शिक्षाको मुहानै प्रदूषित

 Ramesh p gautamरमेशप्रसाद गौतम
                  

 

 नेपालले आधारभूत शिक्षा निशुल्क घोषणा गरेको छ ।  यो सम्पूर्ण दायित्व राज्यको हुनुपर्छ भन्ने कुरामा कुनै विमति छैन ।  धनाढ्य वर्गदेखि निम्न वर्गका केटाकेटी नै आधारभूत शिक्षा ग्रहण गर्ने वर्गमा पर्छन् ।  यिनीहरूमा संसारका विद्यालयमा आफ्ना सन्तानलाई पढाउन सक्नेदेखि सामान्य निशुल्क सामुदायिक विद्यालयमा समेत पढाउन नसक्ने परिवार पनि छन् ।  यो परिस्थितिमा राज्यले सबैका लागि सर्वसुलभ शिक्षा कसरी पु¥याउने ? हाम्रा कतिपय सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई दिवा खाजादेखि पोशाक र पुस्तकसम्म उपलब्ध गराउँदा पनि त्यहाँ पढ्न आउनेको सङ्ख्या न्यून हँुदै आएको छ ।  अर्को तर्फ निजी स्रोतका विद्यालयमा सरकारी स्रोतका विद्यालयभन्दा कम अनुभवी, तालिम अप्राप्त सरकारी स्रोत साधनबाट विमुख भए पनि त्यहाँ अब्बल श्रेणीको शिक्षा दिइन्छ भनी विद्यार्थीको चाप बढी रहेको छ ।
अहिले सामुदायिक विद्यालयमा राजनीति गर्ने, आफ्नो निहित स्वार्थका लागि शिक्षक विद्यार्थीलाई प्रयोग गर्ने यसका लागि प्रथमतः व्यवस्थापन समितिमा आफ्नो पकड कसरी पार्न सकिन्छ जायज नाजायज जे पनि गर्न नछाड्ने प्रकृति देखिएका छन् ।  विद्यालयमा राम्रो काम गर्ने शिक्षकलाई भन्दा आफ्नोपछि लाग्नेलाई बढी प्रोत्साहन दिने, व्यवस्थापन समितिले योग्य शिक्षकभन्दा आफ्ना नजिकका विषय वस्तु कमजोर भएकालाई नियुक्ति गर्ने र निजी स्रोत भएका सामुदायिक विद्यालयले चाहिनेभन्दा बढी शिक्षक र कर्मचारी विद्यालयकै आयस्रोतमा राखी भर्ति गर्छन् ।  गुणस्तरको कुनै मतलब हँुदैन ।  खाली आफ्नो दलका कार्यकर्तालाई भर्ति गर्न पाए हुन्छ ।  अनि कसरी सामुदायिक विद्यालयको साख कमजोर नहोस् ?
शिक्षा सुधारका सन्दर्भमा थुप्रै आयोग र समितिहरू गठन भए ।  तिनले दिएका सुझावहरू पूरै लागू हुन नसके पनि त्यसैलाई आधार मानेर राष्ट्रिय शिक्षा नीति लागू भयो, शिक्षकका धेरै सेवा सुविधाका शर्त आए, भौतिक सुदृढ पार्ने पनि केही प्रयत्न भए तर विद्यालयको सर्वाङ्गीण विकासमा समुदायको अभिभावकत्व चाहिन्छ भन्ने पक्षमा गम्भीर बन्न सकिएन ।  परिणामतः सामुदायिक विद्यालयको अवस्था बेवारिसेजस्तो बन्दै आएको छ ।
मुलुकको राष्ट्रियताको जग बसाल्ने थलो विद्यालय नै हो ।  यसको मुहानमै प्रदूषित पारिन्छ भने कसरी राष्ट्र, राष्ट्रियता राष्ट्रिय अखण्डताजस्ता संविधानको मर्मलाई आत्मसात गराउन सकिन्छ ? विद्यालय लोकतन्त्रको प्रयोगशाला पनि हो, त्यही देश प्रेमको वीजारोपण हुने हो ।  यस्तो महìवपूर्ण जगमा आफ्नो गौरवको इतिहास सामाजिक मूल्य मान्यताको समेत औचित्यका आधारमा पाठ्यक्रम निर्माण हुनुपर्छ ।  साथै संविधानको प्रस्तावमा उल्लेख भएको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मासात गरी विविधिताबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेदलाई र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गर्नेजस्ता सङ्कल्पलाई व्यवहारमा उतार्न बालबालिकाको मनमस्तिष्कबाटै शुभारम्भ गरिनुपर्छ ।
अझ भन्नु पर्दा हाम्रो गुरुकुल शिक्षादेखि
जनजनको मनमा पूर्वीय दर्शनले ठूलो प्रभाव जमाएको छ ।  हामी हिन्दु, बौद्ध, सिख, किरात, मुस्लिम, इसाई वा प्राकृतिक पूजक सबैमा धेरथोर पूर्वीय दर्शनबाट प्रेरित व्यक्ति, समाज र राष्ट्र अवश्य हौ ।  हाम्रो दर्शनले मानवतालाई सम्मान गर, अरूलाई दुःख नदेऊ, सबैलाई समान रूपले हेर्नु हाम्रो मान्यता हो ।  यस्ता महìवपूर्ण पक्षलाई हिन्दुशास्त्रका विधि र मान्यताका साथै बुद्धको मार्गको अनुसरण गरेर बालबालिकाको मनमा प्रेम र सद्भावजस्ता सवाललाई हृदयभित्र घुसाउन सकिन्छ ।  यसका लागि हाम्रो विद्यालय तहका पाठ्यक्रमदेखि नै पूर्वीय र पश्चिमा दर्शनलाई कहीँ न कहीँ ठाउँ दिनुपर्छ ।  हाम्रा पूर्वीय चेतनाले ज्ञान प्राप्ति गरी उच्चतम बिन्दुको विकास तर्फ लाग्न प्रेरित गरे भने पश्चिमा चेतनाले प्रकृतिलाई उपयोग गरी भौतिक सुख सुविधा आर्जन गरी फाइदा तर ब्रह्माण्डको ओजन तहलाई पातलो बनाउँदै पृथ्वीको इकोसिस्टममा समेत प्रतिकूल असर पु¥याउँदै छन् ।  यस सम्बन्धमा पनि बालबालिकालाई ज्ञान दिनु जरुरी छ ।  विद्यालय शिक्षाको जगमार्फत् अबका बालबालिकाले विकासका नाममा हुने गरेका प्राकृतिक दोहनबाट पनि भविष्यमा पर्ने असरबारे ज्ञान हुनु जरुरी छ ।  आजको विश्वमा हिजो ठीक भनिएका कतिपय कुरा आजको अनुसन्धानले बेठीक पनि भन्ने गरेको छ ।  कतिपय कुरामा ठीक बेठीक छुट्टाउने काम बालक स्वयमलाई पनि दिइनु सान्दर्भिक हुन आउँछ ।  पाठ्यक्रमका अतिरिक्त पक्षमा पूर्वीय दर्शन र पश्चिमा दर्शनको तुलना केटाकेटीले स्वयम्लाई गराउँदा उपयुक्त हुन्छ ।
हरेक बालबालिकामा नवीनतम क्षमता हुन्छ ।  शिक्षकले भन्दा चाँडो विद्यार्थीले सिक्छ ।  एउटा बच्चाले सहजै मोबाइल फोनमा भएका एप्लीकेशनहरू आफैँ खोल्न सक्छ ।  त्यहाँ भएका हरेक खेल आफँै सञ्चालन गर्न सक्छ ।  कसैले नसिकाई आफैँ चलाए जान्छ ।  त्यसमा भएका सफ्टवेर कसरी विकास गर्न अझ मोबाइल बिगँ्रदा कसरी बनाउने आदि आफैँ गर्न सक्छ ।  त्यसैले आजका केटाकेटीलाई शिक्षकले आफूभन्दा कमजोर आँकलन गर्नु हँुदैन ।  केटाकेटीबाट पनि आफूले सिक्न सकिने धेरै कुरा बुझ्नु जरुरी छ ।  यसर्थ कक्षा कोठामा शिक्षकले केटाकेटीलाई हपारी, हप्काई कुण्ठा बनाउने काम ग¥यो भने त्यो विद्यार्थीका लागि धोका हो ।
बालबालिका आफैँ योग्य र सक्षम बन्न सक्छ ।  त्यसका लागि तिनलाई उपयुक्त वातावरण दिनुपर्छ ।  वातावरण अनुकूल बनाउन शिक्षकका साथै अभिभावकको पनि अनकूल भूमिका हुुनुपर्छ ।  बालबालिकाले आमाबाबुबाट पाउने शिक्षा विद्यालय, क्याम्पसमा पाउने शिक्षाभन्दा प्रभावी हुन्छ ।  समाज र समुदाय जीवन र जगत, मूल्य मान्यता, आचारण र व्यवहार आदिमा आफ्ना बाबु आमाको प्रभावको छाप परेको हुन्छ ।  यिनै कुरालाई दृष्टिगत गर्दैै मनिषीहरूले उतिबेला नै यो कुरा भनेका थिए । उपाध्यायान दशाचार्यः आचार्यणां शतं पीता ।  सहस्रं तु पितृन् माता गौर वेणा तिरिच्यते अर्थात् दश जना शिक्षक बराबर एक जना आचार्य, सय जना आचार्यभन्दा बढी एउटा बाबु र हजार बाबुभन्दा बढी एउटी आमा बाल विकासका निम्ति महìवपूर्ण हुन्छिन् ।  यस हरफको मनसाय प्रतिदानको अपेक्षा विना निशुल्क शिक्षा दिने र आचार सिकाउने शिक्षक आचार्य हो ।  अहिले पनि हरेक परिवारमा बाबु आमा पहिलो शिक्षककै रहेका हुन्छन् ।  यसर्थ बालबालिकाले विद्यालयमा भन्दा घरमा बाबु आमासँग बढी समय बिताउँछन् र आफ्नो घरबाट धेरै कुरा सिकेका हुन्छन् ।  आमा बाबुको सन्तानप्रतिको दृष्टिकोण र व्यवहार विवेक पूर्ण हुन सक्यो भने बच्चाको भविष्य निक्कै उज्जवल बन्न सक्छ ।  केटाकेटी सामाजिक हुने र व्यावहारिक ज्ञान जान्ने स्थलो भनेकै आफ्नै घर हो ।  जुन आमा बाबु संवेदनशील एवं विवेकपूर्ण व्यवहार आफ्ना सन्तानलाई गर्न सक्तैनन् तिनले जति मिहितेत, सम्पत्ति, सुविधा र माया गरे पनि आफ्ना सन्तानको वास्तविक क्षमता र व्यक्तित्व विकास गराउन सक्तैनन् र तिनको यस्तो व्यवहारले आफ्ना सन्तानको प्रतिभा कुण्ठित हुन पुग्छ र आमा बाबुका लागि भोलि विस्मात र पश्चातापमा परिणत हुन्छ ।
हुन त हरेक आमाबाबुको चाहना आफ्ना छोराछोरी लायक बनून् अरूभन्दा योग्य हुन र दुःख नपाउन भन्ने नै हुन्छ तर आफ्ना सन्तानलाई चाहेजस्तो बनाउन अभिभावकले खेल्नुपर्ने भूमिका कस्तो हुनु पर्ने हो भन्ने कुरा हाम्रा प्रायःजसो अभिभावक अनभिज्ञ  छन् ।  शिक्षकमा पनि विद्यार्थीप्रति आफ्नो जिम्मेवारीको बोध ख्याल गरिएको पाइँदैन ।  यस्को दोष कस्लाई दिने ? आफ्ना सन्तानप्रति भूमिका कस्तो हुनुपर्ने अभिभावक अनभिज्ञ हुने आफ्ना विद्यार्थीप्रतिको कर्तव्य के हो शिक्षक अनुतरदायी हुने, राज्यले अपनाइएको शिक्षा नीति अव्याहारिक हुने यी सबै कारणले हाम्रो बालबालिकको भविष्य अन्योलमा छ ।  

प्रकाशित मिति: २०७४/६/३१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना