हुम्लामै थन्कियो रू. छ करोडको जडीबुुटी

jadibutiसिमकोट, कात्तिक १३ गते । मुख्य आयस्रोतका रूपमा रहेको जडीबुुटी हिमाली जिल्ला हुुम्लाबाट निर्यात हुन नसक्दा छ हजारभन्दा बढी यसका सङ्कलक किसान मर्कामा परेका छन् । जिल्ला वन कार्यालयको पञ्चवर्षीय योजनाअनुसार आर्थिक वर्ष ०७३/०७४ मा पाँच सय क्विन्टल जटामसी मात्र निकासी गर्न सकिने प्रावधानकै कारण सङ्कलन भएको जडीबुुटी जिल्लामा कुहिने अवस्था आएपछि किसान मर्कामा परेका हुुन् ।
पाँच क्विन्टल जटामसी सङ्कलन गरेर बिक्री गर्न नपाएका सिमकोट गाउँपालिका वडा नम्बर २ का कलबहादुुर परियारले एक महिनाको परिश्रम खेर गएको बताउनुुभयो । जडीबुुटी व्यापारीबाट ५० हजार अग्रिम पेस्की लिएर जडीबुुटी सङ्कलन गर्न जानुभएका परियारलाई हाल सो जडीबुुटी बिक्री नहुुँदा साहुुको ५० हजार ऋण कसरी तिर्ने भन्ने पिरलो परेको छ । दुुई क्विन्टल जटामसी सङ्कलन गरेर बिक्री नभएको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ का कर्ण रावलले बताउनुुभयो । घरमै थन्किएको जडीबुुटी केही मुसाले र केही कुुहिएर सबै खेर जाँदा एक लाख रुपियाँ घाटा लागेको उहाँले बताउनुुभयो । जडीबुुटी बिक्री नभएपछि किसानले घरघरमा जडीबुुटी त्यत्तिकै राख्नुु परेको छ भने यता व्यापारीको गोदाममा ठाउँ ठाउँमा रोकिएको उहाँले बताउनुुभयो ।
यी दुुई नमुना जडीबुुटी सङ्कलक  प्रतिनिधि पात्र मात्र हुुन सिजनल रूपमा यसरी जडीबुुटी सङ्कलन गरेर बिक्री गरेर कमाइ गर्ने हुुम्ला जिल्लामा छ हजारभन्दा बढी किसान रहेका छन् । जसमा ५० केजीदेखि सात  क्विन्टलसम्म जडीबुुटी सङ्कलन गर्ने किसान भएको जडीबुुटी व्यापार सङ्घका जिल्ला अध्यक्ष रामबहादुुर भण्डारीले बताउनुुभयो । निकासी समस्याले गर्दा डेढ सय क्विन्टल जडीबुुटी खरिद गरेर पनि जिल्लाका विभिन्न गाउँमा थन्किएको उहाँले बताउनुुभयो । यसबाट ५० क्विन्टल कुहिएर, मुसाले खाएर र सुकेर नोक्सान भएको उहाँले बताउनुुभयो । जिल्लाकै मूल्य हेर्दा छ करोड १७ लाख ५० हजार मूल्यको जडीबुुटी जिल्ला बाहिर निकासी हुन सकेको छैन भने यसमा व्यापारीले नेपालगञ्ज र सुुर्खेतमा बिक्री गर्ने मुूल्य जोडिएको छैन ।
जिल्लाकै ठूला जडीबुुटी व्यापारी कल्लने बुढाले आर्थिक वर्ष ०७३।०७४ मा दुुई सय १५ क्विन्टल जडीबुुटी सङ्कलन गरेर निकासी समस्याले गर्दा घरबार नै डुुबेको बताउनुुभयो । निकासी प्रक्रिया खुकुुलो बनाउन  निक्कै  प्रयास गर्दा पनि केही नलाग्दा घाटा बेहोर्न बाध्य भएको व्यापारी बुढाले बताउनुभयो । त्यसै गरी डेढ सय क्विन्टल सङ्कलन गरेका व्यापारी बलवीर शाही, सुुरवीर ऐडी, लालुु रोकाया, कुुन्ज्यामुटु लामा रहेका छन् भने ३० देखि ७० क्विन्टल जडीबुुटी भएका व्यापारी पनि ४० भन्दा बढी भएको अध्यक्ष भण्डारीले बताउनुुभयो । हुम्लाका किसानदेखि व्यापारीसम्मले गरी खाने बाटो बन्द भएको उहाँले बताउनुुभयो । यता हुुम्लाका जनताको आयस्रोतको एक नम्बर माध्यम जिल्लामा भएको जडीबुुटी भए पनि जिल्ला वनको पञ्चवर्षीय वन योजनाले वार्षिक रूपमा जिल्ला बाहिर निकासीका लागि न्यून कोटा निर्धारण गर्दा हुुम्लीको रोजगारी सीधै खोसिएको मात्र छैन अग्रिम पेस्की लिने चलनले गर्दा सयौँ हुुम्ली ऋणीसमेत बनाएको छ ।
जिल्लाबाट निकासी गर्न सकिने पाँच सय क्विन्टल जडीबुुटी भए पनि व्यापार गर्ने हुम्ला जिल्लामा दुुई सय ५० जना व्यापारीको फोम भएकोले गत वर्ष प्रति व्यापारी दुुईदेखि तीन क्विन्टल सङ्कलन तथा छोड पुुर्जी दिनुुपरेको जिल्ला वन कार्यालयले जनाएको छ । यसभन्दा गाउँमा बढी भएको बारे जिल्ला वनले जानकारी नभएको जनाएको छ । आर्थिक वर्ष ०७४।०७५ मा नयाँ पञ्चवर्षीय योजना बन्दै गरेकाले अब यो समस्या हट्ने पनि कार्यालयले जनाएको छ ।
४३ लाखभन्दा बढी राजस्व घाटा
बर्सेनि जिल्ला वन र साविकको जिल्ला विकास समितिले लाखौँ रुपियाँ राजस्व सङ्कलन गर्ने गरेको भए पनि आर्थिक वर्ष ०७३÷०७४ मा यी दुुई कार्यालयले जडीबुटी निकासी नहँुदा ४३ लाख २२ हजार पाँच सय रुपियाँ राजस्व कम भएको छ । यसमा जिल्ला वनले प्रतिकेजी २० रुपियाँ र जिविसले प्रतिकेजी १५ रुपियाँका दरले  जडीबुुटी निकासी शुुल्क लिँदै आएका छन् । यसबाट जिल्ला वनलाई २४ लाख ७० हजार र जिविसलाई १८ लाख ५२ हजार पाँच सय राजस्व घाटा लागेको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना