हुम्लामा फापर उत्पादनमा वृद्धि

faparसिमकोट, कात्तिक १८ गते ।  यस वर्ष माथिल्लो हुुम्लाको मुख्य बालीका रूपमा रहेको बहुुउपयोगी फापरको उत्पादनमा वृद्धि भएको छ ।  आकाशे पानीको भरमा खेती हुुने फापर खेतीका लागि आवश्यकता अनुसार समय समयमा पानी पर्नाले उत्पादनमा वृद्धि भएको हो ।  
तीन रोपनी जग्गामा फापर छरेर सात क्विन्टल फापर उत्पादन गर्न सफल सिमकोट गाउँपालिका वडा नम्बर ३ का किसान भैबहादुुर लामाले यसपालि गाउँभरि फापर उत्पादन वृृद्धि भएको बताउनुुभयो ।  तितो स्वाद हुने हुुँदा केही समय फापर खेतीमा कमी आएको भए पनि पछिल्लो समय सिमकोट र जिल्ला बाहिरसमेत बिक्री हुन थाले पछि फापर खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुुभयो ।  चार रोपनीमा नौ क्विन्टल फापर पलाउन सफल सिमकोट गाउँपालिका वडा नम्बर ६ की किना सन्जुु रोकायाले बहुुउपयोगी फापरबाट हुम्लीले फाइदा लिन थालेको बताउनुुभयो ।   आफुूले दैनिक उपभोग पनि गर्ने र केही बिक्री गरेर आम्दानी पनि भइरहेको बताउनुुभयो ।  साविकको सिमकोट, बरगाउँ, डाँडाफया गाविसको मुख्य बाली फापर भएको उहाँले बताउनुुभयो ।  
अन्य बालीभन्दा कम मिहिनेत गर्नुपर्ने फापर हुम्ला जिल्लाका सबै भू–भागमा फल्ने गरे पनि बढी भने चंखेली, सिमकोट र नाम्खा गाउँपालिकामा फल्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  गत वर्षभन्दा यस वर्ष हुम्ला जिल्लामा ३० प्रतिशतले फापरको उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. चन्द्रप्रसाद रिसालले बताउनुुभयो ।  
यस वर्ष ६७५ हेक्टरमा फापर लगाउँदा पाँच सय मेट्रिकटन फापर उत्पादन भएको डा. रिसालले बताउनुुभयो ।  जब कि गत वर्ष  ६७५ हेक्टर जग्गामा फापर लगाउँदा ३८४ मेट्रिक टन फापर उत्पादन भएको कार्यालयले जनाएको छ ।  यस वर्ष फापरको उत्पादन एक हेक्टर जग्गामा  सुुन्ने दशमलव ५५ मेट्रिक टन उत्पादन भएको देखिन्छ ।  जसमा यस वर्ष पाँच हेक्टरभन्दा  बढी जग्गामा फापर खेती भएको कार्यालयले जनाएको छ ।
 समुुन्द्र सतहको एक हजार मिटरदेखि तीन हजार उचाइसम्म फल्ने फापर मानिसका लागि आवश्यक पौष्टिक तत्व धेरै पाइने भएकाले स्वादमा तितो भए पनि मानिसले खोजीखोजी खाने गरेका छन् ।  हुम्ला जिल्लामा तितो र मिठो फापर फल्ने भए पनि बढी तिते फापर फल्ने र यसमा धेरै राम्रो पौष्टिक तत्व मात्र होइन विभिन्न रोगको औषधिसमेत हुने कार्यालय प्रमुुखसमेत रहनुुभएका डा. रिसालले बताउनुुभयो ।  उहाँले सुुगरका बिरामीका लागि फापरको पिठो निक्कै उपयोगी हुने ।  यसले शरीरमा हुने चिल्लो पदार्थ नियन्त्र गर्न पनि सहयोग गर्ने उहाँले बताउनुुभयो ।  मानिसको मूत्र थैलीमा हुने पत्थरी निको पार्न मद्दत गर्ने उहाँले बताउनुुभयो ।  
 हाल हुम्लामा किसानले रोटी (लक्कर) का रूपमा मात्र प्रयोग गर्ने गरेको भए पनि सिमकोट बजारमा लक्करसँगै ढिँडो र केक बनाएर पनि बिक्री हुन थालेको विजय होटेलकी याङकी लामाले बताउनुुभयो ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना