हर्षोल्लासका साथ मनाइँदै छठ


chathसप्तरी कात्तिक ९ गते ।   अपार श्रद्धाभक्तिका साथ मनाइने महान् पर्व छठ मङ्गलबारदेखि सुरु भएको छ ।  तराई क्षेत्रका मैथिल महिलाले विशेष महìवका साथ  मनाउँदै आए पनि  हाल सबै जातजातिले यो पर्व मनाउन थालेका छन् ।  
कात्तिक शुक्लपक्षको षष्ठीमा मनाइने यो पर्व चार दिनसम्म मनाइन्छ । कात्तिकको चौथीदेखि यो पर्व मनाउन सुरु गरिन्छ र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत् समापन गरिन्छ । पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई अरबा–अरबाइन वा नहाई खाई भन्ने गरिएको छ । यो दिनमा व्रतालुले नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् । व्रतालुले भोजनमा माछामासु लसुन प्याज र कोदोजस्तो वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन् ।    
पञ्चमी तिथिको दोस्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालु दिनभरि निर्जल व्रत बस्ने गर्छन् र साँझ पख नुहाएर चोखो भई पूजा कोठामा नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रूपमा विशेषगरी पाकेको केरा र खीरलाई लिइन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई खीर चढाई  प्रसादको रूपमा ग्रहण गर्छन् । यो दिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्ने परम्परा रहँदैआएको बताउनुहुन्छ मैथिल साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र ।   
उहाँका अनुसार षष्ठीका दिन तेस्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी पीठोबाट विभिन्न गुलिया खाद्य साम्रगी बनाइन्छ । छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ ।  जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाले निकै सतर्कता अपनाउने गर्छन् ।
षष्ठी तिथिका दिन साँझ व्रतालुले सन्ध्याकालीन अर्थात् अस्ताउन लागेको सूर्यलाई प्रसाद स्वरूप अर्घ दिन पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन् । सोही क्रममा व्रतीले दुवै हत्केलामा पिठार (चामलद्वारा बनाइएको) र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउँदो सूर्यलाई अर्पण गरिन्छ ।
पर्वको चौथो अर्थात् अन्तिम दिनलाई पारन भनिन्छ । यो दिन बिहान उषाकालमा व्रत गर्ने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।
महाभारत ग्रन्थमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेको कुरा उल्लेख रहेको पण्डित रामकुमार शास्त्री बताउनुहुन्छ ।  उहाँका अनुसार उक्त समयमा पाण्डव मिथिलाका विराट राजाको क्षेत्रमा बास बसेको उल्लेख छ  ।  लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।  सूर्य पुराण अनुसार सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुवात भएको कुरा उल्लेख गरिएको छ ।
यसैबीच पर्सा लगायत तराईका जिल्लामा छठ पर्वको रमझम देखिएकोे छ ।  तराईमा भव्य रूपमा मनाइने छठ पर्व हिन्दुको महान् पर्व तिहारपछि आउनेगर्दछ ।  छठ पर्वको आगमनसँगै पर्वको तयारीमा गाउँका चोकचोकमा छठको गीत सुन्न पाइन्छ भने सबै मानिस छठ पर्वको सरसामानको जोहो गर्न र छठ घाटको सरसफाईमा नै व्यस्त रहेको देख्न पाइन्छ ।  सबै क्षेत्रमा महँगाई बढेसँगै विगतका वर्षमा भन्दा यस वर्षको छठपर्व महँगो हुने भएको छ ।  छठ पर्वमा विगतका वर्षभन्दा यस वर्ष छठ घाट सिँगार्ने काम महँगो भएको हो ।   
पर्सा जिल्लामा छठ पर्वका लागि वीरगञ्जको घडीअर्वा पोखरी, स्विमिङ पुल परिसर,  रानीघाट, छपकैया पोखरी, मुर्ली पोखरी, नगवा लगायतका स्थानमा सिँगार्ने काम जोडतोडका साथ भइरहेको छ भने पर्साका ग्रामीण क्षेत्र अन्तर्गत मधुवनी, प्रसौनी, पकहामैनपुर, सबैठवा, लहावरथकरी जयमङ्गलापुर, पोखरिया, धोबिनी, गम्हरिया, लगडी लगायतका छठघाट यतिखेर दुलही झैँ सिँगारिँदै गरेको देखिन्छ ।  
छठ घाटमा पण्डाल, झिलीमिली बत्ती र साउन्ड सर्भिसमा लाखौँ रकम खर्च गरिँदै आएको पर्सा लँगडीका लालबाबु बानियाले बताउनुभयो ।  विशेष गरी हिन्दु महिलाले मनाउने छठ पर्वको तयारीमा महिलालाई भ्याई नभ्याई भएको वीरगञ्ज–१५ भिस्वाकी पूजा सिंहले बताउनुभयो ।   
महिला छठको पूजा सामग्री जुटाउन र किनमेल गर्नमा व्यस्त रहेका छन् भने कोही महिला सामूहिक रूपमा माटोको चुल्हो बनाउने लगायत छठमा आवश्यक पर्ने सामग्री सङ्कलन गर्नमा व्यस्त रहेका देखिन्छन् ।  छठ पर्वलाई आस्था र निष्ठाको पर्व, सन्तान प्राप्ति तथा सुखसमृद्धि, शान्ति, आत्मीयता र सद्भावको प्रतीकको पर्वका रूपमा लिइनेगरेको पर्सा वीरगञ्ज–१५ की व्रतालु शोभा चौधरीले बताउनुभयो ।
 महाभारतकालमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी द्रौपदीले सूर्यको आराधना गरेको किंवदन्ती रहेकाले महाभारतकालदेखि नै छठ पर्वको सुरुवात भएको विश्वास गरिन्छ ।   त्यस्तैगरी अत्रि मुनिकी पत्नी सती अनुसुयाद्वारा सर्वप्रथम छठ पूजा गरिएको प्रसङ्ग सूर्य पुराणमा समेत उल्लेख भएको पाइन्छ ।
यसैगरी छठ मनाउने क्रममा नदी तथा तालमा स्थानीयवासीको ठूलो भीड लागेको छ ।   विभिन्न गाउँपालिका र नगरपालिकामा छठ मनाउनेको खोला, पोखरी, नदी र नहरमा यस्तो भीड देखिएको छ ।  
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व मङ्गलबार ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।  
मुख्यतः सुनसरीको सप्तकोसी नदी, बूढी खेला, सुनसरी खोला, धरानको सर्दु खोला, नहर, सानो बूढी खोला, बर्जुताल, शङ्कर ताल, विभिन्न पोखरी सहितका दर्जनौँ पोखरी सजाइएको छ ।  त्यस्तै यहाँको गडन खोला, धनउष्णा खोला,  मरिया धार, सुकमाइर धार, कोसी कटानमा व्रतालुको भीड देखिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना