कोदो उत्पादन बढ्यो


kodoसिमकोट, असोज ३० गते । हिमाली जिल्ला हुुम्लाको मुुख्य बालीका रूपमा रहेको कोदोको उत्पादन यस वर्ष वृद्धि भएको छ । पछिल्लो समय जिल्लाका सातवटै गाउँपालिकामा फल्न थालेको कोदो छर्ने बेलामा पानी पर्नु, रोग कीरा नलाग्नुु र गोड मेल गर्ने बेला पनि पानी परिरहनुुले कोदोको उत्पादनमा वृद्धि भएको हो ।
यसपटक पानी राम्रो पर्दा आकाशे पानीका भरमा खेतीपाती गर्दै आउनुुभएका सर्केगार्ड गाउँपालिका वडा नम्बर २ उनापानीका किसान दानबहादुुर फडेराले १० क्विन्टलसम्म कोदो फलेको बताउनुुभयो । रोटी, ढिडो पुुरी, खोले र पशुुवस्तुुलाई दानाका रूपमा बढी प्रयोग गरिने कोदो बिक्री गरेर पनि आम्दानी गर्ने गरेको किसान फडेराले बताउनुुभयो । उक्त वडा हुुम्ला जिल्लाकै सबैभन्दा बढी अन्नपात उत्पादन हुने गाउँमध्येको रूपमा परिचित छ ।
कोदो उत्पादनका हिसाबले खार्पुुनाथ गाउँपालिका वडा नम्बर ५ को ताक्ला गाउँका बजिरे रावतले पनि आफ्नो खेतबारी यसपालि कोदो उत्पादन राम्रो भएको बताउनुुभयो छ हल गोरु जोतेर कोदो खेती गर्दा १२ क्विन्टलभन्दा बढी कोदो फलेको उहाँले बताउनुुभयो । हुुम्लामा प्रत्येक घरधुुरीले आफ्नो जग्गा अनुसार कोदो लगाउने गरेको पाइएको छ ।
यसको उत्पादनमा वृृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक बलबहादुुर फडेराले बताउनुुभयो । गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्ष ०७४।०७५ मा एक सय सात दशमलव ९५ मेट्रिक टन कोदो बढी फलेको उहाँले बताउनुुभयो । यस वर्ष कोदो जिल्लाभरि १२ सय ७२ हेक्टर क्षेत्रफलमा लगाइकोमा १३ सय ६० मेट्रिक टन कोदो उत्पादन भएको बताइएको छ । यो तथ्याङ्कमा जिल्लाको दक्षिणी गाउँपालिकाका केही गाउँको विवरण नआएको हुुँदा कोदो उत्पादनमा अझै वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जब कि आर्थिक वर्ष ०७३।०७४ मा जिल्लाभरि १२ सय ७० हेक्टरमा कोदो लगाउँदा १२ सय ५२ दशमलव ५ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । कोदोको प्रयोगले मानिसको आमाशयमा हुुने सानो र ठूलो आन्द्राको बीचमा रहने बोसो पनि ‘डाइजेष्ट’ गर्नेे जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा.चन्दप्रसाद रिसालले बताउनुुभयो । यसरी अन्नपातको उत्पादनमा वृद्धिले यस वर्ष जिल्लामा खाद्यान्न समस्या पनि कम हुने देखिएको छ ।
कोदोमा मानिसको शरीरका लागि आवश्यक पर्ने पोषक तìव पाइने भएकोले गर्भवती महिला, केटाकेटी, मधुमेह र उच्च रक्तचाप भएका बिरामीका लागि पनि यो उत्तम खानाको रूपमा लिइने गरिएको छ । कोदोमा ७२ दशमल ६ प्रतिशत कार्बोहाइड्रेट, ७ दशमलव ७ प्रतिशत प्रोटिन, ३ दशमलव ६ प्रतिशत रेसा, २ दशमलव ७ प्रतिशत खनिज पदार्थ र एक दशमलव ५ प्रतिशत चिल्लो पदार्थ मात्र होइन क्याल्सियम, फस्फोरस र फलाम पनि पाइने यससम्बन्धी जिल्लामा अनुसन्धान गरिरहेको लिवर्ड हुुम्लाका प्राविधिक सुन्दर रावतले बताउनुुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना