अक्टुबर क्रान्तिका १०० वर्ष

hasta bdr kcहस्तबहादुर केसी


सन् १९१७ अक्टुबर २५ का दिन महान्  रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको हो । मानव जातिको इतिहासमा, विश्वकम्युनिस्ट आन्दोलनको इतिहासमा महान् रुसी अक्टुबर समाजवादी क्रान्ति एक युगान्तकारी क्रान्ति थियो, जुन क्रान्ति सोभियत सङ्घको कम्युनिस्ट पार्टी (बोल्सेविक) को नेतृत्व र विश्व सर्वहारावर्गका महान्् नेता भ्लादीभिर इल्विचको अगुवाई र निर्देशनमा सम्पन्न गरिएको थियो ।
संसारमा इतिहासमा पहिलो पटक मजदुरवर्गको नेतृत्वमा भएको यो क्रान्तिले राज्यव्यवस्थाको भौतिक चरित्रमा नै परिवर्तन गरि शोषक वर्गको स्थानमा शोषित वर्गले राज्यसत्ता कब्जा गरेकाले यसले इतिहासको क्रमलाई नै महान् परिवर्तन गरिदिएको थियो । त्यसैले यसलाई महान्् अक्टुबर क्रान्ति भनिन्छ । सन् १७८९ मा फ्रान्समा भएको राज्य क्रान्तिले राजतन्त्रात्मक सामन्तवादी युगलाई समाप्त गरी जुन पुँजीवादी युगको स्थापना गरिदिएको थियो तर, अक्टुबर क्रान्तिले त युगलाई नै परिवर्तन गर्ने र इतिहासलाई उलटफेर गर्ने एक महान्् क्रान्तिकारी परिवर्तनकारी काम गरेको थियो । यस क्रान्तिले विश्वभरका उत्पीडित राष्ट्र र मुक्तिकामी जनताको हौसला बढाएको थियो । क्रान्ति र परिवर्तन तथा मुक्तिको आशावादलाई बलियो बनाएको थियो र क्रान्तिकारी नैतिकताको मनोबललाई उच्च उठाएको थियो भने प्रतिक्रियावादीहरूको मनोबल गिराई दिएको थियो ।
महान्् रुसी अक्टुबर समाजवादी क्रान्ति रुसी भूमिमा सम्पन्न भएको यही २०१७ अक्टुबर २५ (वि.सं. २०७४  कार्तिक ८ गते ) १०० वर्ष पूरा हँुदैछ । एक सय वर्ष भनेको ज्यादै लामो समय हो, एउटा सिंगो युग हो । महान्् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न भएको यस १०० वर्षका बीचमा मानव समाजमा, विचारधाराका सन्दर्भमा, राजनीतिक व्यवस्थाहरूमा, प्रकृति जगतमा समेत धेरै परिवर्तन भइसकेका छन् । विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ नयाँ विकास र खोज गरेर मानव जातिले यस विश्व मानव समाजमा अत्यन्तै ठूलठूला प्रगति र उन्नति गरिरहेका छ । सूचना प्रविधिको विकासले आज विश्वलाई नै एउटा सानो विन्दुमा पु¥याइसकेको छ ।
यद्यपि महान्् अक्टुबर समाजवादी क्रान्तिबाट निर्माण गरिएको सोभियत मोडेलको समाजवाद माथि प्रतिक्रान्ति भएर रुसमा पुँजीवादको पुनःस्थापना भएको पनि धेरै वर्ष भइसकेको र त्यहाँ  विसंगतिले भरिपूर्ण एक कुरूप पुँजीवादको विकास भइरहेको यथार्थ भए पनि यस महान्् रुसी अक्टुबर समाजवादी क्रान्तिको महìव र त्यसको ऐतिहासिकता अरू बढेर गएको छ । आजको युग साम्राज्यवाद र विश्वसर्वहारा वर्ग बीचको भीषण वर्ग सङ्घर्षको युग भएकाले यस महान्् अक्टुबर क्रान्तिको महìव झनै बढेर गएको छ । लेनिनले संश्लेषण गर्नु भएको साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण सङ्घर्षको युगमा कुनै परिवर्तन र फेरबदल भएको छैन । सन् १९१७ अक्टुबर समाजवादी क्रान्तिले सोभियत रुस र सोभियत जनताका साथै संसारकै एउटा ठूलो भूभाग र जनसंख्यालाई साम्राज्यवादको उत्पीडनबाट मुक्ति दिलाएको थियो ।  त्यस क्रान्तिले जसको प्रेरणा संसार भरका उत्पीडित राष्ट्र र जनताले अनुभूत गरेका थिए ।
क्रान्तिका लागि क्रान्तिकारी विचार र क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता माक्र्सवादको आधारभूत सिद्धान्तभित्र पर्दछ । क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी कम्युनिस्ट पार्टी क्रान्तिकारीका लागि प्रारम्भिक सर्त भएकाले अक्टुबर क्रान्तिको प्रभावले विश्वभरका उत्पीडित राष्ट्रहरू र मुक्तिकामी जनसमुदायलाई उद्वेलित गरायो । क्रान्तिका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माणको आवश्यकताको महसुस गरायो । राष्ट्रिय स्वाधीनता र सामाजिक मुक्तिका लागि विश्व जनतालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको आवश्यकतालाई घनीभूत बनायो ।
महान्् रुसी अक्टुबर समाजवादी क्रान्तिको प्रभाव विश्वभर फैलियो, कम्युनिस्ट पार्टी निर्माण गर्ने ऐतिहासिक लहर नै चल्यो । त्यसपछि एसिया, अफ्रिका, युरोप, ल्याटिन अमेरिका लगायत विश्वका कैयौँ देशमा एक पछि अर्को गर्दै कम्युनिस्ट पार्टीहरू जस्तै जर्मन कम्युनिस्ट पार्टी (१९१८), भारतमा– हिन्दुस्तान कम्युनिस्ट ग्रुप (१७ अक्टोबर १९२० रुसमा), भारतीय कम्युनिस्ट पार्टी (सन् १९२८), भियतनामी कम्युनिस्ट पार्टी (१९२०), मङ्गोलियन कम्युनिस्ट पार्टी (१९२०), चिनियाँ कम्युनिस्ट पार्टी (१९२१), जापनिज कम्युनिस्ट पार्टी (१९२२) लगायत विभिन्न कम्युनिष्ट पार्टी निर्माण भए ।  यस्तै  नेपाल कम्युनिस्ट पार्टी वि.सं. २००६ साल वैशाख ९ गते (२२ अप्रिल १९४९ भारतमा) निर्माण भयो  ।  
पूर्वी युरोपका २० औँ देशहरूमा सोभियत मोडेलको समाजवादको स्थापना गरियो ।  चीन, उत्तर कोरिया, भियतनाम, कम्बोडिया लगायतका देशहरूमा जनवादी तथा समाजवादी क्रान्तिहरू सम्पन्न भए ।  सन् १९४५ मा उत्तर कोरिया र भियतनाममा क्रान्ति सम्पन्न भयो । सन् १९५९ मा  क्युबामा क्रान्ति सम्पन्न भयो भने चीनमा माओको नेतृत्वमा सन् १९६६ देखि १९७६ सम्म सञ्चालित महान्् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भयो । यो अवधिमा विश्वको भूगोलको ठूलो भूभाग र जनसंख्या सामन्तवाद र साम्राज्यवादको पञ्जाबाट मुक्त भए ।
यसै प्रक्रियामा सन् १९५०–१९५३ सम्म चलेको विश्वकै चर्चित कोरियाली युद्ध भयो र उत्तर कोरिया स्वाधीन भयो ।  त्यस्तै सन् १९६५ देखि शुरु भै सन् १९७३ सम्म अमेरिकासँगको भीषण गृहयुद्धमा भियतनामले पनि स्वाधीनता प्राप्त ग¥यो ।  अक्टोबर क्रान्तिको    यस १०० वर्षको अवधिका क्रममा पेरुको सशस्त्र जनयुद्धका साथै सन् ९० को दशकमा शुरु भएर १० वर्ष सम्म चलेको नेपालको सशस्त्र जनयुद्धले पनि ठूलो उत्कर्ष प्राप्त गरेको थियो र जसका कारण नेपालमा ठूलै राजनीतिक परिवर्तन हुन पुग्यो । यस अतिरिक्त फिलिपिन्स, बर्मा, बंगलादेश, पाकिस्तान, टर्की लगायतका देशमा जनमुक्ति सेनाको निर्माण समेत गरेर सशस्त्र सङ्घर्ष सञ्चालन गर्ने तयारी भएका थिए । भारतमा आज पनि भारतीय कम्युनिस्ट पार्टी
(माओवादी) को नेतृत्वमा सशस्त्र जनयुद्ध भीषणमा अगाडि बढिरहेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र परिचालनको सवालमा महान्् अक्टुबर क्रान्तिले दिएको अर्को महìवपूर्ण शिक्षा के हो भने  क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त र क्रान्तिका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता पर्छ भन्ने औँल्यायो ।  यस्तै क्रान्तिका लागि ठोस परिस्थितिको ठोस विश्लेषण र क्रान्तिकारी पार्टी निर्माण र त्यसको परिचालनको निम्ति जनवादी केन्द्रीयताको सिद्धान्तको आवश्यकतालाई पनि महसुस गरायो  । यी महìवपूर्ण सर्तहरू पालना र प्रयोग गरेर महान् लेनिनको नेतृत्वमा महान्् अक्टुबर क्रान्ति सम्पन्न भएको थियो । यी  माक्र्सवादी प्रस्तावनाहरूलाई पालना नगर्ने कम्युनिस्ट पार्टीहरूले क्रान्ति सम्पन्न गर्न पनि सक्तैनन् र कम्युनिस्ट पद्धति भित्रको, सर्वहारावर्गको अधिनायकत्व अन्तगर्तको कम्युनिस्ट शासन प्रणालीलाई जोगाई राख्न सक्तैनन् भन्ने कुरा पुष्टि गरिदिएका छन् । क्रान्ति सम्पन्न गर्न र प्रतिक्रान्तिलाई रोक्नका लागि महान्् लेनिन र स्टालिन जस्ता नेताहरू र बोल्सेविक जस्तो लौह अनुशासित कम्युनिस्ट हुनुपर्दो रहेछ भन्ने शिक्षा महान्् अक्टुबर क्रान्तिले पाठ पढायो ।  रुसमा महान्् लेनिन र स्टालिन जस्तो क्रान्तिकारी उत्तराधिकारी निर्माण हुन नसक्नु र चीनमा माओ जस्तै क्रान्तिकारी उत्तराधिकारी निर्माण हुन नसक्दा विश्व कम्युनिस्ट आन्दोलनमा र विश्व समाजवादी शिविरमा ठूलो क्षति पुग्न गयो र यो आन्दोलन आजसम्म पनि रक्षात्मक स्थितिमा रहन बाध्य भएको छ ।
नेपालमा आजसम्म पनि नयाँ जनवादी क्रान्ति सम्पन्न हुन सकिरहेको छैन । यस क्रान्तिले मात्र वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने ढोका खोली दिने हो तर त्यो भएको छैन ।




प्रकाशित मिति: २०७४/७/८

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना