संस्थागत सुधारको अपेक्षा

मानबहादुर नेपाली

नेपाली जनताको ७० वर्षको आफ्ना प्रतिनिधिमार्फत संविधान बनाउने सपनालाई पूरा गदै संविधानसभाबाट रूपान्तरित संसद्को आयु समाप्त भएको छ ।  सामन्ती राज्य व्यवस्था संस्कारका कारण हेपिएका, थिचिएका, जाति, वर्ग, लिङ्ग भूगोलका आकांक्षा एकैपटक व्यवस्थापन गर्न कठिन भएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र बहुलवादमा आधारित रहँदै समावेशी, समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टीसहित उत्पीडित समुदायमाथि हुने भेदभावको न्यायिक व्यवस्थाका लागि अधिकार सम्पन्न सम्बैधानिक आयोगको व्यवस्थापनसहित नयाँ संविधान निर्माण गर्नु सुखद अनुभूति भएको छ ।  
खासमा संविधान हाम्रो सङ्कल्पको दस्तावेज हो, यसबाट हाम्रो सपना पूरा गर्नका लागि सफल कार्यान्वयन मुख्य चुनौतीको रूपमा हाम्रो सामुमा छ ।  पहिलो दोस्रो संविधानसभामा व्यक्तिगत दलगत गम्भीर भूल त्रुटि कमजोरी देखा परे ।  लोकतन्त्रलाई मूल आदर्श मान्ने अविचलित रूपमा स्थानपनाकालदेखि कसैसँग प्रजातन्त्र र राष्ट्रियताका लागि सम्झौता नगरी सङ्घर्ष गरेको पार्टी नेपाली काँग्रेसको मुख्य दायित्व विगतमा देखिएका भूललाई आफूले पनि सुधार गर्ने गैरलोकतान्त्रिक शक्तिलाई पनि मूल मर्म र भावनामा ल्याउने अभियानका नेतृत्व गर्न आवश्यक देखिन्छ ।  
शक्ति परिवर्तन प्रजातन्त्रमा स्वाभाविक हो ।  यहाँ सधैँ व्यवस्था नै परिर्वतन गर्ने खेल हुन्छ जसको कारण आर्थिक समृद्धिको पाटोमा जाने बाटो नै अवरुद्ध हुन्छ ।  अब सबै जालझेललाई चिरेर लोकतन्त्रको भविष्य बचाउन फेरि सचेततापूर्वक सबै नेपालीले सोच्नुपर्ने बेला आएको छ ।  बाँकी सबै लोकतान्त्रिक राष्ट्रवादी प्रगतीशील शक्तिका बीचमा मेलमिलाप गर्नुपर्ने राष्ट्रिय आवश्यकता छ ।  आगामी दिनलाई अवसरमा बदल्नका लागि हामीले केही आधारभूत कुरालाई तत्काल सुधार्नु पर्छ ।  
समानुपातिक प्रतिनिधित्व – बागलुङका पदमसिंह विश्वकर्मा लोकतन्त्रको सिपाही कुनै अन्य जातिभन्दा क्षमता योगदानमा कमी नभएका बूढो शरीर लिएर दोस्रो संविधानसभामा नेताको खुटामा फाटेको टोपी राख्दै यसपटक मलाई समानुपातिक सांसद बनाउँनुहोस् भन्दै थिए ।  मधेशका बङ्गाली हजार पासवान पनि यसरी नै याचना गरिरहेका थिए तर परिणाममा बाँके र डँडेलधुराबाट सामान्य व्यक्ति समानुपातिक सांसद भए आज उहाँ दुवैजना आर्दश व्यक्ति हाम्रो बीचमा हुनुहुन्न जीवनको सबैभन्दा दुखद क्षण त्यही थियो ।  
बी.पी. कोइरालाले केहीलाई भारतका चर्चित दलित नेता जगजीवन रामको घरमा लैजानु भएछ ।  हजारौँ ढुकुटीको बीचमा एक आलिसान महलमा बस्थे जगजीवन झुपडीमा बस्ने सबै दलित उनी आउँदा जाँदा लाम लागेर ढोग गर्थे ।  जगजीवनको जीवन सुधार भए पनि तर झुपड पाटीमा बस्नेको जीवन जस्ताको तस्तै थियो ।  भारतमा देखिएको आरक्षण सिद्धान्तको गलत प्रयोगले एक नयाँ सामन्ती वर्गको उदय गरायो ।  यसपटक काँग्रेसले समानुपातिकमा पुराना अनुहार नदोहो¥याउने भनेको थियो केही राष्ट्रिय जीवनका व्यक्तिबाहेक तर परिणाम के देखियो थाहा छदैछ ।  समानुपातिक पद्धतिले जसरी भारतमा नयाँ सामन्त जन्मायो त्यसरी नै बिना पुष्ट्याइ कार्यकर्ताले मन नबुझाउँने गरी जागिर जस्तै यसपटक केही पुराना अनुहार दोहो¥याउने नै यो पद्धतिलाई असफल बनाउँनेको सूचीमा पर्ने छन् ।  
बाँँकेमा एमालेबाट निर्वाचित सांसद दलबहादुर सुनार सिफारिसमै परेनन् यस्ता धेरै विकृति छन् दलमा आज किन दलित महिला मधेशी कर्णाली वा गरिब कार्यकर्ता किन समानुपातिकमा जान चाहन्छन् त माओवादी सर्वहाराको कुरा गरे हाम्रोजस्तो गरिबी भएको ठाउँमा फोहोरमा हुर्केको मूलाजस्तै हलकै बढे एकपटक रुकुम रोल्पाको नेताहरूको अध्ययन गर्नुस् लोग्ने प्रत्यक्ष स्वास्नी समानुपातिक सधैँ के योगदान तिनीहरूले मात्र गरे त ।  
राजनीतिलाई व्यापार र व्यक्तिवादी बनाउन सक्ने एक कुलीनवर्गको हालमा छ ।  त्यसैले गरिब, दलित महिला समानुपातिकमा जान बाध्य छन् ।  बारम्बार एकै व्यक्तिले दोहोयाएर अवसर लिदा सबै उत्पीडित समुदायको संविधानमा अपनतको भावना हुन सक्छ यसलाई कानुन र संविधानमा एकपटक भन्दा बढी समानुपातिकमा अवसर पाउँने बाध्यात्मक व्यवस्था गर्नुपर्छ नेपाली काँग्रेसले ।  
राज्यको सम्पत्तिको व्यापक दुरूपयोग ः माओवादीले सशस्त्र द्वन्द्व सुरु गर्दा व्यक्तिगत सम्पतिको उन्मूलन गर्ने जोत्नेको जग्गा पोत्नेको घर भन्नेजस्ता गरिबलाई आकर्षण गर्ने नाराका साथ गएको थियो ।  आज रुकुम, रोल्पामा कम्तीमा ५०० कार्यकर्ता करोडपति भए ।
काँग्रेसमा संस्थागत रूपमा कतै गएर पार्टीमा पैसा ल्याउने भन्र्ने प्रचलन छैन, व्यक्ति भ्रष्ट र खराब छन् ।  अर्को कुरा किसनुजी छाता सुरही टिनको बाक्ससँग प्रधानमन्त्री कार्यालय जानुभयो फर्कदा पनि त्यही लिएर आउँनु भयो ।  मर्दा पनि उहाँको नाममा केही सम्पत्ति थिएन ।  सुशील कोइराला बालुवाटारबाट फर्कदा लगाउने कपडाका साथै ३ वटा मोबाइलसँग फर्कनु भयो ।  मर्दा पनि उहाँको नाममा केही सम्पत्ति देखिएन ।  शैलजा दिदी, भीमबहादुर तामाङ, रामहरि जोशीलगायतका नेता मर्दा कुनै सम्पत्ति देखिएन ।  वि.पी.कोइरालाई, गणेशमानजीलगायत नेता माथि कहिले आर्थिक प्रश्न उठेन आज पनि जीवित नेता सयाँै त्यस्ता छन्, जसका बारेमा मर्दा पनि भोलि प्रश्न उठ्नेवाला छैन ।  
पार्टीको संस्थागत पद्धतिको उल्लघन ः लोकतन्त्रको संस्थागत विकासको लागि पार्टीको वैज्ञानिक व्यावहारिक व्यवस्थापन आवश्यक हुन्छ ।  नेपाली काँग्रेस समय आउँदा आफूलाई बदल्न सक्ने प्रगतिशील क्रान्तिकारी पार्टी हो ।  यसको दार्शनिक पक्ष कुनै जडवा विदेशी नक्कलमा आधारित छैन ।  बी.पी. कोइरालाले नेपालको मौलिकतामा नेपाली काँग्रेसको सिद्धान्तको प्रतिवादन गर्नु भएको थियो ।  हिजो बी.पी. रहँदाको नेपाली समाजको आर्थिक जीवन सामाजिक अवस्था आजभन्दा भिन्न होला केही आज पनि जस्ताको तस्तैहोला यसको अध्ययन गरेर हाम्रो दर्शनमा थप विश्लेषण गर्न सक्छ काँग्रेसले निश्चित गर्ने पद्धति बसाल्न सके काँग्रेसमा त्याग, बलिदानी गर्नेको कमी कहिले हुनेछैन ।  हामी व्यवस्थित हुन सकेका छैनौँ ।  बी.पी. पछि यदि समाजवादको व्याख्या र आवश्यकता देख्ने राजनीतिलाई सम्मानित बनाउने भन्ने रामचन्द्र पौडेल प्रदीप गिरी नरहरि आचार्यलगायत केही नेता मात्र हुनुहुन्छ ।  बी.पी.ले समाजवाद काँग्रेसको आदर्श भनेको गायत्री मन्त्र त होइन होला ।  उहाँले गरिबी, छुवाछूत महिलामाथि भेदभाव, मधेशी, जनजातिमाथि भेदभाव, सामन्तवादी व्यवस्थालाई हेरेर समान्ताका लागि यो सिद्धान्त प्रतिवादन भएको हो ।  आज पनि चुलो छोएको नाममा दलित मारिन्छन्, तराईमा इनारको पानी छुन पाइँदैन यस्तो अवस्थाबाट पार नपाएसम्म कसरी सुर्ध्रन्छ राजनीति ।  

प्रकाशित मिति: २०७४/७/१४

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना