मस्र्याङ्गदीमा ¥याफ्टिङ: रौनक घट्यो, आम्दानी सुक्यो

नवीनराज कुइँकेल

लमजुङ, कात्तिक १२ गते ।  बेग गतिमा बगेको नदीमा तैरिनुको मजा बेग्लै हुन्छ ।  अझ साहसीका लागि डुङ्गामा तैरीएर बग्नु त झन मज्जा ! त्यसैले होला गर्मी मौसममा चिसो पानीमा यात्राको मज्जा लुट्न केही वर्ष पहिले मस्र्याङ्दी नदीमा जलयात्रीको घुइँचो लाग्थ्यो ।  फागुनदेखि जेठ र मध्य असोजदेखि मङ्सिरसम्म समूहगत (¥याफ्टिङ) र एक्लै (कायाकिङ) का लागि दौडिएका डुङ्गाले मस्र्याङ्दी नदी ढाकिन्थ्यो ।
कुनै बेला मस्र्याङ्दी, साहसी विदेशी जलयात्रीका पहिलो रोजाइमा पथ्र्यो, किनभने त्यसबेला यो नदी ¥याफ्टिङका लागि नेपालकै उच्च श्रेणीको मानिन्थ्यो ।  ¥याफ्टिङ फस्टाउन थालेपछि नदी किनारमा सयौँ होटल निर्माण भए ।  सिजनका बेला मस्र्याङ्दी किनारमा हजारौँले रोजगारी पाउँथे ।  त्यसबेला मस्र्याङ्दी किनारको रौनक नै बेग्लै थियो ।
तर, अहिले मस्र्याङ्दी किनार सुनसान बनेको छ ।  ¥याफ्टिङ व्यवसायीका अनुसार सातवर्ष यता मस्र्याङ्दीमा जलयात्रा गर्नेको सङ्ख्या शून्य छ ।  लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाका अनुसार ¥याफ्टिङका लागि विदेशी जलयात्री आउन छोडेपछि मस्र्याङ्दी किनारमा खोलिएका होेटल प्रायः बन्द भइसकेका छन् । raafting
दस वर्ष अघिसम्म जलयात्री लमजुङको सदरमुकाम बेसीसहरबाट भुलभुले हुँदै ङादी पुग्थे र त्यहाँबाट ¥याफ्टिङ गर्दै फर्कन्थे ।  बेसीसहर–चामे सडक बन्नु अघि बेसीसहरबाट भुलभुलेसम्म डुङ्गा बोकाएर लगिने हुँदा रोजगारीको पनि राम्रै अवसर जुट्ने गथ्र्यो ।  कोही कोही त भुलभुलेबाट स्याँगेसम्म पुगेर लामो दूरीको ¥याफ्टिङ गर्दथे ।  अहिले स्याँगेसम्म मोटर गुड्न थालेको छ तर जलयात्री आउन छाडेका छन् ।
¥याफ्टिङका पथप्रदर्शक युवराज अधिकारीका  अनुसार मस्र्याङ्दीको ¥याफ्टिङ लमजुङको भुलभुलेबाट सुरु भएर चितवनको नारायणगढ पुगेपछि टुङ्गिन्थ्यो ।  भुलभुलेदेखि नारायणगढसम्मको ¥याफ्टिङ्  पाँच दिन लाथ्यो ।  तनहुँको खैरेनीमा मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण भएपछि तीन दिनमा छोटिएको जलयात्रा लमजुङको उदीपुरमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना बनेपछि  झनै छोटियो ।  अहिले मस्र्याङ्दीका विभिन्न ठाउँमा जलविद्युत् आयोजना बन्न थालेपछि जलयात्रु  पनि आउन छोडे ।  यतिबेला ¥याफ्टिङ् खुदीबाट उदीपुर, पाउँदीबाट तनहुँको विमलनगर र खैरेनीबाट चितवनको नारायणघाटसम्मको झन्झटिलो यात्रा गर्नुपर्ने हुन्छ ।  मस्र्याङ्दीमा बनेका तीन ठूला जलविद्युत् आयोजना र बाढी पहिरोका समयमा अड्किएका ढुङ्गा सफा नगर्दा मस्र्याङ्दीमा ¥याफ्टिङ  गर्न जलयात्री झन्झट मान्ने गर्दछन् ।  जसका कारण जलयात्री पर्यटक नआउँदा मस्र्याङ्दीको रौनक त हराएको छ नै आम्दनी स्रोत पनि गुमेको छ ।
नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा) का अनुसार नेपालमा ¥याफ्टिङ २०२७ सालदेखि सुरु भएर २०३२ सालबाट व्यावसायिक रूप पाएको हो ।  नेपाल भित्रने कुल पर्यटक मध्ये १५ प्रतिशतले ¥याफ्टिङ जाने नाराको अनुमान छ तर २०५६ सालदेखि नेपाल सरकारले ¥याफ्टिङका लागि अनुमति लिनुपर्ने प्रावधान हटाएपछि यसको लेखाजोखा पनि हराएको छ ।   
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना