मेलम्चीको पानी छिटोमा चैतसम्म आउने

Melamchi-350x250काठमाडौँ, असोज ३१ गते ।  मेलम्चीको पानी चैत अन्तिमसम्म काठमाडौँ ल्याउन सकिने अनुमान गरिएको छ ।  मेलम्ची खानेपानी विकास समितिले पुस महिनासम्ममा सुरुङको ‘ब्रेक थ्रु’ गर्न सकियो भने चैत्र अन्तिममा पानी ल्याउन सकिने जनाएको छ ।  समिति र निर्माण कम्पनी बीचको सम्झौताअनुसार सुरुङ सम्पन्न गर्ने अवधि पनि सन् २०१८ मार्च २६ रहेको छ ।  
तर सम्झौताअनुसार काम सम्पन्न हुनेमा मेलम्ची खानेपानी विकास समिति आफै ढुक्क हुन सकिरहेको छैन ।  जसका कारण समितिले आधिकारिक रूपमा निश्चित मिति तोक्न सकिरहेको छैन ।  पुसमा सुरुङको ब्रेकथ्रु भएमा चैतसम्ममा पानी ल्याउन सकिने अनुमान समितिको छ ।  समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले भन्नुभयो, पुसमा टनेलको ब्रेकथ्रु भयो भने चैतमा पानी ल्याउन सकिन्छ की भन्ने आशामा छौं ।  सोचेअनुसार काममा प्रगति भएन भने समय हेरफेर हुन सक्ने उहाँको भनाइ छ ।  
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अब १.४ किलोमिटर मात्र बाँकी छ ।  हाल दैनिक १४ मिटरका दरले सुरुङ खनिएको समितिले जनाएको छ ।  सुरुङको भित्ता र भुइँ आरसीसी ढलान गर्न कम्तिमा तीन महिना लाग्ने समितिले जनाएको छ ।  हाल डेढ किमी सुरुङको ढलान सम्पन्न भइसकेको समितिले जनाएको छ ।  
२७.५ किमी सुरुङ हँुदै ल्याएको पानीलाई सुन्दरीजलमा प्रशोधन गरिने छ ।  दुईमध्ये एउटा प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरी परीक्षण पनि गरिएको उपकार्यकारी निर्देशक दुवाडीले बताउनुभयो ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना