उच्च भेगमा हिउँ पर्न सक्ने

भउचप्रसाद यादव

काठमाडौँ, कात्तिक १५ गते ।  अबको केही दिनसम्म मुलुकभरि मौसम फेरबदल भइरहने छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकको पूर्वी, मध्य तथा पश्चिमी क्षेत्रमा मौसममा परिवर्तन भई पानी र उच्च भेगमा हिउँ पर्ने छ ।  बङ्गालको खाडीको न्यून चापका कारण तुलनात्मक रूपमा पूर्वी क्षेत्रमा बढी प्रभाव देखिएको छ भने पश्चिमी क्षेत्रमा कम प्रभाव परेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बङ्गालको खाडी र बङ्गालादेश आसपासमा बनेको न्यून चापीय क्षेत्र (लो प्रेसर सिस्टम) को प्रभाव तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा एकाएक मौसममा परिवर्तन भएको भन्दै थप्नुभयो, ‘पूर्वीय न्यून चाप र पश्चिमी वायुको दबाबले अझै केही दिन यस्तो मौसम हुने सम्भावना छ । ’
उहाँका अनुसार बङ्गालको खाडी र बङ्गालादेश आसपासमा हुने न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी वायुको प्रभाव केही दिन नेपालमा रहनेछ ।  यो प्रभावका कारण नेपालको मध्यक्षेत्र, पूर्वी पहाडी र पश्चिमी पहाडी क्षेत्रमा बादल लाग्नुका साथै ठाउँठाउँ हल्का पानी पर्नेछ ।  
मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्कलाई उद्धृत् गर्दै मौसमविद् कँडेलले मङ्गलबार मुलुकको पूर्वी क्षेत्रको धेरैजसो भूभागमा पानी परेको जानकारी दिनुभयो ।  मङ्गलबार धनकुटामा सबभन्दा बढी २६ दशमलव ७ मिलिमिटर पानी परेको छ ।  
मङ्गलबार मुलुकको कुनै पनि मौसम स्टेसनमा अधिकतम् तापक्रम ३० डिग्री सेल्सियस पुग्न नसकेको बताउँदै उहाँले सबभन्दा कम जुम्लामा एक दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जानकारी दिनुभयो ।  मङ्गलबार  काठमाडौँको न्यूनतम १२ र अधिकतम तापक्रम २४ डिग्री सेल्सियस मापन गरिएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना