लमजुङमा उत्तराद्र्ध साहित्य बहस

बेँसीशहर, लमजुङ, कात्तिक १० गते । ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्थामा लेखिने साहित्य विषयमा लमजुङबाट बहसको थालनी गरेका छन् ।

‘मेरो राष्ट्र मेरो ध्येय’ नारासहित कला–साहित्य यात्रामा लमजुङ आइपुगेका साहित्यकारले आज बँेसीशहरमा उत्तराद्र्ध साहित्यबारे विचारविमर्श गर्नुभएको हो ।

नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष एवं साहित्यकार मोमिला जोशीले उत्तराद्र्ध साहित्यमार्फत ज्येष्ठ नागरिकको मनोविज्ञान र अवस्था साहित्यमा कसरी प्रस्तुत भइरहेको छ भन्ने नयाँ बहस शुरु गरिएको बताउनुभयो ।

1509091400143_SP_Lamjung_20171027_Sahitya Gosthi (1)_1

‘ कार्यक्रममा उत्तराद्र्ध साहित्यः परिकल्पना, विश्व परिदृष्य र सम्भावनाबारे त्रिभुवन विश्वविद्यालयका अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक केशव सिग्देलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले साहित्यलाई दिगो विकाससँग जोड्दै लैजानुपर्नेमा जोड दिनुभयो । उत्तराद्र्ध साहित्य लेखनबारेको बहस सकारात्मक रहेको यसलाई सांगठनिक रुप दिन आवश्यक रहेको उहाँले भनाइ थियो ।

सर्वोदय सेवा आश्रमसँग मिलेर शुरु गरिएको साहित्य यात्राका लागि राजधानीबाट २५ साहित्यकार सम्मिलित टोली लमजुङ आएको छ । यात्राअन्तर्गत बँेशीसहर, ज्येष्ठनागरिक आश्रम तार्कुघाट हर्राबोटमा सिर्जना उत्सव गरिएको छ । ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा शनिबार साहित्यिक कार्यक्रम राखिएको सर्बोदय सेवाश्रम लमजुङका अध्यक्ष कृष्णराज ओलियाले बताउनुयो ।

राष्ट्रव्यापी ठाडोभाका दोहोरी गीत प्रतियोगिता

भेडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको देहान्त भएको ४५ औँ दिनको अवसरमा लमजुङ भोटेओडारमा राष्ट्रव्यापी ठाडोभाका खुल्ला दोहोरी गीत प्रतियोगिता भएको छ ।

नेपाल पूर्व प्रहरी संगठन लमजुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको आयोजना, इन्द्रेणी साँस्कृतिक विकास केन्द्रको सहआयोजनामा भएको सो प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखाका गरी २६ समूहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सुन्दरबजार– ६ को समूह प्रथम, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँ दोस्रो, लमजुङ पाचोकको श्रीमन गुरुङको समूह तेस्रो र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाले सान्वना पुरस्कार पाएका छन् ।

प्रथम हुनेले प्रमाणपत्रसहित रु २० हजार, द्वितीय हुनेले रु १५ हजार, तृतीया हुनेले रु १० हजार, तथा सान्वना हुनेले नगद रु पाँच हजार प्राप्त गरेका छन् ।

ठाडोभाका लमजुङसहित गोर्खा, तनहुँ, कास्कीमा गुञ्जने लोपोन्मुख भाका हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना