वामपन्थी ध्रुवीकरणको भूकम्प

Bamdev Chhetriवामदेव क्षेत्री (घिमिरे)

 

२००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी ५६ वर्ष पछि फेरि एकीकरण हुने स्थानमा पुगेको छ ।  त्यसबेला स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी, नेपालको लक्ष्य अर्धसामन्ती अर्ध उपनिवेश देशबाट नेपाली जनतालाई मुक्त बनाई जनवादी क्रान्तिमार्फत समाजवाद उन्मुख बनाउने थियो ।  विभिन्न टुक्रामा विभाजन भएर सङ्घर्ष, जनयुद्ध, जनआन्दोलनका सङ्घर्षबाट सामन्तवादको अन्त त भयो ।  अब फेरि अर्थ उपनिवेश वा नव उपनिवेशको अन्त गर्न फेरि नयाँ बहसका साथ नेपालका वामपन्थीको ध्रुवीकरण सहित अगाडि बढ्ने तयारीमा छ ।  यो एकीकरणले वाम इतर शक्तिहरूबीच  तरंग ल्याइदिएको छ ।   यसैगरी वामपन्थीबीच पनि बहसको तरंग र भूकम्पका झट्काहरू मुखरित  भएका छन् ।  यो एकीकरण कसैको कसैमा विलय होइन, एमालेमा माओवादी विलय पनि होइन र माओवादीमा एमाले पनि विलय होइन, यो त ‘ग्रेड डिबेट’ महान् बहसको यात्रामा प्रवेश गरेको हो ।  यो असाधरण एकता र चुनौती दुवैलाई स्वीकार गरेको छ ।  यो परिघटनाले सबैलाई आश्र्चय चकित बनाएको छ ।  यो एकताले खतरा पनि सँगसँगै लिएर आएको छ ।  अस्तित्वको खतरा षडयन्त्रको खतरा, बाह्य हस्तक्षेपको खतरा, आन्तरिक खतरा सहित एक आर्कालाई सिद्धयाउने खतरा पनि हुन सक्दछ तर यो तरंग माओको भनाइ “छलाङको नेतृत्व गर्न चुनौती र सम्भावना दुवै छ तर कम्युनिस्टहरू चुनौतीलाई पनि सम्भावनात्मक रूपान्तरण गर्दछन्”, यो भनाइ अहिलेको घटनाक्रमसित सम्बन्ध छ ।  
यो तरंग या भूकम्पको नेतृत्व गर्न चुनौतीहरू छन् यो निर्णय सही थियो या गलत थियो भन्ने आधार के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको अवस्था, नेपाली कम्युनिस्ट आन्दोलनको परिस्थितिलाई हेर्दा यो निर्णय नितान्त आवश्यक थियो ।  यो निर्णय क्रान्तिकारी निर्णय नै थियो ।  हामीले शहीद, बेपत्ता घाइतेहरूको योगदानमा  समाजवाद उन्मुख संविधान निर्माण गरेका छौँ ।  संविधानलाई कार्यान्वयन गर्न र जीवनमा परिवर्तन ल्याउन पनि वर्ग परिवर्तन गर्न आवश्यक थियो ।  अब बन्ने सरकार बहुमतको हुने र स्थिर सरकारबाट प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक सदनबाट जाति, वर्ग, क्षेत्र लिङ्ग लाई समावेशी समानुपातिक बनाउन र समाजिक न्याय, समतामूलक समाज निर्माण गर्न संविधान संशोधन गर्न पनि यो आवश्यक थियो ।  यो एकताबाट थुप्रै प्रश्न उठेका छन् मुख्यतः यसको उद्देश्य भनेको माक्र्सवादबाट विचलित नहुने, समाजवादबाट विचलित नहुने र स्वाधीनताको रक्षा र संविधानको कार्यान्वयन मुख्य रहनेछ ।  
अहिलेको वामपन्थी एकीकरणमा थुप्र्रै वैचारिक मतभिन्नताहरू छन्, माओवादी केन्द्र, माक्र्सवाद लेनिनवाद र माओवादलाई पथप्रर्दशक सिद्धान्त मान्छ भने, एमाले माक्र्सवाद, लेनिनवादलाई मात्र पथप्रदर्शक सिद्धान्त मान्छ ।  एमाले बहुदलीय जनवादलाई मान्छ भने, माओवादी केन्द्र २१ औं शताब्दीको जनवाद नयाँ तरिकाबाट स्वीकार गर्दछ ।  माओवादी केन्द्र वर्ग सङ्घर्षमा विश्वास राख्छ भने एमाले वर्ग समन्वयकारी दिशामा छ ।  यिनी विविध वैचारिक बहसको बाबजुद पनि वर्ग सङ्घर्ष विचार सङ्घर्षको वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय सन्दर्भमा पार्टी पुनःनिर्माण गर्ने प्रश्न वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक क्षेत्रमा नयाँ विकास र नयाँ संश्लेषणसँग अगाडि बढ्ने योजना सहित महान् बहसको यात्रामा वामपन्थी एकीकरण अगाडि बढ्ने स्थितिमा छ ।  यो ऐतिहासिक यथार्थलाई र आवश्यकतालाई गम्भीरतापूर्वक आत्मसात् नगरी समाजवादी क्रान्तिको रणनीति अन्तर्गत क्रान्तिकारी एकीकृत पार्टी र क्रान्तिकारी नेतृत्वको विकास सम्भव छैन,  त्यसैले यो चुनौतीको नेतृत्व गर्ने तयारी भएको छ ।  हामीले वैचारिक रूपले हेर्दा  १८ औं शताब्दी र १९ औँ शताब्दीमा भएको औद्योगिक क्रान्तिको जगमा पुँजीवाद उदार लोकतन्त्र र समाजवाद एक दलीय अधिनायवादका विचारहरू विकसित भएर आए यसले राजनीतिक रूपमा आर्थिक रूपमा र सांस्कृतिक रूपमा प्रभाव पा¥यो ।  अहिले यिनी दुवै विचारधारा संकटको अवस्थामा छन् र विश्वमा वैचारिक संकट देखापरेको छ ।  
नेपालमा पनि २००६ सालमा स्थापित कम्युनिस्ट पार्टी २०१३ साल पछि छिन्नभिन्न हुँदै एउटा धार झापा सङ्घर्षको दिशामा अगाडि बढ्यो भने अर्को धार चौथो महाधिवेशनको रूपमा अगाडि बढ्यो चीनलाई हेर्ने दृष्टीकोणमा दुवैको भिन्न भिन्न दृष्टिकोणहरू थिए ।  २०२८ साल देखि ०३८ सालसम्म झापा विद्रोह नेकपा माले हाल एमाले क्रान्तिकारी देखिन्थ्यो भने चौथो महाअधिवेशन सुधारवादी थियो ।  ०३८ पछि माले सुधारवाद संसदीय व्यवस्थातिर ढल्कियो भने चौथो अधिवेशन समूह विभाजित पनि भयो र क्रान्तिकारी देखियो ।  यो रफ्तारबाट अगाडि बढेको कम्युनिस्ट धार अहिले ५६ वर्ष पछि एकै ठाउँमा उभिन तयार भएका छन् ।  यिनीहरूका अतिरिक्त साना साना दलहरू पनि छन् तिनीहरू पनि ध्रुवीकरण हुन आवश्यक छ ।  अब माक्र्सवादलाई देशको परिस्थिति वस्तुगत स्थिति अनुसार अगाडि बढाउनु पर्ने नै हुन्छ ।  
यो वामपन्थी एकीकरणले माक्र्सवादलाई स्वीकार गरेको छ, समाजवाद उन्मुख संविधानलाई कार्यन्वयन गर्ने दृढता व्यक्त गरेको छ ।  राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै बहसलाई अगाडि बढाउने स्वीकार गरेको छ ।  समाजवादी क्रान्तिलाई मुख्य लक्ष्य बनाएको छ ।  समाजवादको पक्षपोषण गर्ने नेपाली काङ्ग्रेसले भनेको छ, पुँजीवादी उदार लोकतन्त्रवादीले पनि भनेका छन्, अमेरिकी धनाढ्य राष्ट्रपति ट्रमले पनि समाजवादकै कुरा गरेका छन् तर नेपाली कम्युनिस्टहरू समाजवादको आदर्शलाई नयाँ युगमा यथार्थ र नेपाली समाजको मौलिकतामा परिभाषित गर्ने समाजवादको बहस गर्नेछौँ ।  मुख्यतः समाजवादीको जन्म १९ औँ शताब्दीमा माक्र्सवाद विचारको जन्मसँगै औद्योगिक क्रान्तिको युगको विपन्न सर्वहारा वर्गको दयनीय र प्ररम्भिक पुँजीवादलाई आधार बनाएर माक्र्सले समाजवादको विकास गर्न खोज्नु भएको हो ।  रुस पूर्वी युरोप लगायत संसारका धेरै देशमा एक शताब्दी लामो यसको अभ्यास भयो  तर राज्य नियन्त्रित समाजवादमा थुप्रै समस्या देखापरे ।  त्यसैले यसबारे मानवीय स्वतन्त्रतामा आधारित कुनै पनि किसिमको रुढीवाद, वंशवाद, संकुचन नभएको आफ्नो जीवनशैली खुसीसाथ रोज्ने स्वतन्त्रता सहितको समाजवादको आवश्यकता हो ।  त्यसमा मानिसको उन्नतिको आधार ज्ञान सीप क्षमता मेहनत र विवेकमा भर पर्दछ ।  यसका साथै सामाजिक न्याय पूर्वाधार विकास, शिक्षा स्वास्थ सार्वजनिक स्वामित्व प्रति दायित्वबोध हुने समाजवादको कल्पना गर्न पर्दछ ।  जसमा सुव्यवस्थित र समृद्ध सांस्कृतिक वैचारिक आर्थिक तथा राजनीतिक बहुलता र गम्भीर विविधतामा प्रगाढ एकताको समायोजन र परिस्कृत समाजवादको बारेमा बाह्य आवश्यकता हो ।  

प्रकाशित मिति: २०७४/६/३१

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना