लुम्बिनी–देवदह सडक सञ्जालले जोडिँदै

लक्ष्मण पौडेल

भैरहवा, असोज ३० गते । रूपन्देहीस्थित देवदह र लुम्बिनी जोड्ने सडकको निर्माण थालिएको छ । देवदहको शीतलनगर हुँदै शिवपुर मणिग्राम, मोतीपुर, फर्साटिकर, सूर्यपुरादेखि लुम्बिनीसम्मको ४२ किलोमिटर सडकले पर्यटकलाई आवतजावतमा सहजता ल्याउने भएकाले सुरु गरिएको हो ।
बुद्धको मावली देवदहलाई सिधै लुम्बिनीसँग जोड्न सडक बनिरहेको छ । हालसम्म ३४ प्रतिशत काम सकिएको बताइएको छ । ‘एक्पोर्ट–इम्पोर्ट बैङ्क अफ इन्डिया’ को ऋण सहयोगमा ट्रयाक मात्रै खोलिएकामा दुई लेनको सडक बन्न थालेको हो । सन् २०१४ मा ५९ करोड ८० लाख ९९ हजार लागतमा सडक निर्माण सुरु भएको थियो । सडक नभएका कारण देवदहमा पर्यटक जान मान्दैनन्, लुम्बिनी होटल व्यवसायी सङ्घका महासचिव लीलामणि पौडेलले भन्नुभयो, सडक बनेपछि लुम्बिनी आउने पर्यटकलाई देवदह पठाउन सहज हुनेछ । lumbini debdah
बुद्ध जन्मस्थलको महिमा बढ्दै जाँदा बुद्धका महìवपूर्ण घटना जोडिएका आसपासका क्षेत्रप्रति पनि बौद्धमार्गीको चासो र आकर्षण बढ्दैगएको छ । लुम्बिनी आउने धार्मिक बाहेकलाई अन्य पर्यटकीय क्षेत्रमा पु¥याउन सहज सडक सञ्जाल र पूर्वाधार अभाव छ । लुम्बिनी आउने पर्यटकलाई घुम्न निस्कने ठाउँको अभाव छ । उनीहरूको बसाइँ अवधि बढाउन पछिल्लो समयमा आसपासका केन्द्रसँग धमाधम सडक सञ्जालले लुम्बिनी जोडिँदै छ । त्यसको अर्को उदाहरण हो, पश्चिमाञ्चलको व्यापारिक केन्द्र बुटवलबाट सीधै बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने पर्यटन मार्ग ।
मुलुकको पश्चिम क्षेत्रबाट आउनेलाई लुम्बिनी आउजाउका लागि  रु. दुई अर्बको लगानीमा चार लेनको बेलबास–बेथरी पर्यटन मार्ग निर्माण सुरु भएको हो । सडक डिभिजन सडक कार्यालय बुटवलले तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ । एक अर्ब २८ करोड रुपियाँमा सडक ठेक्का भइसकेको छ । चार लेनको सडकको बीचमा नहर हुने छ । बेलबास–बेथरी २१ किमि लामो सडकको विस्तारले बुटवल र लुम्बिनीबीचको दूरी आठ किमि घट्नेछ । लुम्बिनी आवतजावतको सडक भएकाले यसलाई देशकै नमूना पर्यटकीय मार्गका रूपमा विकास गरिँदै छ, डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले भन्नुभयोे, धार्मिक तथा पुरातात्विक महìव बढाउन दुई वर्षअघिदेखि १५७ किलोमिटर क्षेत्रलाई वृहत्तर लुम्बिनी क्षेत्र कायम गरिएको छ । रूपन्देही, नवलपरासी र कपिलवस्तुलाई समेटेर विकास तथा प्रचार गर्ने र शान्ति सहर बनाउने योजना छ ।
लुम्बिनीलाई टुरिजम हबका रूपमा विकास गर्न १० वर्षे कार्यक्रम सहितको व्यवस्थित पर्यटन योजना बनेको छ । योजनाकै सहयोगीका रूपमा विभिन्न बजार र नाकाबाट लुम्बिनी जोड्ने सडक निर्माण भएका हुन् । लुम्बिनीबाट भैरहवा जोड्ने सडक चार लेनको बन्दैछ । लुम्बिनीबाट तौलिहवा तथा तिलौराकोट जोड्ने सडक दुई लेनको बन्दैछ । बुद्ध परिपथ जोड्ने सडकलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाई पर्यटन प्रवद्र्धन गर्न भन्दै सडक स्तरोन्नति थालिएको हो । एसियाली विकास बैङ्कको सहयोगमा दुई अर्ब १५ करोड रुपियाँ लागतमा सडक निर्माण थालिएको हो । तीन वर्षभित्रमा सडक निर्माण सक्ने योजना छ । भैरहवाबाट लुम्बिनी हुँदै तौलिहवा जोड्ने सडकको लम्बाइ झण्डै ४७ किलोमिटर छ ।
आन्तरिक पर्यटकलाई लक्षित गरी पश्चिमको सैनामैनालाई लुम्बिनीसँग जोड्ने सडक निर्माणसमेत थालिएको छ । पूर्व–पश्चिम राजमार्गको रामापुरबाट लुम्बिनी जोड्ने दुई लेनको सडक निर्माण अघि बढेको छ । १८ किलोमिटर लम्बाइको रामापुर–लुम्बिनी सडकमध्ये १० किमि डिभिजन सडकले विस्तार गर्नेभएको छ । सैनामैनाकै मुर्गिया बजारदेखि लुम्बिनी जोड्ने सडकको विस्तार तथा पक्की गर्ने काम पनि सुरु भएको छ । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि वार्षिक २० लाख पर्यटक भिœयाउने सरकारको योजना छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना