‘पार्टीले समान रूपमा टिकट वितरण गर्नुपर्छ’

https _cdn.evbuc.com_images_11586691_49709394936_1_original

काठमाडौँ, कात्तिक १० गते । विभिन्न राजनीतिक दलका नेताले मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनामा दलित समुदायलाई प्रत्यक्षतर्फ टिकट उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

दलित महिला संघ (फेडो)द्वारा आज यहाँ आयोजित ‘आसन्न निर्वाचनमा दलित प्रतिनिधित्व, अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा विभिन्न दलका दलित नेताले आफूहरूको पनि पार्टीमा योगदान रहेको र प्रत्यक्ष निर्वाचन लड्नयोग्य भएको भन्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा प्रत्यक्षतर्फ टिकट उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले संविधान संशोधन, काूनन र निर्वाचन प्रणाली संशोधनका लागि दलित समुदायले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य तिलक परियारले प्रतिनिधि सभा र प्रदेश सभामा दलित समुदायको सहभागिता बढाउनका लागि पार्टीभित्र सक्दो पहल भइरहेको बताउनुभयो ।

नेकपा (एमाले)का नेता जीतु गौतमले पैसा र पार्टीको शीर्ष नेतासम्म पहँुच हुनेले मात्र निर्वाचनको लागि टिकट पाउने संस्कारको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

नयाँ शक्ति नेपालका सह–संयोजक दुर्गा सोव, निवर्तमान सांसद टेकु नेपाली, दलित अधिकारकर्मी भक्त विश्वकर्मा, चक्र विश्वकर्मा र (फेडो) का अध्यक्ष कला स्वर्णकारले थप अधिकार प्राप्तिका लागि संयुक्त दलित आन्दोलनको आवश्यकता औँल्याउनुभयो ।

दलित समुदायबाट पहिलो संविधान सभामा ५० जना तथा दोस्रो संविधान सभामा ४० जना सांसदको सहभागिता रहेको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना