उम्मेदवारी दर्ता आज सम्पूर्ण तयारी पूरा

Election-Commission-Nepal-768x411काठमाडौँ, कात्तिक १६ गते ।   निर्वाचन आयोगले मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ताका लागि बिहीबार शान्तिपूर्ण एवं उत्साहजनक रूपमा सहभागी हुन सबै राजनीतिक दल र उम्मेदवारलाई आह्वान गरेको छ ।
आयोगले उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएकाले बिहीबार बिहान १० देखि अपराह्न ५ बजेभित्र ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको जनाएको छ ।  
उम्मेदवारी दर्ताको तयारीबारे जानकारी दिने उद्देश्यले बुधबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले उम्मेदवार मनोनयन दर्ता कार्यलाई ऐतिहासिक रूपमा सफल बनाउने अभियानमा सहयोग पु¥याउन सबैसँग अपिलसमेत गर्नुभयो ।
उम्मेदवारहरूले सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि उपस्थित हुन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आयोगले आह्वान गरेको छ ।  प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक मङ्सिर १० र २१ गते दुई चरणमा हुुँदैछ ।
नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको ‘नेपालको संविधान’को सफल कार्यान्वयन गर्ने क्रममा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको हो ।
निर्वाचनका सम्पूर्ण गतिविधिलाई सुरक्षा प्रदान गर्न आवश्यक सुरक्षाप्रबन्ध भइसकेको जनाउँदै आयोगले निर्वाचनलाई महान् उत्सवका रूपमा सफल बनाउन सबैबाट सम्पूूर्ण सहयोग अपेक्षा गरिएको उल्लेख गरेको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारहरूको बन्दसूची पेस भई यही  कातिक १७ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको पनि त्यस अवसरमा जानकारी दिइयो ।
केन्द्रलाई हरियो र प्रदेशलाई कालो मतपत्र
समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ७४ लाख मतपत्र र मतदाता नामावली छपाइको काम पूरा भइसकेको तथा सर्वाेच्च अदालतको आदेशअनुसार प्रत्यक्षतर्फको छुट्टाछुट्टै पानामा मतपत्रको छपाइ कार्य जारी रहेको आयोगले जनाएको  छ ।
प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिह्न रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको जानकारी दिँदै आयोगले कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पूर्ण मतपत्र छपाई गरी सम्बन्धित जिल्लामा पठाउने कार्य योजनाअनुसार तीव्र गतिमा काम भइरहेको जनाएको छ ।
अदालतको आदेशअनुसार परिमार्जन तथा संशोधन गर्नुपर्ने नियमावली, निर्देशिका तथा कार्यविधिहरू द्रुत गतिमा संशोधन तथा परिमार्जनको काम भइरहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले छुट्टाछुट्टै पानामा मतपत्रको व्यवस्था गर्दा आवश्यक पर्ने मतपेटिका, स्वस्तिक छाप लगायतका सामग्रीको व्यवस्थापन गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।
नियमावली र निर्देशिका परिमार्जन गरी सोही आधारमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने हुँदा मतदाता शिक्षासम्बन्धी तालिम, प्रशिक्षण कार्यक्रम छिट्टै सञ्चालन गर्न आयोगले गृहकार्य गरिरहेको जनाएको छ ।  
निर्वाचन आचारसंहिताको सबैबाट पूर्ण पालना हुने विश्वास लिएको जनाउँदै आयोगले कहीँ कतैबाट आचारसंहिता उल्लङ्घन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायतलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिएको छ ।  
अस्थायी मतदानको अध्ययन हुँदै
आयोगबाट स्वीकृत फोटो सहितको मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचनमा खटिने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी लगायतको मताधिकारलाई सुरक्षित गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति बनाई कार्य अगाडि बढाएको आयोगले जनाएको छ ।  
उम्मेदवारी दर्ता गर्न के गर्ने
मनोनयनपत्र पेस गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्नेछ ।  त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम समावेश भएको व्यक्ति हुनुपर्नेछ ।  निजले आफ्नो नाम मतदाता नामावलीमा समावेश भएको निस्सासमेत मनोनयनपत्र साथ संलग्न गरेको हुनुपर्नेछ ।  कुनै व्यक्तिको मनोनयनपत्र पेस गर्दा वा गराउँदा फरकफरक व्यक्ति प्रस्तावक र समर्थक रहेका बढीमा दुईवटा मनोनयनपत्र पेस गर्न वा गराउन सकिनेछ ।  प्रस्तावित व्यक्तिले मनोनयनपत्रमा आफ्नो मञ्जुरी लेखी सहीछापसमेत गरेको हुनुपर्नेछ ।
दलको औपचारिक पत्र पेस गर्नुपर्ने
दलले आफ्नो तर्पmबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीको हस्ताक्षरसहितको पत्र आवश्यक पर्नेछ ।  एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमाा सहभागी हुने दलहरूको तर्पmबाट औपचारिक पत्रमा दस्तखत गर्न अलगअलग पदाधिकारीको दस्तखत नमुना पेस गर्नुपर्नेछ ।  दलको तर्पmबाट उम्मेदवार हुने व्यक्तिको हकमा रीत नपु¥याई मनोनयनपत्र दाखिला भएमा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रूपमा मान्यता दिइनेछैन ।
महिलालाई ५० प्रतिशत धरौटी छुट
उम्मेदवारको मनोनयनपत्र पेस गर्दा प्रतिनिधिसभा सदस्यका लागि १० हजार रुपियाँ र प्रदेशसभा सदस्यका लागि पाँच हजार रुपियाँ लाग्नेछ ।  तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।  धरौटी राख्दा निर्वाचन अधिकृतको कार्यालयमा नगदै दाखिला गरी सोको नगदी रसिद वा आयोगले तोकेको धरौटी खातामा रकम जम्मा गरिएको सक्कल बैङ्क भौचर मनोनयन पत्रसाथ संलग्न गरी पेस गर्नुपर्नेछ ।
 




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना