नेपाली क्रान्ति कथा

pradip nepalप्रदीप नेपाल

नेपाली क्रान्ति कथा, बिहारका प्रसिद्ध कथाकार फणिश्वरनाथ रेणुको पुस्तकको शीर्षक हो ।  बिहारका भए पनि उनले नेपालको कोइराला परिवारसँग जोडिएर २००७ सालको क्रान्तिमा भाग लिएका थिए ।  उनले आपूm पनि त्यो क्रान्तिमा जोडिएको चर्चा गरेका छन् ।  त्यही पुस्तकको एक ठाउँमा उनले लेखेका छन्– काङ्ग्रेसीहरू मलाई यहाँ थुनेर क्रान्ति गर्छु भनेर मनमोहन अधिकारी भुत्भुताइरहेका थिए’ ।  अक्षरशः यही होइन ।  तर कुन कुरो प्रस्ट बुझिन्थ्यो भने नेपाली काङ्ग्रेसको मुक्ति सेनाले मनमोहन अधिकारी र उनका कामरेडहरूलाई जोगबनीको कुनै कारखानामा थुनेको थियो र रेणु लगायतका काङ्ग्रेसीहरूलाई सुनसरी, झापातिरको मोर्चामा खटाइएको थियो ।
आज ६७ वर्षपछि यसको स्मृति आउनुको पनि कारण छ ।  केही दिनदेखि नेपाली काङ्ग्रेसका सभापति लगायतका नेताहरू नेपालका कम्युनिस्ट पार्टीहरू अधिनायकवादी छन् भन्ने भ्रम पस्किरहेका छन् ।  उनीहरूको अभियोग छ– कम्युनिस्टहरू सत्तामा आए भने जनताको लेख्ने, बोल्ने, पार्टी खोल्ने स्वतन्त्रता पनि समाप्त हुन्छ ।  मैले रेणुको क्रान्ति कथाको चर्चा गर्नुको कारण यत्ति एउटा हो– शक्ति हातमा आएपछि आपूm बाहेक सबैलाई थुन्ने, मार्ने रोग नेपालको कम्युनिस्ट पार्टी होइन, नेपाली काङ्ग्रेसका नेताहरूमा हुन्छ ।  यो पटक पटक देखिएको छ, ००७ देखि ०७४ सालसम्म ।
नेपाली काङ्ग्रेसका, अहिलेका सबैजसो नेतामा नेपालका सबै परिवर्तनको नेतृत्व हामीले गरेका हौँ भन्ने दम्भ छ ।  यसलाई मैले खण्डन गर्नु पर्दैन ।  मैले त खाली नेपाली क्रान्ति कथाको तथ्य राखीदिने मात्र हो ।
(क) ००७ साल
००७ सालको क्रान्तिका पछाडि चार वटा घटनाको जानकारी आएका छन् ।  सबै नेपाली काङ्ग्रेसकै स्रोत व्यक्तिबाट ।  एउटा जानकारी मैले माथि नै पस्किहालेँ ।  रेणु कोइराला परिवारका सदस्य बराबर थिए, अधिकारी परिवारको नजिक होइनन् ।  उनले मनमोहनलाई थुनेको कुरो एउटा लेखकीय इमानदारीको हिसाबले उठाएका थिए ।
००७ सालको क्रान्तिको निर्णय गर्न वैरगनिया सम्मेलन भएको थियो ।  तर वैरगनिया सम्मेलनमा– जवाहरलाल नेहरू संयुक्त मोर्चाको सिद्धान्त स्वीकार्नु हुन्न, त्यसैले भाग लिन चाहने पार्टीले नेपाली काङ्ग्रेसकै ब्यानरमा भाग लिनुपर्छ भन्नुभएको छ भनी नेपाली काङ्ग्रेसका सभापतिले भन्नु भएको छ– भन्ने सत्य पनि अब उद्घाटित भैसकेको छ ।  नेपाली क्रान्तिवीर रामप्रसाद राईको जीवनी पढ्दा यो ज्ञान पाइन्छ ।
यी दुवैभन्दा महìवपूर्ण क्रान्तिकालीन जानकारी पनि लिनु जरुरी हुन्छ ।  दिल्ली सम्झौता भइसकेपछि पनि नेपालमा मुक्तियुद्ध जारी थियो ।  पूर्वको रामप्रसाद राईको कमाण्डमा रहेका मुक्ति सेनासँग शान्ति वार्ता र सम्झौता गर्न काठमाडाँैले बद्रीविक्रम थापाको नेतृत्वमा एउटा वार्ता समिति नै खटाएको थियोे ।
यो भन्दा पनि महìवपूर्ण मुद्दा नेपाली काङ्ग्रेसका सैद्धान्तिक, राजनीतिक र वैचारिक नेता, विश्वेश्वरप्रसाद कोइरालाले उदाङ्ग पार्नु भएको छ ।  उहाँका अनुसार दिल्लीको हैदरावाद हाउसमा भएको शान्ति सम्झौतामा नेपाली काङ्ग्रेसको कुनै भूमिका थिएन ।  त्यहाँ पुरानो व्यवस्थाका तर्फबाट महाराज मोहनशमशेर जबरा, नयाँ व्यवस्थाका तर्फबाट राजा त्रिभुवन र भारतका तर्फबाट, नेपालका लागि भारतीय राजदूत सी.पी.एन. सिंहले सम्झौतामा हस्ताक्षर गरेका थिए ।  विश्वेश्वर कोइरालालाई भित्रको जानकारी मातृकाप्रसाद कोइरालाले दिएका थिए तर मातृकाप्रसाद कोइरालाले पनि कतै हस्ताक्षर गर्न पाएका थिएनन् ।  तर मुक्तिसेनाको सर्वोच्च कमाण्डर चाहिँ मातृकाप्रसाद कोइराला नै थिए ।  पछिल्लो समयमा त फेसबुकमा यो घटनाको फोटो पनि आइसकेको छ ।  यो इतिवृत्ति थाहा पाएर नै नेपाल कम्युनिस्ट पार्टी महासचिव पुष्पलालले ००७ सालको परिवर्तनलाई ‘अपूर्ण क्रान्ति’ भनेका हुन् ।
नेपाली काङ्ग्रेसका नेताहरू पुष्पलालको कुरो मान्दैनन् ।  उनीहरू फणिश्वर रेणुको कुरो नमान्न सक्छन् ।  रामप्रसाद राईको कुरो पनि नमान्न सक्छन् तर बीपी कोइराला त उनीहरूका लागि महामानव हुन् ।  बीपी कोइराला प्रदत्त ज्ञानलाई कसरी तिरस्कार गर्न सक्छन् उनीहरू ?
००७ सालको क्रान्तिको नेता हामी थियौँ भनी ठाडो भाकाको भाषण गर्नु अघि नेपाली काङ्ग्रेसका नेताहरूले एकछिन आत्मचिन्तन गरुन् ।  इतिहास अत्यन्तै त्रूmर हुन्छ ।  तर त्यसको सत्यापनलाई कसैले तिरस्कार गर्न सक्दैन ।  ००७ सालको परिवर्तनमा लामो कोट लाउने राणा, आधुनिक छोटो कोट लाउने राजा र दुवैलाई लम्पसार पार्न दिल्ली पु¥याउने भारतीय राजदूत चन्द्रेश्वर नारायणको भूमिका थियो ।  ००७ सालको क्रान्ति केही इमानदार मानिसको बली खाएर सिद्धिएको थियो ।
(ख) २०१७ साल
सत्र साललाई फौजी काण्ड भन्छन् नेपाली काङ्ग्रेसका नेताहरू ।  यसलाई होइन म पनि भन्दिन तर पदच्युत भएको नेपाली काङ्ग्रेसको मन्त्रिपरिषद्ले त्यसपछि के ग¥यो ? नेपाली काङ्ग्रेसका तीन चौथाइ सांसद्हरू भकाभक पञ्चायत प्रवेश गरे ।  केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको त्यत्ति नै ठूलो संख्या पञ्चायत प्रवेश गरेर काङ्ग्रेसलाई इतिहासको एकाइ बनाउनेसम्मको अपराध गरे ।  नेपाली काङ्ग्रेसको त्यति ठूलो समर्थन नभएको भए पञ्चायतले नेपाली राजनीतिमा तीन दशक निरंकुशतन्त्रको जरो गाड्ने थिएन ।
दुई तिहाइको दम्भ थियो काङ्ग्रेसमा ।  श्रमिक वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी प्रति तीव्र घृणा थियो बीपी कोइरालामा ।  उनका लागि राजा र राणाका प्रतिनिधिहरू समाहित गोर्खा परिषद् स्वीकार्य थियो तर कम्युनिस्टहरू घृणाका पात्र थिए ।  पुष्पलालले बाँचुन्जेल संयुक्त आन्दोलको आह्वान गरिरहे, तर बीपी कोइरालाले सधैँ पुष्पलालको प्रस्तावको तिरस्कार गरिरहे ।  बीपी कोइराला एकदिन पनि कम्युनिस्टहरू प्रति सकारात्मक भएनन् ।  नेपाली सन्दर्भमा कहिले तिनले एडिट फर्मुला भने त कहिले नक्सलपन्थी भने ।  एडिट फर्मुला त सम्पूर्णतामै गलत थियो भने नक्सलपन्थीको आरोप पनि आंशिक सत्य मात्र थियो ।  बरु उल्टै काङ्ग्रेसका महामन्त्री, केन्द्रीय कोषाध्यक्षहरू नयाँ पञ्च भएर शासनारुढ भैसकेका थिए ।  त्यसको उल्टो पञ्चायतको पहिलो गोलीले भालुखोेपमा मारिएका कम्युनिस्ट पार्टीका सदस्य नेत्रप्रसाद गुरागाईं २०४७ सम्म बेनाम शहीद भएका थिए ।
०१७ पछि दुई पटक नेपाली काङ्ग्रेसले सशस्त्र क्रान्तिको प्रयोग पनि गरेको हो तर दुवै पटक ठूलो नोक्सानी बेहोरेर त्यो असफल भयो ।  नेपाली काङ्ग्रेसले आपूm बाहेक अरु कसैलाई विश्वास गरेन ।  एक्लै नेपालमा केही गर्न सकिँदैन भन्ने सत्यमा बीपी कोइरालाको विश्वास भएन ।  बीपीले पुष्पलालको प्रस्ताव स्वीकार गरेको भए, ०२८ सालमा स्थानीय रूपमा हतियार उठाउन तयार भएका कम्युनिस्ट कार्यकर्ताहरू बीस सालमा पनि तयार हुन्थे ।  काङ्ग्रेसको कार्यनीतिमा सशस्त्र सङ्घर्ष छँदै थिएन ।  उसले सञ्चालन गरेका दुवै सशस्त्र सङ्घर्ष उसका तात्कालिक निर्णय थिए तर कम्युनिस्ट पार्टीको निर्णय त कार्यनीतिक हिसाबले नै सशस्त्र सङ्घर्ष थियो ।
यद्यपि सशस्त्र सङ्घर्ष नेपाली परिवेशमा असफलताको सूचक हो ।  त्यो ००७ सालमा पनि असफल नै भएको हो र ०१८ मा पनि असफल नै भएको हो ।  यति मात्र होइन माओवादीको जनयुद्ध पनि असफल नै भएको हो ।
जनताको व्यापक सहभागिताले नै नेपालमा राजनीतिक परिवर्तन आउँछ भन्ने सत्यलाई २०३६ सालमै नेपाली काङ्ग्रेसले बुझ्न सकेको भए, ०३६ सालपछिको बलिदानको समय बिताउनु पर्ने थिएन नेपालीले ।  कम्युनिस्टहरू पाँच पूर्वशर्त सहित जनमत संग्रहमा जाऔँ भन्ने, बीपी लाई त्यो पाँच पूर्वशर्त सुन्नै मन नलाग्ने ।  जनमत संग्रहमा आफ्नो कारणले हार भएपछि पनि नेपाली काङ्ग्रेसले त्यसको वस्तुगत समीक्षा गर्न चाहेन र मालेले पहँेलोमा मत हाले भनेर बितण्डा मच्चायो ।  यो इतिहास पनि होइन हाम्रो पुस्ताले भोगेको जीवन हो ।  नेकपा (माले) ले दुई दर्जनभन्दा बढी योद्धाहरूलाई यही खुकुलो भनिएको निरंकुश शासनमा गुमाएको थियो ।  

प्रकाशित मिति: २०७४/७/१६

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना