टुटफुट संस्कृतिबाट विकृत् राजनीति


           
puskar raj prasaiपुष्करराज प्रसाई
 

 

स्थिरता र समृद्धि नेपाली जनताको चाहना हो र आजको  आवश्यकता हो तर आज अस्थिरता र पछेउटेपन नेपाली राजनितिको विशेषता बन्न पुगेको छ ।  २०४६ सालपछिको संसद्देखि नै अकालमा संसद् विघटन हुने र प्रधानमन्त्रीले पनि आफ्नो पूरा कार्यकाल उपभोग गर्न नपाइरहेको हालसम्मकै निरन्तर राजनीतिक अस्थिरताको पीडा हो ।  नयाँ संविधानपछि पनि सरकार बनाउने र भत्काउने खेल जारी रह्यो ।  यसरी नेपाली राजनीति विभाजन र टुटफुटकै संस्कृतिबाट अघि बढिरहेको अवस्थाबाट नेपाली जनता आजित भइसकेका छन् ।  यसबाट राष्ट्रलाई मुक्त गरी स्थिर र बलियो सरकार दिई त्यसमार्फत तीव्रत्तर रूपमा आर्र्थिक वृद्धि गरी मुलुकमा समृद्धि हाँसिल गर्नुुु सबै दलको अहिलेको मुख्य एजेण्डा हो ।  
प्रदेश, प्रतिनिधिसभाका वर्तमान प्रकाशित चुनावी घोषणापत्रमा पनि मूल एजेण्डा स्थिर सरकार र आर्थिक समृद्धि  नै हो भन्ने उल्लेख गरेको पाइन्छ ।  हामीले वर्तमानलाई हेर्ने हो  हिजो को कहाँ थियो भनी खोतल्ने र हिलोे छयाप्ने आजको सान्दर्भिकतासँग मेल खादैन ।  हिजो त्यहाँ थिइस् आज यहाँ किन आइस् भन्न मिल्ने पनि होइन ।  यसै अवस्था र आवश्यकतालाई मनन गरी शान्तिपूर्ण चुनावी प्रतिस्पर्धामार्फत सरकार बनाउने र  समाजवाद उन्मुख अर्थतन्त्रको आधार निर्माण गर्नै कुरामा समान विचार रहेका कारण वामपन्थीबीच एकता हुनु स्वाभाविक थियो र भयो ।  विचार सिद्धान्त मिल्दा मिल्दै पनि अलगअलग चुला चम्का लगाइ सरकार बनाउने र भत्काउने  खेलमा देशलाई धकेली राजनीतिक अस्थिरतामा रमाउने र राष्ट्रियता कमजोर बनाइ विदेशी चलखेल गर्न मौका दिने कार्य राजनीतिक दलको निम्ति सुहाउने कुरा थिएन ।  त्यसैले मुलुकप्रतिको सोे जिम्मेवारी पूरा गर्नको निम्ति वाम गठवन्धन गर्नुलाई अस्वाभाविक भन्न मिल्दैन ।  वर्तमान अवस्थामा सबै दलले चाहेको र  आफ्नो घोषणापत्रमा उल्लेख गरेका एउटै एजेण्डा राजनीतिक स्थिरता र समृद्धि नै भएकोले त्यो प्राप्तिको निम्ति स्थिर सरकार चाहिने हुँदा स्थिर सरकारका लागि विचार मिल्ने दलबीच एकता कायम गर्नुको विकल्प छैन ।  त्यसैकारण बहुमत ल्याउने दिशातर्फ हरेक दलले दलिय एकताको प्रयास गर्नु लोकतन्त्रको सुन्दरतम विशेषता नै हो ।  बरु यस वाम गठबन्धनले काँग्रेसलाई एक ढिक्का बनाउने र जुट्ने अवसर उपलब्ध गराएको भन्ने मानसिकता काँग्रेसजनमा विकसित हुन आवश्यक छ ।  अन्य दलले पनि सानासाना दलमा विभाजित भई रहनुभन्दा  विचार सिद्धान्त मिल्ने दलको बीचमा एकता हुनु मुलुककै लागि हितकर हुने कुरामा दुइमत छैन र स्वयम् काँग्रेसले पनि लोकतान्त्रिक गठबन्धन प्रस्ताव अगाडि बढाइरहेको छ ।  
यसलाई वाम गठवन्धनले अन्यथा बोलेको सुनिएको छैन र बोल्नु पनि हँुदैन ।  बरु यस्ता अभियानलाई सबैले स्वागत गर्नै पर्छ ।  किनकि यस्ता अभियानले सरकार गिराउने र भत्काउन खेलमा रमाएका मुसा प्रवृत्तिलाई निरुत्साहित गरी कुनै पनि सरकारलाई आफ्नो कार्यकाल भरी मुलुकको निम्ति केही गरेर देखाउने अवसर प्रदान गर्नेछ  र जनताले पनि कार्यकालभरिको सरकारको कार्यलाई हेर्ने मूल्याङ्कन गर्नै भई त्यसपछिको निर्वाचनमा मत दिने आधार तयार गर्न सक्नेछन् ।  यसलाई कसैले पनि लोकतन्त्रमाथिको खतरा देख्न हुँदैन ।  त्यस्तो देख्नु भनेको फुटाउन र शासन गरेको नीतिमा रमाउने नियत रहेको भन्ने मात्र पुष्टि हुन जान्छ ।  त्यसैले यस अभियानलाई कसैले अधिनायकवादको भुत देखाएर भ्रम छरि चुनावी मसला बनाउनु हँुदैन ।  
किनकि नेपालमा कम्यनिस्ट पार्टीको स्थापना भएदेखि नै निरन्तर एक दलिय निरङ्कुशतन्त्र विरुद्ध लोकतान्त्रिक आन्दोलनमा महìवपूर्ण भूमिका निर्वाह गर्दै आएको संविधान सभा निर्माणमा अग्रणी भूमिका निर्वाह गरी त्यसमार्फत जनतालाई सार्वभौम सम्पन्न बनाई मौलिक अधिकारको ग्यारेण्टीसहितको संविधान जारी गराएको र अहिले संविधान कार्यन्वयनको दिशामा देखाएको प्रतिबद्धता र क्रियाशीलता अनि, पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्ने अभ्यास स्वरूप निर्र्दिष्ट समयमा अधिवेशन भेला बैठकलगायत नेतृत्व चयनमा गरिएका स्वस्थ प्रतिस्पर्धाको अभ्यासले  लोकतान्त्रिक मूल्यमान्यता प्रतिको प्रतिबद्धतामा अरू दलभन्दा एक कदम अगाडि नै रहेको जनताले नजिकबाट नियालिरहेका छन् ।  यस आधारमा  लोकतन्त्रप्रतिको प्रतिबद्धतामा शङ्का गर्न सकिने अवस्था नै छैन ।  यतिमात्र होइन नेकपा एमालेले आफ्नो मार्गदर्शक सिद्धान्तको रूपमा लोकतान्त्रिक मूल्य मान्यता भएको जनताको बहुदलीय जनवादलाई पाँचांै महाधिवेशनवाट पारित गरी अविचलित रूपमा त्यसको सफल अभ्यास गरिरहेको अवस्था छ ।  यति मात्र होइन विगत २०४६ सालको आन्दोलन पछि राजा, पञ्च, सबैलाई निषेधको व्यवहार नगरी सबै मिली देश विकास गरौँ भन्ने उदार खुला व्यवहार गर्दै   उनीहरूलाई उच्च ओहोदा समाल्ने मौकासमेत दिएको उच्च राजनीतिक संस्कार देखाएको  इतिहास  छ ।  यस्ता राजनीतिक सहिष्णुता र सामन्जस्यताको इतिहास अन्य देशमा  पाइँदैन ।  जस्तोसुकै कठिन पेचिला राजनीतिक मुद्दा पनि अन्तिम अन्तिम अवस्थामा आएर भए पनि सहमति र सहकार्यमा रूपान्तरण भएका देखिएका छन् ।  योे नेपाली राजनीतिक दलले देखाएको अनुपम उदाहरण मान्न सकिन्छ ।  यस तथ्यलाई हामीले बिर्सनु हँुदैन ।  
हामी नेपाली मिलेको, राजनीतिक दलहरू एक ठाउँमा उभिएको देख्न नसक्नेहरूका लागि यो आलोचनाकोे विषय बन्न सक्ला तर नेपालीका लागि भने दलीय एकता सबैको चाहना हो, सबैको भावना हो ।  यस वाम एकताले अधिकांश नेपालीको भावनाको प्रतिनिधित्व गरेको छ ।  यसमा अधिनायकवादको लेप लगाउनु भनेको नेपाली जनताको भावनाको अवमूल्यन गर्नु हो ।  यदि  अधिनायकवादि प्रवृत्तिकै  कुरा गर्ने हो भने पनि वास्तवमा कम्युनिस्ट शासनमा मात्रै अधिनाकवादी प्रवृत्ति विकास हुने होइन संसारमा देखिएका तानाशाह संसदीय भ्रुणबाटै जन्मिएका उदाहरण थुप्रै छन् ।  स्वयम् आफूलाई लोकतन्त्रको मसिहा ठान्ने व्यक्तिले खुला उदार राजनीतिक व्यवस्था भनिने संसदीय व्यवस्थाको आवरणमा संस्थागत नभई व्यक्ति केन्द्रित राजनीति गरेको, संस्थागत विधि व्यवहार नअपनाएको, निरङ्कुशता लादेको भन्ने गुनासा छापामा छरपष्ट भएकै छन्  ।  चाहे राणा, पञ्चायत, राजाहरू नै किन नहुन आफूहरू सिद्धिनेमा आफँै विस्वस्त थिएनन् तर सिद्धिए ।  यो तथ्य वामपन्थीले राम्रैसँग हेक्का राखेका छन् ।  अरूबाट सिकिरहनु पर्नै अवस्था देखिँदैन ।  बरु यसतर्फ भन्दा  निर्वाचन चाहिँ कसरी भयरहित वातावरणमा स्वस्थ प्रतिस्पर्धा मार्फत सम्पन्न गराउन सकिन्छ भन्नेतर्फ चिन्ता लिनु सरकार सम्बद्ध दलको दायित्व हो र योे दायित्व पूरा गर्नु  जरुरि छ ।  निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनु लोकतान्त्रिक परिपाटी नै हो तर प्रतिस्पर्धाको नाममा अस्वस्थ प्रतिस्पर्धा गर्नु चाहिँ लोकतन्त्र माथिको खतरा हो ।  

प्रकाशित मिति : २०७४/७/१९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना