मानवीय गतिविधि र ओजोन तह

hemchandra mahatoहेमचन्द्र महतो


 

पृथ्वीको औसत तापक्रम वृद्धिमा भूमिका खेल्ने ओजोन तहको क्षयीकरण पनि एक हो । ओजोन तह क्षयीकरणले वातावरण ह्रास हुनु पेचिलो विषय बन्दै गएको छ । यसले जलवायु परिवर्तनमा थोरै भए पनि हिस्सा ओगटेको देखिन्छ । ओजोन तहको संरक्षणका लागि प्रत्येक वर्ष सेप्टेम्बर महिनामा विश्वभर अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस मनाइन्छ ।  २३ जनवरी १९९५ मा संयुक्त राष्ट्रसङ्घको आमसभाले ओजोन तहसम्बन्धी जनमानसमा जनचेतना बढाउने प्रमुख उद्देश्यले यो दिवस विश्वभर नै मनाउन पारित गरेको थियो ।
ओजोन भनेको अक्सिजनको तीनवटा एटम मिलेर बनेको एउटा मोलेक्युल हो । ओजोन तह प्राकृतिक रूपले पृथ्वीको स्ट्राटोस्फेयरमा समुद्री सतहबाट १५ देखि ५० किलोमिटरको दूरीमा रहेको हल्का निलो रंगको वायुमण्डलको ९० प्रतिशत ओजोन ग्यासको तह हो । यसले सूर्यबाट निस्केको हानिकारक परावैजनी किरणलाई सोस्ने (फिल्टरको) काम गर्दछ अर्थात् यो किरणलाई मानिस बस्ने पृथ्वी सम्म आउन दिदैन । परिणामस्वरूप उक्त खतरनाक किरणले गर्दा हुने छालाको क्यान्सर, आँखाको रोग, सानसाना रुखविरुवाको विकासमा नकारात्मक असर, मुटुको रोग, श्वासप्रश्वास सम्बन्धी रोग, जलमा पाइने प्राणी (माछा) माथि पर्न जाने असर, जैविक विविधता संरक्षणमा असर, मानिस तथा जनावरहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल असर समेतबाट बचाउने गर्दछ । ओजोन तहमा क्षयीकरण भयो भने रुखबिरुवाहरू बाँच्ने दरमा कमी आएर कार्बनडाइअक्साइड सिन्कु कम हुन्छ । फलस्वरूप पृथ्वीको तापक्रममा नाटकीय तवरले वृद्धि भई जलवायु परिवर्तनमा महìवपूर्ण भूमिका खेल्ने कुरा नकार्न सकिन्न । सन् १९१३ मा ओजोन तहको बारेमा फ्रान्सको दुईजना भौतिकशास्त्रका वैज्ञानिकहरू चाल्र्स र हेनरीले पत्ता लगाएका थिए ।
प्राकृतिक रूपमा रहेको उक्त ओजोन ग्यासको तह विकसित मुलुकहरूमा विलाशिता जीवन बिताउने मानिसको शौखको कारणले अत्यधिक प्रयोग हुने रेफ्रिजेरेटर, एयरकन्डिसनजस्ता उपकरणबाट निस्कने क्लोरोफ्लोरो कार्बन, हाइड्रोक्लोरोफ्लोरो कार्बन र  वातावरणीय प्रदूषण, वन विनाश, अवैज्ञानिक खेतिप्रणाली, उद्योग कलकारखानाको विकास आदिका कारणले क्षयीकरण हुँदै गइरहेको छ । सन् १९८५ मा ओजोन तह व्यापक रूपमा क्षयीकरण हुँदैछ भन्ने कुरा पत्ता लागे पछि क्लोरोफ्लोरो कार्बनको उत्सर्जनलाई रोक्नु पर्दछ भन्ने मान्यता अगाडि आउन थाल्यो । यो अवधारणा विकसित भएको तीन दशक भैसके पनि ओजोन तहका विनाशक कारक तìवहरूमाथि नियन्त्रणको प्रयासले अपेक्षित सफलता हासिल हुन नसकेको तीतो यथार्थ हो ।
ओजोन तहको क्षयीकरण वैज्ञानिक प्रक्रियाको कारण हुने गर्दछ । यसमा मानिस नै बढी जिम्मेवार देखिन्छ किनभने मानिसले विलासी जीवन व्यतित गर्न आवश्यक पर्ने उपकरणहरूले चरम मात्रामा क्लोरोफलोरो कार्बन उत्सर्जन गर्दछन् ।  सूर्यको किरणले सो ग्यासलाई क्लोरिनमा परिवर्तन गर्ने गर्दछ । क्लोरिनले ओजोनको अक्सिजनसँग प्रतिक्रिया गरी ओजोन ग्यास मोलेक्युललाई परिवर्तन गरी ओजोन तह घटाउने काम गर्दछ । क्लोरिनको एउटा परमाणुले धेरै ओजोन मोलेक्युलहरूलाई बिगार्ने गर्दछ । क्लोरोफ्लोरो कार्बनको आयु १५० वर्ष हुन्छ । वायुमण्डलमा जति बढी क्लोरोफ्लोरो कार्बन भयो र ओजोन ग्याससँग जति बढी रसायनिक प्रतिक्रिया भयो त्यति नै बढी ओजोन तह क्षयीकरण हुने गर्दछ ।
वायुमण्डलमा ओजोन औसत ३०० डवसन युनिट हुनु राम्रो मानिन्छ । वायुमण्डलमा ओजोनको औषत मात्रा २२० डवसन युनिटभन्दा कम हुनु नै ओजोन होल भन्ने गरिन्छ । ओजोन होल भनेको नै ओजोन तहमा कमी हुनु बुझिन्छ । यसका कारण दक्षिणी गोलाद्र्ध अन्टार्कटिकामा हिउँदे याममा बरफका ढिक्काहरू पग्लिने गरेको पाइएको छ जसलाई वैज्ञानिकहरूले ओजोन तहको क्षयीकरणको  एउटा सूचक नमुनाका रूपमा औँल्याएका छन् । एक वैज्ञानिक अध्ययन अनुसार ओजोन तहमा १० प्रतिशतले कमी भएमा मानिसमा छालाको क्यान्सर हुने सम्भावना ३० प्रतिशतले बढ्दछ ।
हुनत ओजोन तहलाई क्षय गर्ने (घटाउने) उत्पादनहरूलाई रोक्न विश्वभरका देश सन् १९८७ मा मोनट्रियल प्रोटोकल मार्फत्  सहमत नभएका होइनन् । यसलाई रोक्न यस प्रोटोकल अनुसार धेरै प्रयास भएका छन् । पछिल्लो अध्ययन प्रतिवेदन अनुसार सहमत भएका सूचीमध्ये ९५ प्रतिशत ओजन घटाउने पदार्थको उपभोगमा कमी आएको देखिन्छ । यस गतिलाई कायम राख्ने हो भने सन् २०५० देखि २०७५ सम्म ओजोन तह पहिल्यैकै अवस्थामा पुग्ने अनुमान गरिएको छ तर यस गहन विषयमा हाम्रो संवेदनशीलतामा अलिकति पनि कमी आयो भने परिणाम हाम्रो अनुमान गरिए भन्दा बाहिर जान सक्ने सम्भावना उत्तिकै छ ।
ओजोन घटाउने पदार्थहरूको उपभोगमा कमी ल्याउनु नै जलवायु परिवर्तको असरलाई पनि न्यून गर्नमा सहयोग हुनु हो किनभने ओजोन घटाउने पदार्थहरू जस्तै क्लोरोफ्लोरो कार्बन, हाइड्रोक्लोरोफ्लोरो कार्बन आदि रासायनिक तìवहरू पनि हरितगृह ग्यास ( ग्रीन हाउस ग्यास ) नै हुन् । यसले पनि जलवायु परिवर्तन हुनुमा प्रतिकूल भूमिका खेल्दछ भन्ने भनिरहनु नपर्ला । पछिल्लो एक अध्ययन अनुसार मोन्ट्रियल प्रोटोकलबमोजिम ओजोन घटाउने पदार्थहरूको उपभोगमा गरिएको कमीले हरितगृह ग्यास न्यूनीकरण गर्न क्योटो प्रोटोकलभन्दा कम भूमिका खेलेको छैन भनी पुष्टि गरेका छन् ।
 वातावरण संरक्षण गर्नका लागि विद्यमान वर्तमान चुनौतीको कुरा गरिरहँदा मानिसको जीवनलाई सजिलो सरल वातावरण मैत्री बनाउन तथा जलवायु परिवर्तनको असरलाई न्यून गर्न क्लोरोफ्लोरो कार्बन, हेलोन ग्यास उत्सर्जन लगायत ओजोन क्षयीकरण पदार्थको प्रयोगमा प्रत्येक देशमा प्रतिबन्ध लगाउनु पर्दछ । ओजोन न्यूनीकरण गर्ने पदार्थहरूको खपत र उत्पादनलाई घटाउन सक्नु पर्दछ । प्लास्टिकहरूको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउनु, पुनःप्रयोग, प्रशोधन गर्ने पद्धतिमा जोड दिनुपर्ने देखिन्छ । रासायनिक कीटनाशक औषधिहरूको प्रयोगमा रोक लगाई अग्र्यानिक कीटनाशकको प्रयोगलाई बढावा दिनु पर्दछ । ओजोन मैत्री रेफ्रिजेरेटर, एयरकन्डिसनको उत्पादन, कारहरूमा जडान हुने एयरकन्डिसनको मापदण्ड, नीतिगत कानुन निर्माण, प्रभावकारी कार्यान्वयन, चुस्त अनुगमनमा विशेष ध्यान दिनुको साथै वायु प्रदूषणलाई न्यूनीकरण गर्न सके मात्र जलवायु परिवर्तन, विश्व तापक्रम वृद्धिका कारणले सामाजिक, आर्थिक क्षेत्रमा पर्न जाने प्रतिकूल असरलाई रोक्ने प्रयासमा सकारात्मक कदम मान्न सकिन्छ ।

प्रकाशित मिति: २०७४/७/११


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना