राजनीतिक संक्रमणै संक्रमण

 khim lalखिमलाल देवकोटा

 

आवधिक समीक्षाको छुटटै महìव छ ।  हरेक काम र परियोजनाको आवधिक समीक्षा गर्ने गरिन्छ ।  राजनीति सबै नीतिहरूको मूल नीति भएका कारणले यसको समीक्षाको महìव अधिक छ ।  राजनीतिको अवधिक समीक्षा संक्रमणकालमा झन् महìवको हुने गर्दछ ।  विगतको समीक्षा र वर्तमानको आँकलनका साथै भविष्यको योजना आवधिक समीक्षाको विषय हुनु पर्दछ ।  
संक्रमणै संक्रमणको मुलुक नेपाल
स्थिरता र विकास नेपाली जनताका अपेक्षा हुन् तर यसको ठीक विपरीत अस्थिरता र अविकास नेपाली राजनीतिका विशेषता बनेका छन् ।  अविकास र अस्थिरता संक्रमणकालका विशेषता हुन भनेर नेपाली राजनीतिमा एक प्रकारको थेगो नै बनाइएको छ र स्थिरता र विकास संक्रमणकालमा सम्भव छैन भन्ने पुष्टि गर्न खोजिँदैछ ।  त्यसो भए स्थिरता र विकासको बाधक संक्रमण कालको अन्त कहिले हुन्छ नेपाली जनताले प्रश्न गर्छन् र जवाफमा अबका दुई चुनाव पछि भन्ने गरिन्छ ।  नेपाली राजनीतिको संक्रमणको अन्त अबका निर्वाचन पछि हुन्छ भन्ने धेरै मानिसको बुझाइ छ तर मेरो बुझाइमा नेपाल संक्रमण नै संक्रमणको मुलुक हो ।  यो चुनाव पछि पनि अर्को प्रकृतिको संक्रमणको आरम्भ हुनेछ ।  नेपालले संक्रमणबाट मुक्ति दलहरूका यिनै गतिविधि र यस्तै तरिकाले कहिल्यै पाउने देखिन्न ।  राणा काल पूर्व पनि र राणाकाल पछि पनि नेपालमा स्थिर शासन कहिल्यै भएन ।  राणा शासनको १०४ वर्ष र पञ्चायतका ३० वर्ष शासनका हिसाबले स्थायी भए पनि शासकका हिसाबले तिनले पनि पूरा अवधि भोग गर्न पाएनन् ।  पञ्चायतको राष्ट्रिय पञ्चायत होस् वा २०४६ पछिको संसद् दुवैले अकालमा विघटन हुने पीडा भोगे भने प्रधानमन्त्री पनि कसैले पूरा कार्यकाल उपभोग गर्न पाएनन् ।  गणतन्त्र पश्चात् पनि त्यही पीडा मुलुकले बेहोर्न बाध्य भयो ।  नयाँँ संविधान पछि पनि चार वर्षमा चार सरकार उत्पादन गर्ने भयो ।  यसैले नेपाल संक्रमणै संक्रमणको मुलुक हो भन्ने कुराको पुष्टि यिनै परिघटनाहरूका आधारबाट गर्न सकिन्छ ।  
गठबन्धन अभ्यासको दृश्य
नेपाली राजनीति विभाजन र टुटफुटकै संस्कृतिबाट अघि बढेको अवस्था हो ।  एकीकरण र ध्रुवीकरण त विरलै मात्रै हुने गरेका छन् ।  भएका एकीकरण र ध्रुवीकरण पनि चिरस्थायी बन्न सकेका छैनन् ।  यसै क्रममा स्थानीय निर्वाचनका सन्दर्भमा काङ्ग्रेस माओवादीको गठबन्धन एकातिर थियो भने अर्कोतर्फ एमाले र राप्रपाको गठबन्धन बन्यो अर्कोतर्फ नयाँँ शक्ति र सङ्घीय समाजवादी फोरमको गठबन्धन बन्न पुगेको थियो ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भने उपरोक्त गठबन्धनहरू भत्किए र नयाँँ गठबन्धन बन्न थालेका छन् ।  नयाँ गठबन्धनका सन्दर्भमा पनि केही स्वाभाविक र केही अस्वाभाविक लाग्ने खालका परिघटनाहरू देखा पर्न थालेका छन् ।  वाम गठबन्धनको घोषणा भयो, यो गठबन्धन लामो समयको तयारीमा सम्भव भएको भए पनि झ्वाट्ट हेर्दा आकस्मिक जस्तो पनि देखियो ।  प्रचण्ड, बाबुराम र केपी ओलीको राष्ट्रियसभा गृहको गर्जनले नेपाली राजनीतिमा नौ रेक्टर स्केलको भूकम्प ल्याइदियो र प्रतिक्रिया स्वरूप लोकतान्त्रिक गठबन्धनले पनि आकार लियो ।  लोकतान्त्रिक भनिएको गठबन्धनमा अति दक्षिणपन्थी राजावादीहरूसँगै अग्रगामी दावा गर्ने बाबुराम भटटराईको संलग्नता नेपाली राजनीतिको अस्वाभाविक लाग्ने आकस्मिक र अनपेक्षित परिघटना नै भएका छन् ।  चिनिया पक्षले वाम गठबन्धन बनाइदियो भनेर अत्तालिँदै लोकतान्त्रिक गठबन्धन बनाउन पुगेको काङ्ग्रेसका लागि भारतीय पक्षको साथ छ भनिएको थियो तर माओवादी कम्युनिष्ट बिम्ब बनाएका बाबुरामको यो गठबन्धनमा प्रवेशले धेरैका अनुमानहरू गलत ठहरिन पुगेका छन् ।  गठबन्धनहरू सिद्दान्तका लागि भएनन् केवल सत्ताका लागि भए भने त्यसका लागि खुशी हुनपर्ने कुनै कारण छैन ।  एजेण्डाका लागि बन्ने गठबन्धन सैद्धान्तिक पनि र तुलनात्मक रूपमा स्थायी पनि हुने गर्दछन् तर सत्ता स्थार्थ र पदीय भागबण्डाका लागि बनाइएका गठबन्धनहरू सत्ता स्वार्थमा समस्या आउनासाथ भत्कने सम्भावना रहिनै रहन्छ ।  जेहोस् कहिल्यै नबनेका गठबन्धन यतिबेला बनेका छन् ।  यिनले आफ्नो औचित्य आफँै पुष्टि गर्न जरुरी छ जो आगामी दिनमा देखापर्ने नै छ ।  
मधेशीहरूको गठबन्धनको चर्चा
माओवादी जनयुद्ध र संयुक्त जनआन्दोलनको सफलता पश्चात् बनेको अन्तरिम संविधानका विरुद्धमा थालिएको मधेश आन्दोलन नेपाली राजनीतिमा समीक्षा गर्न पर्ने विषय हो ।  गौर हत्याकाण्डसँगै नेपाली राजनीतिमा चम्किएका उपेन्द्र यादव र २०४६ पछि सधँै सत्ताको वरिपरि नै रहेका गच्छेदार, महन्थ र हृदेशहरूको गठजोडमा फोरम बन्नु र संविधानसभाको पहिलो निर्वाचनमा मजबुत तेस्रो शक्ति बन्नु अनौठो जस्तै थियो ।  त्यस यताका एक दशक लगभग दर्जन चिरामा विभाजित उक्त शक्ति फेरि एक हुनु र यसका लागि भारतीय आशीर्वाद छ भन्ने चर्चा हुनु नेपाली राजनीतिको अर्को महìवपूर्ण पक्ष हो ।  अधिक जनघनत्व भएको प्रदेश र दक्षिणी छिमेकीको पहुँच र प्रभावमा बाहुल्य रहेको राजपाको यो अर्कै स्वरूप नेपाली राजनीतिको समीक्षा गर्न लायक पाटो हो ।  यो गठबन्धनको औचित्य नेपाली जनताको स्थिरता र विकासको चाहनाका लागि कति कामयावी हुन्छ भन्ने कुरा नै प्रमुख कुरा हुनेछ ।  यो गठबन्धन आफँै कति स्थिर हुन्छ भन्ने कुराका आधारमा सिंगो नेपालको स्थिरताका निम्ति यसले के कस्तो भूमिका खेल्नेछ भन्ने पनि आँकलन गर्न सकिन्छ ।
ज्ञानेन्द्रको कथन
नेपाली राजनीतिको संक्रमण लम्ब्याउन योगदान गर्ने प्रमुख मध्येकै एक पात्र हुन पूर्व राजा ज्ञानेन्द्र ।  सायद ज्ञानेन्द्रको त्यो मूर्खता नेपाली राजनीतिमा नउदाएको भए नेपालमा गणतन्त्र यति छिटो आउने थिएन भन्नेहरू धेरै छन् ।  नकारात्मक भए पनि गणतन्त्र प्राप्तिका लागि उनको योगदान उल्लेखनीय छ भन्ने गरिन्छ ।  विगत जेसुकै भए पनि यतिबेला ज्ञानेन्द्र संविधानसभाको पहिलो बैठकले संविधानले तोकेको प्रक्रिया बमोजिम लोकतान्त्रिक तरिकाले अन्त गरिएका अन्तिम राजा हुन् ।  उनी अहिले अर्को व्यवस्था आफँैले नगर्दासम्म केही समयका लागि सरकारले उपलब्ध गराएको नागार्जुन दरबारमा बसोबास गर्दछन् ।  गणतन्त्रको घोषणासँगै नागरिक जीवनमा फर्केका ज्ञानेन्द्र तिहारको मौका छोपेर नेपाली राजनीतिमा नेतृत्वको संकट देखाप¥यो अब मैले नेतृत्व लिने बेला आयो ।  त्यसका लागि म तयार छु भन्ने अभिव्यक्ति अहिले निकै चर्चाको विषय बनेको छ ।  स्थिरता र विकास नेपाली जनताको चाहना हो ।  त्यो चाहना पूरा गर्न ज्ञानेन्द्रको यो अभिव्यक्ति सहयोगी हुन्छ कि हुँदैन नेपाली राजनीतिमा समीक्षा गर्ने विषय हो ।  संविधानसभाको सिङ्गो हलले संवैधानिक प्रक्रिया बमोजिम अन्त गरिएको राजतन्त्रले नेतृत्व लिने कुरा गर्नु मात्रै पनि संविधान विपरीत हुन्छ यदि त्यो सामान्य नागरिकका हिसाबले पूर्व राजाको हैसियत समेत त्यागेर लोकतान्त्रिक प्रक्रियाबाट आउन संविधान कानुनको रोकतोक छैन ।  तर जनताको विश्वास जित्ने र आफ्ना कर्मले सो कुरा पुष्टि गर्ने चुनौती उनैमाथि छ जो असम्भव प्रायः देखिन्छ ।  तर ज्ञानेन्द्रको यो चुनौती यतिबेला आएको छ जतिबेला नेताहरू एक एक पदका निम्ति झगडामा व्यस्त छन् ।  ज्ञानेन्द्रले खडा गरेको चुनौतीको राजनैतिक रूपमा सामना गर्ने कि आफ्नो पद सत्ता र भागबण्डामा केन्द्रित भै त्यसैमा रमाउने भन्ने कुराको छनोट गर्ने बेला सबै जिम्मेवार नागरिकका भागमा परेको छ ।  नेतृत्वले ख्याल ठट्टा ठान्न हुँदैन र निहित स्वार्थमा डुब्न हुँदैन ।  
नेतृत्वको संकट
पञ्चायतका ३० वर्षलाई नकारात्मक बिम्ब बनाएर थालिएको राजनीतिले सफलता हासिल गर्दै गर्दा तिनै नेताहरूका हातमा देश आएको पनि ३० वर्ष पुग्दै छ ।  पञ्चायतका ३० वर्षको तुलना स्थिरता र विकासका दृष्टिले बहुदलकालीन ३० वर्षको हुन थालेको छ ।  यस अवधिमा नेतृत्वमा रहने उनै नेतृत्व पङ्क्ति आलोपालो सत्ता सञ्चालनमा रहेका छन् ।  देश आर्थिक वृद्धिका दृष्टिले शून्यतर्फको यात्राआरम्भ पनि यति नै बेला भयो ।  सर्वाधिक वैदेशिक हस्तक्षेपको सामना पनि यति नै बेला गर्नपर्ने भयो ।  विकास र स्थिरताका बारेमा सबैभन्दा चिन्ता गर्ने पनि यति नै बेला भयो ।  संक्रमणकाललाई बाहाना बनाए पनि विकासका लागि संक्रमणकाल अवसरै अवसर बनेर आएको उदाहरण पनि विश्वमा प्रशस्तै छन् ।  तर दुर्भाग्य संक्रमणकाललाई अवसरका रूपमा लिन सकेन ।  संक्रमणकाल लाई उचित ढंगले व्यवस्थापन गर्न सकेन फलत देश निर्धन र गरिब नै रह्यो ।  बेला बखतमा आइपरेका समस्याहरूको समाधान पनि गर्न सकेन ।  यसैले नेपालमा नेतृत्वको संकट परेको छ भन्ने निष्कर्ष निकाल्न थालिएको छ ।  नेतृत्वको संकट भन्नेहरूका लागि पनि चुनौती यही छ कि वर्तमान नेतृत्व असफल भन्नका लागि सफल नेतृत्व दिन हिम्मत गर्न जरुरी छ ।
सकारात्मक निष्कर्ष
हो, नेपाल संक्रमणै संक्रमणको मुलुक हो ।  संक्रमणको यो घडीमा आसन्न निर्वाचनका लागि वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन सँगै मधेशी गठबन्धन बनेका छन् ।  वाम र लोकतान्त्रिक गठबन्धनले मधेशी राजावादी र वैकल्पिक राजनीतिका लागि थालिएका भनिएका राजनैतिक अभियानहरूलाई पनि तान्ने कोसिस गरेका छन् ।  परम्परागत राजनीति र पार्टीहरूको औचित्य सकियो भन्नेहरू नयाँको आफ्नो औचित्य पुष्टि गर्ने चुनौती झन् ठूलो छ ।  परम्परागत पार्टीहरूको पुरानै रुझान र प्रतिगामी शक्तिहरूको बेलाबखतको बर्बराहटमा उनीहरू फेरि पनि वैकल्पिक राजनीतिको औचित्य पुष्टि गर्ने उपयुक्त बेला आएको छ भन्ने कुरा ताजा घटनाहरूले नै पुष्टि गर्दछ ।  जे होस् जसले जे भने पनि लोकतन्त्रमा निर्वाचन नै मापक मानिन्छ ।  जस्तोसुकै निर्वाचन प्रणाली भए पनि हार जितको फैसला निर्वाचनले गर्दछ र निर्वाचनको परिणाम स्वीकार्न बाध्य पारिन्छ ।  निर्वाचनको परिणाम स्वीकार नगर्नेलाई अलोकतान्त्रिक भन्ने गरिन्छ ।  निर्वाचनमा शक्तिको छनोट गरिन्छ सत्यको हैन भन्ने कुरा भने हेक्का राखिन्न ।  आसन्न निर्वाचनले जारी संक्रमणकालको अन्त गर्ने अपेक्षा गरिन्छ ।  यो अपेक्षाका साथ बनेका गठबन्धनहरू सिद्धान्त मान्यता र आदर्शहरू भत्काउने माध्यम नबनून् ।  गठबन्धनहरू मान्यताका आधारमा चलून् र लोकतन्त्रविरुद्धका कुनै पनि षडयन्त्र र हर्कतहरूको सामना गर्न सकून् ।  यसैमा देशको राजनीतिको र समाजको स्थिरता अडेको छ ।  स्थिरताले विकासको मार्ग प्रशस्त गर्नेछ ।  

 

प्रकाशित मिति २०७४/७/७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना