तराईका ग्रामीण किसान पशुपालनतर्फ

सुरेशकुमार यादव

सिरहा, कात्तिक १० गते ।  अहिले पनि गाउँघरतिर सरकारी जागिरको आकर्षण देखिन्छ तर सरकारी जागिर भनेपछि हुरुक्कै हुने मान्यतालाई कतिपय ठाउँमा युवाले भत्काउँदै गइरहेका छन् ।  
त्यस्तै भएको छ सिरहाको इटाटार गाविसमा ।  यहाँ कतिपय युवाले जागिर छाडेर भने कतिपय वैदेशिक रोजगार छाडेर कृषि पेसा अपनाएका छन् ।  विगत १८ वर्षदेखि सरकारी जागिरमा रहे पनि मुस्किलले घर व्यवहार चलाउन सकेका मनोज यादव कृषि पेसामा लागेपछि अब उहाँसँग कुनै समस्या छैन ।  उहाँको जीवन खुसी खुसी वितिरहेको छ ।  सिरहा औरही गाउँपालिका इटाटारका ३९ वर्षीया मनोज यादव आराधान पशुपालन फर्म सञ्चालन गरेर गाईपालन सुरु गर्नुभएको छ ।  
हाल उहाँ जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति) मा आन्तरिक लेखा परीक्षकको रूपमा कार्यरत हुनुहुन्छ तर त्यो जागिरले घरपरिवार धान्न नसकेपछि पशुपालनमा लाग्नुभएको हो ।  दुई वर्षअघि दुइटा गाईबाट गाईपालन सुरु गर्नुभएका उहाँको गाई फार्ममा १३ वटा गाई रहेका छन् ।  ती गाईमध्ये छवटाले मात्र दूध दिइरहेका छन् जसबाट दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ ।
हालसम्म सो फर्ममा १३ लाखभन्दा बढी लगानी गरिसक्नुभएका मनोज यादवले भन्नुभयो, फर्मबाट मासिक वा वार्षिक कति आम्दानी भएको छ त्यसको कुनै हिसाबकिताब छैन तर अब त्यसमा पुँजी लगाउनु परेको छैन ।  फर्मका आम्दानीले फर्म सञ्चालन तथा घरव्यवहार चलाउन कसैको मुख ताक्नु परेको छैन । ’  cow_3
फर्म सञ्चानलन नहुँदासम्म जागिरले छोराछोरीका पढाइ खर्च तथा घरव्यवहार चलाउन पनि मुस्किल पथ्र्यो, अब त्यो समस्या अन्त्य भएको उहाँले बताउनुभयो ।  छोराछोरीको पढाइ खर्चदेखि लिएर घर व्यवहार पनि यसैबाट हुने गरेको बताउँदै मनोज यादवले भन्नुभयो, अहिले बचत छैन तर एक वर्षभित्रमा दुई सय लिटर दूध उत्पादन गरी मासिक दुई÷तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । ’
मनोज यादवका चारजना छोराछोरी छन् ।  जेठी छोरी बीबीएमा पढ्दैछिन् भने अर्को प्लस टु, अर्को नौ र चार कक्षामा पढी रहेका छन् ।  
मनोज यादव फर्म खोले पनि जागिर छाड्नु भएको छैन ।  फर्मको रेखदेख उहाँका श्रीमती रामप्यारी देवी यादवले गर्नुहुन्छ ।  जागिरको समयबाहेकका समय मनोज आफैँ पनि फर्ममै काम गर्नुहुन्छ ।  उहाँले पशुपालन फर्मलाई सोचेजस्ता व्यवस्थापन गर्न सकिरहेको छैन ।  यो फर्मलाई अझै व्यवस्थापन गर्न सके, दूध उत्पादनमा वृद्धि हुनुको साथै नमुना फार्मको रूपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।  कृषि पेसामा गाईपालन नै मात्र किन रोज्नुभयो भनि जिज्ञासामा उहाँले पहिलो कुरा गाईलाई धर्मका हिसाबले पनि सम्मानित नजरले हेर्ने गरेको छ, गाईलाई सेवा ग¥यो भने धर्म पनि हुने मान्यता छ ।  त्यसैगरि, गाईपालन गर्दा केही खेर जाँदैन, गाई गोबर, मुत्र पनि काम लाग्छ ।  त्यसैगरि दूध, दही पनि खान पाइन्छ त्यसले स्वस्थ्य शरीर रहन्छन् र लगानीअनुसार फाइदा पनि हुन्छ ।  त्यही भएर गाईपालन गरेको बताउनुभयो ।  
ग्रामीण भेगमा यसप्रकारको कार्य गर्ने सोच नै थोरैमा हुन्छ, त्यसमध्ये मनोज यादव पनि एक हुनुहुन्छ ।  त्यहाँ परम्परा ढङ्गबाट गाई पाल्ने, भैंसी पाल्ने, बाख्रा पाल्ने, खेती गर्ने र त्यो नभए खाडी मुलुक जाने चलन छ तर मनोज यादवले फर्म खोलेर उदाहरणीय कार्य गर्नुभएको भएको छ ।  उहाँको गाई फार्म हेरेर अन्य युवा पनि गाई पालनतिर आकर्षण हुन थालेका छन् ।  
किसानले केही गरे पनि सरकारको तर्फबाट त्यसका लािग कुनै सुविधा नदिएको दावी गर्दै मनोज यादवले गाईको दानाका लागि भारतको भरपर्नु परेको बताउनुभयो ।  अर्काे ठूलो समस्या भनेका बजारीकरण हो ।  उत्पादन भएको दूध पनि स्थानीय बजारमा बिक्री हुँदैन ।  
उहाँले भन्नुभयो, सरकारले कृषिमा विभिन्न अनुदान दिएका छन्, तर त्यसको अनुगमन तथा व्यवस्थापन राम्रो नभएको कारणले अनुदान रकमको सदुपयोग भएको छैन ।  अनुदान दिएर मात्र हुँदैन त्यसलाई सही अनुगमन गरी व्यवस्थापन पनि गर्नुपर्छ । ’ १३ वटै गाईको बीमा गराउनुभएका मनोज यादवले किसानका लागि बीमा कार्यक्रम बरदान सावित भएको बताउनुभयो ।  मनोज यादवले पनि गोठे सुधार कार्यक्रम अन्तर्गत पशु कार्यालयबाट दुई लाख रुपियाँ अनुदान लिनुभएको छ ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना