पैदल ढुवानीकोे चामल सस्तो

khachhadसिमकोट, कात्तिक १५ गते ।  हवाई मार्गभन्दा छिमेकी मुुगुु जिल्लाबाट खच्चडमा ढुवानी भएको खाद्यान्न स्थानीय जनतालाई सस्तो पर्ने भएको छ ।  नेपालगञ्जको हवाई भाडाभन्दा सस्तो पर्ने भएपछि स्थानीय व्यापारी यतिखेर मुुगुको गमगढीबाट चामल ढुवानी गर्न थालेका छन् ।  
सोमबार ३० केजीको बोरा ४८ सयमा खरिद गरेका सिमकोट गाउपालिका वडा नम्बर ५ का रन रावतले नेपालगञ्जभन्दा प्रतिबोरा सात रुपियाँ मुूल्य कम परेको बताउनुुभयो ।  व्यापारी भने सस्तो पनि हुने फाइदा पनि आइहाल्ने भएपछि गमगडीको चामल ढुुवानीमा बढी आकर्षित देखिन थालेका छन् ।  यसअघि चंखेली गाउँ पालिका र सर्केगार्ड गाउँपालिकाका लागि मुुगुुवाट ढुवानी हुने खाद्यान्न हाल आएर सिमकोट गाउँपालिकाका लागि पनि व्यापारीले ढुवानी गर्न थालेको रावत स्टोरका सुुरिकला रावतले बताउनुुभयो ।  दुुई दिन अगाडि १२ क्विन्टल चामल गमगडीबाट खच्चडमा ढुवानी गरेर ल्याएको बताउँदै ३० केजीका बोराको मन्सुुली चामल १६० रुपियाँमा प्रतिकेजीमा बिक्री भइरहेको रावतले बताउनुुभयो ।  जब कि सोही चामल नेपालगञ्जबाट हवाई ढुवानी गरेर झिकाउँदा १२० रुपियाँ ढुवानी भाडा तिर्दा सिमकोट बजारमा १८३ रुपियाँ प्रतिकेजीमा बिक्री गर्नुुपरेको उहाँले बताउनुुभयो ।  वर्षायाममा पानीका कारण गमगढीबाट सामान ढुवानी गर्न असजिलो हुने भएपछि यतिखेर सिमकोटका व्यापारीले गमगढीमा सामान ढुवानीका लागि अर्डर गर्न थालेका छन् ।  पछि हिउँदमा हिउँ पर्ने भएकाले यतिखेर ४० देखि ५० क्विन्टल सामान ओसार्ने योजना रहेको रावतले बताउनुुभयो ।  यसरी हवाई मार्गभन्दा सस्तो ढुवानी दर पर्ने भएपछि गमगढीबाट सामान खरिद गरेर ढुुवानी गराउने व्यापारीको सङ्ख्या पनि सिमकोटमा धेरै रहेको छ ।  
नेपालगञ्जबाट हवाई ढुुवानी गरेको चामल र गमगढीबाट खच्चडमा ढुवानी गरेको चामलमा प्रतिकेजी २३ रुपियाँसम्म  फरक पर्न थालेपछि अहिले सिमकोटका व्यापारी गमगढीबाटै चामल तथा अन्य तेल, चिनी, सावनजस्ता गरुङ्गा सामान ढुवानी गर्न थालेका छन् ।  पैदलमार्गको खाद्यान्न पनि महँगै हुनुुमा गमगढीबाट सिमकोटसम्म चार दिन पैदल लाग्ने र प्रतिकेजी सामानको ९० रुपियाँ ढुवानी खर्च तिर्नुुपर्ने भएका कारण रहेको विनिता स्टोरकी गीता खड्काले बताउनुुभयो तर पनि उपभोक्तालाई राहत पनि निक्कै भएको उहाँले बताउनुुभयो ।  
यता खाद्य संस्थानले त्यही चामल भने जनतालाई ५६ रुपियाँमा बिक्री गर्ने भएको भए पनि संस्थानको खाद्यान्न ढुुवानी समस्याले गर्दा गोदाम भने खाली रहेका छन् ।  संस्थानको खाद्यान्न सात हजार क्विन्टलको ढुवानी जिम्मा पाएको तारा एयरले तिहारको बेला केही क्विन्टल ओसारे पनि आजभोलि फेरि बोक्न छोडेको छ ।  गोदाममा भने खाद्यान्न निक्कै कम मौज्दात भएको संस्थानले जनाएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना