तोकिएको लक्ष्य पूरा गर्न विभिन्न पूर्वाधार विकासका लागि सरकारी निकाय र निजीक्षेत्रले प्रशस्त लगानी गर्नुपर्ने हुन्छ ।  त्यसमा पनि हालको टड्कारो आवश्यकता भनेको अन्तराष्ट्रिय विमानस्थल मुख्य हो भने पर्यटक स्तरीय होटल लज, सडक यातायात, आन्तरिक विमानस्थलदेखि लिएर गाऊँ–घरका गोरेटो घोडेटो बाटो निर्माण र मर्मत लगायत पर्छन् ।  हुन त हवाई क्षेत्रबाहेक खास गरी तारे लक्जरी–डिलक्स होटल, कटेज, सफारी, मचान, मोटेललगायतका निजीक्षेत्रले सक्दो लगानी गरिरहेका छन् ।  उता बाराको निजगढमा बन्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलमा सकेसम्म आफ्नै नेपालकै लगानी जोहो गर्ने प्रयास भइरहेकोले यसमा पनि निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ला नै ।  त्यसो त अन्तर्राष्ट्रिय विमानस्थलको कुरो गर्दा सकेसम्म सन् २०१८ मा सक्ने गरी पोखरामा प्रधानमन्त्रीद्वारा गत वैशाख १ गते उद्घाटन भइसकेको छ भने भैरहवा र निजगढमा पनि अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्ने भएको छ ।  त्यस्तै हाल चालू रहेको नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ पनि स्तरोन्नति भइरहेको छ ।  

प्रकाशित मिति: २०७४/६/२९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना