मुलुक चुनावी महाभियानमा (सम्पादकीय)

आगामी मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य निर्वाचनका लागि बिहीबार मनोनयनपत्र दर्ता भयो ।  दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाका १२८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र २५६ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रका लागि उम्मेदवारी दर्ता भएको हो ।  पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका प्रत्यक्षतर्फका कुल १६५ सिटमध्ये ३७ र प्रदेशसभाका ३३० सिटमध्ये ७४ सिटमा यसअघि नै मनोनयन भइसकेको छ ।  दलहरूले समानुपातिक तर्पmका उम्मेदवारको सूची पेश गरिसकेका छन् भने शुक्रबार आयोगले बन्द सूची सार्वजनिक गर्ने कार्यक्रम छ ।  निर्वाचन आयोगले निर्वाचनप्रति कुनै शङ्का नगर्न आग्रह गर्दै यसलाई सफल बनाउन आवश्यक तयारी भइरहेको जनाएको छ ।  नेपाली जनताको लामो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र ऐतिहासिक संविधानसभाबाट बनेको नेपालको संविधान सफल कार्यान्वयन गर्ने क्रममा आगामी मङ्सिर १० र २१ गते निर्वाचन हुँदैछ ।  सङ्घीय शासन प्रणाली आत्मसात् गरेपछि नयाँ संरचनामा स्थानीय तहको निर्वाचन भइसकेको छ ।  नयाँ संरचना बमोजिमको प्रतिनिधिसभा र प्रदेशसभा गठन भइसकेपछि सङ्घीय प्रणाली संस्थागत हुने भएकाले पनि यो निर्वाचन महŒवपूर्ण छ ।  
करिब एक दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको झण्डै डेढ दशकको राजनीतिक अस्थिरता र सङ्क्रमणकालको अन्त्य पनि यो निर्वाचन सम्पन्न भएसँगै हुँदैछ ।  त्यसैले मुलुक लामो केन्द्रिकृत शासन प्रणालीबाट विकेन्द्रित÷सङ्घीय शासन प्रणालीमा प्रवेश हुने भएकाले यसप्रति जनअपेक्षा पनि धेरै छन् ।  वर्षौंदेखि पिछडिएका क्षेत्र, जातजाति र वर्गका मानिसले यसलाई ठूलो आशाका रुपमा लिएका छन् ।  आफ्नो क्षेत्र र वर्गको प्रतिनिधिŒव हुने, आफ्ना गुनासा र चासोको सुनुवाइ हुने र विकासको फल चाख्न पाइने आशामा जनता छन् ।  संविधानले यी कुरालाई सम्बोधन गरेको छ ।  अब यसलाई कार्यान्वयनमा ल्याउन बाँकी छ ।  यसका लागि संविधानले परिकल्पना गरेका संस्था स्थापित हुन आवश्यक छ ।  यसतर्फ मुलुक अग्रसर छ ।  स्थानीय चुनाव सम्पन्न भइसकेको छ र स्थानीय तहमा आएका जनप्रतिनिधिले आफ्ना अधिकारको अभ्यास गर्न थालिसकेका छन् ।  स्थानीय तहमा महिला, विभिन्न जातजाति र वर्गका नागरिकको प्रतिनिधिŒव भएको छ ।  राज्यले अवलम्बन गरेको समावेशी सिद्धान्तका आधारमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व हुने व्यवस्था छ ।  कम्तीमा ३३ प्रतिशत महिला र विभिन्न जातजातिको उचित प्रतिनिधित्व प्रतिनिधिसभा र प्रदेशसभामा बनाउने प्रयास भएको छ ।  
संवैधानिक व्यवस्था अनुसार नै दलहरूले उम्मेदवार छनोट गरेका छन् ।  प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि बाँकी अन्य काम पनि अगाडि बढ्नेछन् ।  दुुवै सभा गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्नुपर्नेछ भने यसअघि राष्ट्रियसभा गठन भइसक्नुपर्नेछ ।  मुलुक निर्वाचनको महायज्ञमा होमिइसकेको छ ।  निर्वाचन आयोगले सुरक्षा लगायतका सबै तयारी गरिसकेको जनाएको छ ।  प्रत्यक्षतर्पmका दुईवटा मतपत्र छाप्ने काम जारी छ ।  यो अवस्थामा कहीँ कतै निर्वाचन हुँदैन कि भन्ने आशङ्काको तुस बाँकी रहेन ।  अब निर्वाचनलाई कसरी मर्यादित, भयमुक्त र निष्पक्ष बनाउने भन्नेतर्पm सबैको ध्यान जानुपर्छ ।  पहिलो चरणको निर्वाचन हुन अब तीन साता मात्रै बाँकी छ र उम्मेदवार जनताका घरदैलामा पुुग्न थालिसकेका छन् ।  अब सबै उम्मेदवार र राजनीतिक दललाई जनतासमक्ष आफ्ना कुरा राख्ने अवसर दिनुपर्छ र बढीभन्दा बढी मतदातालाई मतदान गर्न प्रेरित गर्ने, लोभलालच र भयमुक्त अवस्थामा मतदानको वातावरण मिलाउने, मतदान शिक्षा प्रदान गर्ने अभियानमा राजनीतिक दल, तिनका उम्मेदवार, कार्यकर्ता तथा नागरिक समाज पनि लाग्नुपर्दछ ।  मतदाताले आफ्नो विवेक प्रयोग गरेर जनप्रतिनिधि चुन्ने बेला आएको छ ।  यो अवसर खेर नजाओस् भन्नेमा सबै मतदाता चनाखो हुनुपर्छ ।  यसबाट मात्रै मुलुकमा लोकतन्त्र संस्थागत हुन्छ र मुलुकले आर्थिक समृद्धिको बाटो समात्छ ।  

प्रकाशित मिति: २०७४/७/१७

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना