महँगियो माला

malaकाठमाडौँ, कात्तिक २ गते । तिहारमा फूलमालाको माग बढेपछि मूल्य पनि बढेको छ । भारतबाट आयात गरिएको सयपत्री फूल होलसेलमै ६० रुपियाँ परेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । होलसेलमै एउटा मालालाई ६० रुपियाँ परेपछि बजारमा आउँदा एउटा मालाको एक सय ५० रुपिँयादेखि दुई सयसम्म पर्ने बताइएको छ । 

विगतमा होलसेलमा ४० रुपियाँमा आयात गरिएको थियो भने अहिले होलसेलमा ६० रुपियाँ परेकोले महँगो हुने एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो, उहाँले भन्नुभयो । अहिले गर्मी घटेन र वर्षात्मा पनि पानी धेरै परेकाले फूल होलसेलमै महँगो पर्न गएको हो, पानी धेरै भयो भने सयपत्री फूलको राम्रो उत्पादन हुँदैन ।
तिहारका अवसरमा करिब १२ करोड रुपियाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारका लागि १५ लाखवटा फूलका मालाहरू व्यवसायीले खरिद गरेका छन् । एउटा माला ८० रुपियाँका दरले बिक्री गरिए पनि १५ लाखवटा मालाको १२ करोड रुपियाँको कारोबार हुनेछ ।
१५ लाखवटा मालामध्ये सयपत्रीको ११ लाख, मखमलीको तीन लाख, गोदावरी, गुलाफलगायत अन्य फूलको माला एक लाखवटा मालाको कारोबार हुने अनुमान छ । सयपत्रीका तीन लाखवटा माला भारतबाट आयात गरिएको छ भने बाँकी आठ लाख माला नेपालमै उत्पादन हुने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार मखमली, गोदावरी र गुलाफको माला नेपालमै उत्पादन हुन्छ । मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर रहेको एसोसिएसनले जनाएको छ । वार्षिक तीन करोड ६५ लाख रुपियाँ बराबरको फूल तथा मालाहरू नेपालबाट बाहिरिने एसोसिएसनले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसनले तिहारबाहेक नेपालमा वार्षिक एक अर्ब ७१ करोड बराबरको फूलको कारोबार हुने
जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना