देवकोटा तिमी अजर छौं, अमर छौँ

विनायकप्रसाद धिताल

 

वि.सं. १९६६ मा जन्मेर २०१६ मा देह त्याग गरेका महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका धरोहर नै हुन् । उनका कृतिहरू भित्र पसेर पहिलोपल्ट भेटिने देवकोटा थोरै सरल र धेरै दुष्कर लागे पनि सामान्य पाठकले समेत पहिले अनुभव गर्ने कुरा उनको कलमको शक्तिशाली वेग नै हो । कहिल्यै नसुक्ने, अविरल बगिरहने हिमनदी जस्ता लाग्छन् उनी ।
सिर्जनशील उर्वर र विलक्षण काव्यात्मक प्रतिभाका धनी देवकोटाको जीवन दर्शनको कृतिमा पहिलो अनङ्कृत भाव, प्रेमपूर्ण र सौन्दर्ययुक्त छ । उनको विद्रोही चेतनाभित्र सुन्दर संस्कारको कल्पना भेटिन्छ । त्यहाँ अराजनीति, कुसंस्कार, धोकाबाजी, अमानवीय कुकृत्य चिच्याउन पाइँदैन । व्यङ्ग्यभित्र सुधारको प्रशस्त अपेक्षा पाइन्छ । उनी निराशावादी कवि होइनन् । पूर्ण आशावादी र पूर्ण सकारात्मक सोचका कवि हुन् । उनी फूलभित्र सुगन्ध र सुन्दरता मात्रै होइन, ईश्वरको हाँसो देख्छन्, भिखारी कृतिमा बुद्धत्वको प्रेरणा पाउँछन् । “गरीब” कविता मा “गरीब भन्छौँ ? सुखको मझैँ धनी, मिल्दैन संसार कतै पनि” भनेर सन्तोषले हासेको भेट्छन्, मानव सेवामा नै ईश्वरत्व प्राप्त हुने कुरा नबुझेर भौतारिएको तिर्थ यात्रीलाई ईश्वरको रूप देखाउँछन्, अनि पागलले सत्यता ओकलेको सुन्छन् । त्यसैले उनी अङ्ग्रेजी साहित्यका महान् रोमान्टिक कवि वर्डस्वथर्थझैँ प्रकृतिमा रमेका देखिन्छन्, शेलीझैँ वैचारिक आँधी बोकेर हिँडेका पाइन्छन्, अनि किरणझैँ “सुन्दर नै सत्य र सत्य नै सुन्दर” मा आनन्दित भएको पाइन्छन् ।
उनको पारिवारिक वातावरण भने उनको कवि हृदयलाई अनुकूल र प्रेरणादायी नै थियो । ज्ञान हासिल गर्न आफैँ हृदय सक्रिय हुनुको साथै पारिवारिक वातावरण पनि सहयोगी हुन अति आवश्यक छ भन्ने यथार्थ महाकवि देवकोटाबाट पाइन्छ । आफ्ना पिता तिलमाधव देवकोटा स्वयं संस्कृतका विद्वान् भएकाले उनको पे्ररणामा महाकविले स्तुतिपाठका किताब, संस्कृतका अमरकोश, रघुवंश आदि किताब अध्ययन गर्दै गए । पिताको पुराणावाचन कला, कविता प्रेमी भावना र दाजु लेखनाथको अङ्ग्रेजी शिक्षाको प्रेरणाबाट उनी प्रभावित भएको देखिन्छ । पारिवारिक वातावरण उनको कवि हृदयलाई अनुकूल र प्रेरणादायी नै थियो । उनको कविŒव भावना व्यक्त भएको क्षण चाहिँ १० वर्षको हुँदा अर्थात् वि.सं. १९७६ सालमा आफ्नी जेठी भाउज्यूकै भाकामा “म त अभागिनी पो भएँ” लेखिदिएका र कुनै बेला त्यही कविता तिलमाधवले देखेर लक्ष्मीप्रसादलाई भावनात्मक लेखाइ राम्रो भएकोमा धाप मारे, स्यावासी दिए । पति परायणा भाउज्यू माथि सौता ल्याउँदा लक्ष्मीप्रसादलाई चित्त बुझेन र मर्माहत जस्तै नै भई दोस्रो चिठी लेखिदिए “घनघोर दुःख संसार जानभाइ, नगरे घमण्ड कहिल्यै मर्नु छ हामीलाई । ” बेला–बेलामा देवकोटामा विप्लवी प्रवृत्ति, क्रान्तिका आँधीबेहेरी नै देखिए पनि उनका कृतिको गहिराइमा पुगेर छिचोल्न सकेमा उनी उच्च ऋषि मनका व्यक्तित्व मानवतावादी र उच्च सामाजिक सुधारवादी मुर्धन्य व्यक्ति देखिन्छन् । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” अर्थात् चन्द्रमा छुने, चन्द्रमामा पुग्ने जस्ता दिव्यकल्पना, उत्साह र उद्देश्य नेपालीमा हुनुपर्छ भन्ने उनको धारणा थियो । एउटा सञ्जोग नै भनौँ उनी जुन दिन दिवङ्गत भए, त्यसैदिन रुसको लुना चन्द्रयानले चन्द्र लोकमा प्रवेश गरिन् ।
धेरैले साहित्यलाई आनन्द र शोखको विषय बनाए पनि देवकोटाले चाहिँ आाफ्ना कृतिमार्फत साहित्यलाई समाज रूपान्तरणको महŒवपूर्ण साधन बनाएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भाइचाराको सम्बन्ध, नयाँ परिवर्तनको चेतना जागृत गर्न सिंहनाद गरे । अन्तर्राष्ट्रिय क्षेत्रमा देवकोटाले कमाएको ख्याति यहाँ स्मरण योग्य छ । दार्जिलिङ बसाइँमा देवकोटा टिस्टा नदस् पुगे । कुनै साहित्यिक विज्ञले टिस्टाकने विषयमा कविता लेखिदिन अनुरोध गर्दा त्यसै पुलमा उभिएर तत्काल नै अङ्ग्रेजी भाषामा चालीस श्लोक कविता लेखिदिए । वि.सं. २००९ मा देवकोटा र बालकृष्ण सम अपतन साहित्य परिषद्को निम्तोमा सिक्किम जाँदा त्यहाँका राजा तासी न्यामगाल ले दुवैलाई भव्य स्वागत गरे । देवकोटाले राजाको स्वागतमा खुसी हुँदै तत्काल नै चौध हरफको अङ्ग्रेजी भाषाको कविता ‘टु द हाइनेस सर राजा तासी न्यामगाल महाराजा अफ सिक्किम’ शीर्षकमा कविता लेखेका उल्लेख पाइन्छ । वि.सं. २०१० मा रुमानियामा सम्पन्न चतुर्र्थ विश्व युवा महोत्सवमा भाग लिन देवकोटा त्यहाँ पुगे, आफ्नो काव्य वाचन, कला र भाषणले सबैलाई मुग्ध बनाए, प्रशंसित भए, प्रतिभाशाली व्यक्तिको रूपमा प्रतिष्ठित भए । त्यसै सिलसिलामा अन्यत्र देशमा जहाँ–जहाँ पुगे आफ्नो काव्यात्मक प्रतिभामार्फत सबैलाई प्रफूलित तुल्याए । भारतका महापण्डित राहुल सांकृत्यायनले एकपटक हिन्दी साहित्यका तीन प्रख्यात कविरत्न पन्त, प्रसाद, निरालाका एक रूपमा समेटिने नेपालका लक्ष्मीप्रसाद देवकोटा हुन भनि उच्च मूल्याङ्कन गरेर देवकोटालाई सम्मान दिँदै महाकविको पगरी गुथाए । देश विदेशका विभिन्न ख्यातिप्राप्त साहित्यकारले उनको प्रशंसामा निकै शब्द खर्च गरेका पनि पाइन्छन् ।
फराकिलो निधार, अग्लो कद, कालो घुग्रिँएको पछाडितिर लम्किएको कपाल देवकोटाको शारीरिक व्यक्तित्वको परिचय थियो । त्यस्ता व्यक्तित्वसँग भर्खर मात्र दैलो उघारेर बाहिरको संसार देख्न पाएका नेपाली समाजको उनी प्राज्ञिक, शिक्षा मन्त्री, शिक्षित र विभिन्न पदमा आसिन व्यक्ति थिए । त्यस्ता प्रतिभावान् व्यक्तिलाई कसै–कसैले गरिबको पाटोमा राखिदिए, जुन कत्ति पनि ठीक थिएन । प्रतिष्ठित मध्यम वर्गीय परिवारमा जन्मिएर हुर्किएका, संयुक्त घर जग्गा काठमाडौँमा भएका, विभिन्न कालखण्डमा सरकारी पदमा आसिन भएका, केही समय शिक्षा मन्त्रीसमेत भएका, विभिन्न पदबाट महिनावारि तलब तथा पारिश्रमिक बुझेका, घरमा दुई वटा भैँसी र भात पकाउने मानिस राखेको, राणाजीका छोरा छोरी, अन्य व्यक्तिलाई समेत ट्युसन पढाएका व्यक्तिलाई गरिब भन्नु अतिसयोक्तिभन्दा अरू के हुन्छ र ? वि.सं. २००९ अघि कवि आफैँले साँढे दुई वर्षमा असी हजार कमाएको उल्लेख गरेका छन् ।
राणा शासन कालमा नायब सुब्बा तहको पदको निकै दबदबा हुन्थ्यो, सामाजिक रूपले प्रतिष्ठित र तलब पनि मासिक एक सय रुपियाँ । यो तलब निकै नै आकर्षक मानिन्थ्यो तर देवकोटा त ‘ट्युसन’ बाट नै धेरै धनाढय राणा विद्यर्थीबाट एकै दिनमा एक सय लिन्थे । अनि आफ्नी श्रमिती मनदेवीले छोरीको बिहे गर्न एक हप्ता बाँकी हुँदासम्म आर्थिक जोहो नगरेकोमा दुःख पुकारा गर्दा त्यसमा नआत्तिकन सुझाउँदै उनीलाई एक बट्टा फूलमार चुरोट पसलेसँग उधारो माग्न लगाएर चुरोट उडाउँदै एक रातमा “कुञ्जिनी खण्डकाव्य” राम्रो अक्षरमा लेखेर तत्कालीन बुक सेलर भक्तबहादुरलाई दिँदा भक्तबहादुर खुसी हँुदै देवकोटालाई रु. ५०० (पाँच सय) को थैली दिएका र त्यही रुपियाँ विवाहको निमित्त खर्चिएको वास्तविकता पनि देखिन्छ । त्यस्तै बनारसमा बस्दा सौभाग्य पुस्तकालयका कविता धेरै रचिने हुँदा सो सबै लिन आर्थिक अवस्था नहुँदा र बुकसेलरसँग बुकसेलरकै इच्छाबाट एक कविताको चार आनाका दरले नगद प्राप्त गरेका र केही समयपछि कविको कविता धेरै रचिने हुँदा सो सबै लिन आर्थिक अवस्था नहुँदा एक÷एक महिनामा मात्र कविता लिने जानकारी गराएको कुरा महाकविका आर्थिक प्रसङ्गबारे बेलाबेलामा चल्ने कुरा हुन् ।
पण्डित पुराणवाचक तिलमाधव देवकोटाका परिवारमा जेठा छोरा लेखनाथ सरकारी सेवाअन्तर्गत सुब्बा पदमा, महिला देवीमाधव सिपाही पदमा, साँहिला महाकवि देवकोटा, काँहिला मित्रनाथ त्रिचनद्र कलेजका गणित प्राध्यापक, ठाइँला मधुसुदन प्रथमतः वित्तीय संस्था बैङ्कमा र पछि सञ्चार क्षेत्रमा रेडियो नेपालमा अङ्ग्रेजी समाचार वाचक थिए । त्यस्तो परिवार र खासमा महाकवि लक्ष्मी प्रसादलाई गरिबको पाटोमा राख्न र उनलाई लक्ष्मी अथवा धनले कहिल्यै साथ दिएनन् भन्ने भावना व्यक्त गर्नु कत्ति पनि सुहाउँदैन । खास तात्पर्यमा कवि देवकोटा खर्चालु, मनमोजी तथा दयावान थिए । अर्थ व्यवस्थापन पक्षममा उनी साह्रै कमजोर थिए, जसले गर्दा समय–समयमा उनलाई पैसाको ज्यादै अप्ठ्यारो पथ्र्यो । त्यही आधारमा नै उनलाई गरिबको पगरी लगाइएको हो भन्दा सायद अत्युक्ति नहोला । क्यान्सरजस्तो घातक र अत्यन्त खर्चिलो रोगबाट पीडित भएपछि भने उनका अवस्था दयनीय हुन पुग्यो ।

 

प्रकाशित मिति: २०७४/७/२

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना