काँग्रेसको सामथ्र्य र वाम घेराबन्दी


 cb khadkaसीबी खड्का    

 

प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर १० र २१ गते हुन लागेको निर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्ने कार्य सम्पन्न भएपछि देश निर्वाचनमय भएको छ ।  दुई चरणमा सम्पन्न गर्ने गरी घोषणा गरिएको निर्वाचनको मनोनयन प्रक्रिया सम्पन्न भएपछि निर्वाचन निर्धारित मितिमा हुँदैन कि भन्ने आशङ्का मेटिएर गएको छ ।  राजनीतिक वृत्तमा देखिएका विविध चुनौती र आशङ्काका बीचमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको वर्तमान सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि घोषित मितिमै सम्पन्न गर्ने दृढताका साथ अगाडि बढेकै कारण देश निर्वाचनको महायज्ञमा होमिएको हो ।  नेपालीको महान् पर्व दशै–तिहार–छठ जस्ता पर्वहरूको समाप्तिसँगै देश अहिले निर्वाचनको वातावरणतर्फ अगाडि बढेको छ ।  
स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको गठबन्धनले राजनीतिक वृत्तमा ठूलै हलचल ल्याएको थियो ।  नेपाली काँग्रेससँग सत्ता गठबन्धनमा रहेर स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलसमेत गरेको र प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म पनि यो यात्रालाई सँगै लिएर जाने प्रतिबद्धता व्यक्त गरेको माओवादी केन्द्र अचानक एमालेसँगको गठबन्धनमा पुगेपछि नेपालको राजनीति तरङ्गित बन्न पुगेको हो ।  धेरैले यो वाम गठबन्धनलाई लिएर अनेकथरि टिकाटिप्पणी गरेको भए पनि राजनीतिक धु्रवीकरणका हिसाबले भने सकारात्मक रूपमा लिनुपर्छ ।  थ्रेसहोल्डलगायतका विविध कारणले गर्दा च्याउसरी उम्रिएका राजनीतिक दललाई एमाले र माओवादीको गठबन्धनपछि धु्रवीकृत हुन बाध्य बनाएको छ ।  यो गठबन्धनपछि नेपाली काँग्रेसको अगुवाइमा वृहत लोकतान्त्रिक गठबन्धन निर्माणको कार्यले जुन गति लियो यसले नेपालको आगामी दिनको राजनीतिलाई सुखद मोडमा अवश्य नै पु¥याउनेछ ।  वाम विचारधाराका राजनीतिक शक्ति एमाले–माओवादी गठबन्धनमा र लोकतान्त्रिक विचारधाराका शक्तिहरू नेपाली काँग्रेसको गठबन्धनमा आबद्ध भएर आसन्न निर्वाचनमा सहभागिता जनाउँदैछन् ।  एमालेले वाम गठबन्धनलाई बृहत् कम्युनिष्ट पार्टी निर्माणको प्रारम्भ भएको घोषणा गरेको छ ।  कम्युनिष्टको विगतको टुटफुटको राजनीति हेर्दा यो एकता निर्वाचनलाई प्रयोग गर्ने अस्त्र मात्र नहोला भन्न सकिने अवस्था छैन ।  दुई कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर वाम एकतामा समेत सहमति जनाएका नयाँ शक्तिका अभियन्ता डा. बाबुराम भट्टराई एक हप्तामै गठबन्धनबाट अलग भएर काँग्रेससँगको गठबन्धनमा सामेल भएपछि वाम तालमेल चुनावपछि पनि अगाडि जाला भन्ने अनुमान गर्न गाह्रो छ ।  निर्वाचनलाई प्रयोग गरेर जनताको भोट आकर्षित गर्ने रणनीति मात्र हो वाम गठबन्धन ।  वाम गठबन्धनले बाबुरामलाई टिकाउन नसक्नु र अन्य वाम विचारधाराका राजनीतिक दलहरूलाई विश्वस्त पार्न नसक्नुले पनि गठबन्धनको भविष्य सुनिश्चित देखिँदैन ।  बाध्य भएर वाम विचारधाराका शक्तिहरू गठबन्धनमा छिरेर आफ्नो अस्तित्व रक्षा गर्ने प्रयास गरे पनि यसको भविष्य देखिँदैन ।  
स्थानीय तहको निर्वाचनमा केही ठाउँमा काँग्रेससँग तालमेल र सत्ताको सारथी बनेकोे माओवादी केन्द्र विपक्षी दल नेकपा एमालेसँग मिल्न गएपछि काँग्रेसको अगुवाईमा शुरु भएको बृहत लोकतान्त्रिक मोर्चामा मधेशवादी राजनीतिक दलहरू, राजपा, सङ्घीय समाजवादी फोरम, दुवै राप्रपालगायतका दल समाहित भएका छन् ।  विगतको संसद्मा प्रतिनिधित्व गरेका लोकतान्त्रिक विचारधारा बोक्ने साना राजनीतिक दलले लोकतान्त्रिक मोर्चामा आबद्ध भएर आफू लोकतान्त्रिक पद्धतिमा विश्वस्त भएको देखाएका छन् ।  वाम शक्ति एक ठाउँमा उभिएपछि लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा ल्याउनु काँग्रेसको दायित्व थियो ।  सो दायित्वलाई नेपाली काँग्रेसले समयमै जिम्मेवारीपूर्ण ढङ्गले निभाएको छ ।  यसले लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने राजनीतिक शक्ति र जनताको मनोबल उकासेको छ ।  
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्व सन्ध्यामा भएको यी राजनीतिक घटनाक्रमले निर्वाचनपछिको राजनीतिक यात्रालाई समेत अवश्य दिशानिर्देश गर्नेछ ।  निर्वाचनमा लोकतन्त्रवादी र वामपन्थी शक्तिबीच प्रतिस्पर्धा हुने भएकाले जनताले कुन शक्तिलाई विश्वास गर्दा रहेछन् भन्ने कुराको जानकारी पनि मत परिणामले अवश्य देखाउनेछ ।  लोकतन्त्रवादी शक्तिबीचको एकता र सहकार्यले मात्र संविधानसभामार्फत निर्माण भएको नयाँ संविधानले खोजेको उद्देश्य र लक्ष्य प्राप्ति हुन सक्छ भन्ने कुरा बुझ्न ढिला गर्नु हुँदैन ।  २००७ सालको परिवर्तन होस् या २०१७ सालको आन्दोलनमा होस् नेपाली काँग्रेसको अगुवाईमा प्रजातन्त्र स्थापनाको आन्दोलन मात्रै होइन २०३६ सालमा मुलुकलाई जनमत सङ्गहसम्मा पु¥याउने कार्यको अगुवाई पनि लोकतन्त्रको पहरेदार नेपाली काँग्रेसले नै गरेको इतिहासलाई भुल्न मिल्दैन ।  त्यसैगरी निरङ्कुश पञ्चायती शासनको जग भत्काउने ०४६ सालको जनआन्दोलनको अगुवाई पनि नेपाली काँग्रेसकै नेतृत्वमा भएको तथ्यलाई कुनै पनि शक्तिले आफूअनुकूल व्याख्या गर्न मिल्दैन ।  ०४६ सालमा नेपाली काँग्रेसको अगुवाईमा भएको आन्दोलनमा तत्कालीन वाममोर्चा सामेल भएर आन्दोलनलाई साथ दिएको थियो ।  ०५२ सालबाट शुरु भएको सशस्त्र विद्रोहलाई रक्तपातविहीन अन्त्य गर्ने कार्यको नेतृत्व पनि नेपाली काँग्रेसले नै लिएको थियो ।  माओवादी वा दरबार दुवैको ज्यादतीले मुलुक आक्रान्त बनिरहेको बेला नेपाली काँग्रेसले जोखिम मोलेरै माओवादीलाई शान्ति प्रक्रियामा होमेको थियो ।  सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नेतृत्व नेपाली काँग्रेसले गर्दा युद्धका बेला सबैभन्दा बढी निशानामा परेका नेपाली काँग्रेसका कार्यकर्ताले चर्को विरोध गरे पनि पार्टी नेतृत्व डगमगाएको थिएन ।  त्यतिमात्रै होइन माओवादीलाई मूलधारमा ल्याउने हिम्मत गरेको काँग्रेस नेतृत्वलाई तत्कालीन दरबारले समेत घाँटी निचोर्ने काम गरेको इतिहास साक्षी छ ।  काँग्रेसले आफूले क्षति व्यहोरेरै भए पनि मुलुकलाई शान्ति प्रक्रियामा होम्ने साहस गरेकै कारण आज मुलुक गणतन्त्र र सङ्घीय व्यवस्थामा आइपुगेको छ ।  ०६२÷०६३ को काँग्रेसको अगुवाइमा भएको जनआन्दोलनले २३४ वर्षदेखि जरो गाडेर बसेको राजसंस्थाको अन्त्य गरेर मुलुकलाई सङ्घीय लोकतान्त्रिक व्यवस्थामा ल्याइपु¥याएको हो ।  
२००७ सालदेखि नेपाली काँग्रेसले उठाउँदै आएको संविधानसभामार्फत् नेपालको संविधान निर्माण हुनुपर्छ भन्ने एजेण्डाको स्वामित्व ग्रहण गर्न वामपन्थी दलले होडबाजी गरे पनि ती राजनीतिक दल अस्तित्वमै नआउँदै काँग्रेसले संविधानसभाको एजेण्डलाई भावी लक्ष्य बनाउँदै आन्दोलनमा होमिँदै आएको थियो ।  ०६२÷०६३ को जनआन्दोलनको सफलतासँगै मुलुक संविधानसभाको निर्वाचनमा होमियो ।  जनताले संविधान निर्माणको जिम्मेवारी सशस्त्र युद्ध हुँदै मुलधारको राजनीतिमा आएको माओवादीलाई दियो तर माओवादीले त्यसको नेतृत्व गर्न नसक्दा चार वर्षपछि पहिलो संविधानसभा विना कुनै उपलब्धि सकिएको थियो ।  त्यसपछि मुलुक दोस्रो चरणको संविधानसभामा होमियो ।  यस पटक जनताले कुरा बुझिसकेका थिए ।  संविधान बनाउने जिम्मेवारीसहित नेपाली काँग्रेसलाई पहिलो शक्ति बनाएर पठाए ।  दोस्रो संविधानसभालाई पनि असफल बनाउने खेल देशभित्रै र बाहिरबाट भएकै थिए ।  तर काँग्रेस नेतृत्व कुनै शक्तिका अगाडि पनि नडगमगाउँदा दोस्रो संविधानसभाले सफलतापूर्वक आफ्नो कार्य सम्पन्न ग¥यो ।  २००७ सालदेखि काँग्रेसले लक्ष्य बनाएको संविधानसभामार्फत् जनताको संविधान लेख्ने सपना काँग्रेसकै नेतृत्वमा सफल भयो ।  सोही संविधानले व्यवस्था गरेको सङ्घीय व्यवस्थाअनुसारको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा मुलुक होमिएको छ ।  यो निर्वाचनमा नेपाली काँग्रेसलाई घेराबन्दी गर्ने प्रयास भएको छ ।  थुप्रै आरोह अवरोह पार गरेको नेपाली काँग्रेसले यसअघि पनि यस्ता घेराबन्दी झेलिसकेको हुँदा यस्ता सानातिना बाधा अवरोध पन्छाएर अघि बढ्ने साहस नेपाली काँग्रेससँग छ ।  
इतिहासमा कहिल्यै नडगमगाएको र आफ्नो लक्ष्यमा विचलित नभएको काँग्रेसलाई अहिले वामपन्थीले घेराबन्दी गर्ने प्रयास गरेका छन् ।  जुन दिवास्वप्ना मात्र हो ।  काँग्रेसको सिद्धान्त, नीति र नेतृत्व इतिहासका जुनसुकै मोडमा सफल हुँदै आएका कारण यो पटकको घेराबन्दी तोडेर जाने सामथ्र्य काँग्रेससँग छ ।  तालमेलका नाममा भएको घेराबन्दी तोडेर नेपाली काँग्रेस सफल बन्न सक्यो भने मात्र मुलुकको आगामी राजनीतिले सहज मोड लिन सक्छ ।  
(लेखक सूचना तथा सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार हुनुहुन्छ)

प्रकाशित मिति : २०७४/७/१९

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना